ललित त्रिपुरा सुन्दरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्रीमन्महाराजाधिराज पट्टराज्ञी श्री श्री श्रीमल्
ललित त्रिपुरा सुन्दरी देवी
सदा सौभाग्यवतीनाम
Queen Tripurasundari of Nepal.jpg
त्रिपुरेश्वर मन्दिरमा अवस्थित त्रिपुरा सुन्दरीको मूर्ति
नेपालको महारानी
कार्यकाल
वि.स. १८६२ – वि.स. १८८८
व्यक्तिगत विवरण
जन्मवि.स. १८५०
मृत्युवि.स. १८८८, चैत्र
पितानैनसिंह थापा

महारानी ललित त्रिपुरा सुन्दरी (१८५०-१८८८) लाई नेपाली साहित्यको प्रथम महिला स्रष्टाका रूपमा चिनिन्छ। उनी एउटी रानी, राजमाता, शासक, समाजसेवी, र स्रष्टा थिईन्। उनी नेपालका राजा श्री ५ रणबहादुर शाह की कान्छी पत्नी हुन्। उनले संस्कृतबाट अनुवाद गरेको “राजधर्म” र उनका केही कविताहरु नै नेपालमा महिलाद्वारा रचित प्रथम प्रकाशित कृति मानिन्छन्। उनकै प्रेरणाले उनका सौतेनी छोरा गिर्वाण युद्ध विक्रम शाह र नाति राजेन्द्र विक्रम शाहले पनि ३ ३ वटा पुस्तक लेखेको देखिन्छ। उनको पुस्तक राजधर्मको भाषा र शैलीलाई ईतिहासविदहरूले उत्कृष्ट भन्दै प्रशंसा गरेका छन्। [१]

जन्म[सम्पादन गर्ने]

उनी वि.सं. १८५० सालमा बाबु काजी नयनसिँह थापा र उनकी पत्नीबाट जन्मेकी थिइन् । उनी बगाले थापाकी छोरी थिइन्। ललितत्रिपुरसुन्दरी मुख्तियार भीमसेन थापाकी भतिजी थिइन्। प्रधानमन्त्री माथवरसिंह थापा उनका सहोदर भाइ हुन्। थापा खलककी ललित त्रिपुरा सुन्दरीको विवाह राजा रणबहादुर शाहसंग गराएर भीमसेन थापाले सत्तामा आफ्नो पकड जमाउने बलियो अस्त्र बनाएको देखिन्छ। रणबहादुर शाह र उनका रानीहरूको मृत्युपछि १८६३ मा ललित त्रिपुरा सुन्दरी नाबालक राजा गिर्वाण युद्ध विक्रमकी संरक्षकका रूपमा नायब बनेकी थिईन्। १८ वर्ष नपुग्दै गिर्वाण युद्ध विक्रमको मृत्यु भएपछि उनका छोरा तथा उत्तराधिकारी राजेन्द्र विक्रमकी पनि नायब बनेकी थिईन्। उनको लामो शासनकालमा भिमसेन थापाले आफ्नो शक्ति सुदृढ बनाएका थिए। [१]

जीवन[सम्पादन गर्ने]

ललितत्रिपुरसुन्दरीको विवाह श्री ५ रणबहादुर शाहसँग १८६२ साल फागुन २६ गते भएको थियो। त्यतिबेला रणबहादुर शाह भर्खर कासीबाट नेपाल फर्केका थिए । यिनको बिहेका प्रसङ्गमा इतिहासकारमध्ये कसैकसैले भनेका पनि छन् "रानी ललितत्रिपुरसुन्दरीको रजस्वला नहुँदै बिहे भएको थियो र रजस्वला नहुँदै यिनका पतिको निधन भएको थियो"।[१]

समाजसेवाहरू[सम्पादन गर्ने]

त्रिपुरेश्वर मन्दिर[सम्पादन गर्ने]

रानी ललितत्रिपुरसुन्दरीले काठमाडौंमा त्रिपुरेश्वर मन्दिरको स्थापना गराएकी थिइन् । त्यही मन्दिरको रानी ललितत्रिपुरसुन्दरीले सो मन्दिर संवत् १८७४ देखि बनाउन लगाएकी थिइन् र १८७७ सालमा सो मन्दिरको निर्माण भएको थियो ।

वाग्मतीको पुल[सम्पादन गर्ने]

संवत् १८६७ मार्ग शुक्ल एकादशी बिहीबार रानी आफैले वाग्मतीको पुलको शिलान्यास गरेकी थिइन्। यस पुलको निर्माण सम्पन्नचाहिँ संवत् १८६८ चैत कृष्ण सप्तमी बिहीबारको दिन भएको थियो ।

धरहरा[सम्पादन गर्ने]

ललितत्रिपुरसुन्दरीले १८८२ सालमा गजुरसहितको धरहरा बनाएकी थिइन् । राजधर्म, जगदम्बा प्रकाशन -२०१९ का अनुसार ललितत्रिपुरसुन्दरीले बनाएको धरहराको अभिलेख यस प्रकार छ, "स्वस्तिश्री सम्वत् १८८२ साल मिति चैत्र सुदि १२ रोज ४ वैशाख महिनाका दिन ९ जांदा श्रीमन्महाराजाधिराज पट्टराज्ञी श्री श्री श्रीमल्ललित त्रिपुरसुन्दरी देवीले यो धरहरा बनाउनु भै तैयार गरी गजुर चढाउनुभयाको हो ।। शुभम्"

सुनधारा[सम्पादन गर्ने]

सुनधाराको निर्माण ललितत्रिपुरसुन्दरीले गराएकी हुन्। सुन्धाराको धातुको मकरमुखाकृतिमा यस्तो लेखिएको छः

स्वस्तीश्री सम्वत् १८८५ साल मिति फाल्गुण वदि ७ रोज ५ का दिन श्री ५ महारानी ललितत्रिपुरसुन्दरी देवीले यो धारो बनाई श्रीकृष्णार्पण गर्नुभयो शुभम् ।

भाषा साहित्य[सम्पादन गर्ने]

ललितत्रिपुरसुन्दरीले संस्कृतनेपाली भाषामा कविता लेखिन् । नेपाली भाषा साहित्यकी प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीले महाभारतको शान्तिपर्वान्तर्गको राजधर्म अनुशासनपर्वलाई संस्कृतभाषाबाट १८८१ सालमा नेपालीभाषामा अनुवाद गरिन् । ललितत्रिपुरसुन्दरीद्वारा लिखित राजधर्म नइ प्रकाशनले पुन: प्रकाशनमा ल्याएको छ । 'राजधर्म' २०१९ सालमा जगदम्बा प्रकाशनले प्रकाशनमा ल्याएको थियो । तर त्यति बेला ग्रन्थलेखकको नाउँलाई प्रस्ट्याइएको थिएन । यस ग्रन्थलाई नइ प्रकाशनले २०६४ सालमा प्रकाशनमा ल्याएको हो । यो ग्रन्थ ७२६ पानामा आधारित छ । 'राजधर्म' नामक ग्रन्थमा प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीको जीवनी पनि आबद्ध छ । ललितत्रिपुरसुन्दरीका व्यक्तित्वका विविध पाटाका विषयमा योगी नरहरिनाथ, मदनमणि दीक्षित, सत्यमोहन जोशी, श्यामदास वैष्णव, ईश्वरवल्लभ, गोविन्द भट्ट, मोदनाथ प्रश्रित, बालकृष्ण पोखरेल, गणेशबहादुर प्रसाई, कुमारबहादुर जोशी, विष्णुराज आत्रेय, गार्गी शर्मा, देवीप्रसाद सुवेदी, प्रकाश ए. राज आदिले पनि लेखेका छन्। ईतिहासविद दिनेशराज पन्तले राजधर्मलाई ‘नेपाली भाषा साहित्यको गर्व’ भनेका छन्। उनी दरबारमा लेखक तथा कविहरूलाई निकै प्रश्रय दिन्थिन्।

अन्य[सम्पादन गर्ने]

ललित त्रिपुरा सुन्दरी द्धारा जिर्णोद्धार गरीएको काशिको ललिताघाटबारेको शिलालेख :

ललिता घाट— ‘मां गंगा के पावन तट पर मीरघाट एवं जलाओ नी घाट के मध्य ललिता तीर्थ तथा घाट के ऊपर गली मे ललितादेवीका मन्दिर (डी 1/66) होने से इस घाट का नाम लातिताघाट हुआ । बीसवी सदी ई के आरम्भ तक यह घाट तीन भागों में क्रमशः नेपाली घाट तलिता घाट एवं राजराजेश्वरी घाटके नाम से जाना जाता था । कालान्तर में नेपाली एवं राजराजेश्वरी घाटों का स्वतत्रं अस्तित्व समाप्त होगया । घाट पर स्थित प्रमुखभवनों में सिद्धिगिरि मठ (डी 1/58) उमराबगिरि मत (सीके ज्ञण्रघछ) मोक्ष भवन तथा नेपाल के राजा द्वारा निर्मित नेपाली काठी (काष्ठ निर्मित) मुरव्य है एव प्रमुख मन्दिरों में ललिता देवी तथा राजराजेश्वरी (पौगोडा शैली) मन्दिर है । काशी में स्थित नेपाली मंदिर पशुपति नाथ मंदिर (काठमांडू नेपाल) का प्रतीक है । सौजन्य सेः उ.प्र.पर्यटन, वाराणसी ।’

२. गोपाल झा प्राचीन नेपाल, पुरातत्व विभाग (असार २०६५)

३. गोपाल झा प्राचीन नेपाल, पुरातत्व विभाग (असार २०६५) ।

४. साम्राज्येश्वर पशुपतिनाथ महादेव मन्दिर तथा धर्मशाला सञ्चालक समिति (ट्रष्ट)ले सन् २०१७ मई २९ मा भारतीय नेपाली दूतावासलाई लेखेको पत्रअनुसार ललिता गौरीको मन्दिर मात्र नभएर त्यो क्षेत्र नै कब्जा गर्ने गुलाव यादवको ध्येय रहेको पाइन्छ । पत्रमा उल्लेख भएअनुसार— ‘...श्री गुलाव यादव ... विस्तारै मन्दिर, धर्मशाला एवम् वृद्धाश्रम कब्जा गर्ने तरखरमा छन् । ... यहाँको अवस्था भयावह छ ... ।’

५. उत्तरप्रदेश सरकारबाट ३० जनवरी २००२ (२०५८ माघ १७ गते) श्रीरामपर्शुराम वैद्यको भारतमा मृत्यु भएको प्रमाणपत्र ।

६. नेपाल सरकार, पुरातत्व विभाग, हनुमानढोका दरबार हेरचाह अड्डा र गुठी संस्थान, केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालयबाट २७-९-१९४७ (२००४ असोज ११ गते) श्रीरामपर्शुराम वैद्यको नेपालमा मृत्यु भएको अभिलेख ।

७. वाराणसीको रजिस्ट्रार कार्यालयमा सन् २०१८ जनवरी १९ मा ‘साम्राज्येश्वर पशुपतिनाथ महादेव मन्दिर तथा धर्मशाला सञ्चालक समिति (ट्रष्ट) बाट प्रदत्त निवेदनमा लेखिएको छ— ‘ललिता घाट, दशाश्वमेध, शहर वाराणसी मित्रराष्ट्र, नेपाल की सम्पत्ति है व भारत तथा नेपाल देश के बीच साझा सांस्कृतिक पुरातात्विक विरासत है । जिस पर गजानन्द सरस्वती उर्फ गुलाब यादव ने नगर निगम, वाराणसी के कर्मचारियों से मिली भगत करते हुए मृतक नेपाली नागरिक श्रीरामपरशुराम वैद्य को अपना पिता बताते हुए फर्जी, जाली दस्तावेजो की कूटरचना करते हुए अवैध रूप से श्रीरामपरशुराम वैद्य का मृत्यु प्रमाण (पत्र बनवा लिया है ... ।’

८. नइले खिचेको रणकेश्वर शिवलिङ्ग र ललिता गौरीको पाउको चरणको फोटो हेरेपछि ललिताघाट क्षेत्रका क्षेत्राधीश तथा साम्राज्येश्वर पशुपतिनाथ महादेव मन्दिर तथा धर्मशाला सञ्चालक समिति (ट्रष्ट)का अध्यक्ष स्वामी ओमकारानन्द गिरी, महासचिव प्रा.डा.गोपालप्रसाद अधिकारी र प्रबन्धक रोहित ढकालले आश्चर्य मान्दै एकै स्वरमा भनेका थिए— ‘यो मन्दिर सधैं बन्द गरेर राखिएको थियो । तपाईंहरूको मन्दिर प्रवेश र तस्विर यसरी बाहिर आउनु आश्चर्य र गोरवकै विषय रह्यो । यतिका वर्षसम्म प्रयास गर्दा पनि हामी त्यहाँ छिर्न सफल भएका थिएनौ । साथै त्यहाँ भएका देउताको हामीसँग फोटो नै पनि थिएन । यस अर्थमा यहाँहरू काशी आउनु ठूलै उपलब्धी भएको छ । यो उपलब्धी नेपाली धर्म र संस्कृतिको अभिलेखमा अक्षुण्ण रहने छ ।’

९. नेपाल सरकारको पुरातत्व विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखी साम्राज्येश्वर पशुपतिनाथ महादेव मन्दिर तथा धर्मशाला संचालक समिति (ट्रष्ट) ललिताघाट, वाराणसी, भारतलाई बोधार्थ दिएको बेहोरा अनुसार गुलाव यादवले त्यहाँ दुक्ख दइरहेको पाइन्छ । पत्रमा ‘मन्दिर परिसरमा अवैध रुपले बस्तै आएका गजानन्द नाम गरेका व्यक्क्तिले मन्दिर तथा धर्मशालाका व्यवस्थापनमा अनेक प्रकारका व्यवधान खडा गर्दै धर्मशालाको व्यवस्थापनमा संलग्न व्यक्तिहरुलाई डर धम्की देखाउँदै आएको गुनासो खुलाइएको छ । ...धर्मशाला सञ्चालक समितिका पदाधिकारीहरुलाई सुरक्षापूर्ण अनुभूति र मार्गदर्शन हुन समेत अत्यावश्यक हुने देखिएको’ लेखिएको छ ।

(राष्ट्रिय सङ्ग्रहालय र त्रिपुरेश्वर महादेव मन्दिरमा स्थापित रानी ललितत्रिपुरसुन्दरीको सालिकको अवलोकनका साथै उनको अनुहारबारे लगभग २०० वर्षअघितिर सुन्दरानन्द बाँडाको ‘त्रिरत्न सौन्दर्य गाथा’मा ‘साक्षात् भगवती जगदम्बा’ र वाणिविलास पाण्डेद्वारा ‘बहुत सौंदर्यले युक्त भयाका कैलासविषे विराजमान भयाकी साक्षात् पार्वती जस्ता सुन्दरी’ लेखिएका आधारमा ललितत्रिपुरसुन्दरीको मुहार अङ्कित चित्र नरेन्द्रराज प्रसाईको परिकल्पना तथा निर्देशनमा इन्द्र खत्रीद्वारा निर्मित भएको हो । नइ प्रकाशनबाट ललितत्रिपुरसुन्दरीको मुहार अङ्कित चित्र प्रकाशनमा आउनुअघि उनको चित्र बनेको थिएन ।) -संभार सुदन सिंह बस्नेत sudanbsnt@gmail.com, (ललितपुर इमाडोल निवासी ) श्रोत : https://www.ratopati.com/story/152562/2020/10/26/lalittripursundari

  • गोरखनाथलाई खुशी तुल्याउन संवत् १८६९मा गोरखास्थित गोरखनाथलाई घण्टा चढाएकी थिइन् ।
  • संवत् १८८०मा गुहृयेश्वरीको सिंहस्तम्भमा ललितत्रिपुरसुन्दरीको स्तम्भाभिलेख भएको बेहोराबाट उनले गुहृयेश्वरी मन्दिरमा 'सिंह' चढाएकी थिइन् भन्ने बुझिन्छ ।
  • संवत् १८८८मा श्रीपशुपति प्रीतिनिमित्त भनेर ३०० धार्नीको धातुको घण्टा चढाएकी थिइन् ।
  • ललितत्रिपुरसुन्दरीले रिडीमा 'सत्येश्वर महादेव'को मन्दिर बनाउन लगाएकी थिइन् ।
  • पशुपतिनाथको देवल गुठी र गोरखामा गोरखकाली गुठी स्थापना गरेकी थिइन् ।
  • भारतको बनारसमा ललिताघाट र नेपाली मन्दिर पनि निर्माण गरेकी थिइन्।

शृजनाहरू[सम्पादन गर्ने]

मृत्यु[सम्पादन गर्ने]

वि सं १८८८ चैत १६ गते बिफरका कारण उनको मृत्यु भएको थियो । उनको मृत्यु पछि भीमसेन थापा कमजोर हुँदै गए।[२]

श्रोत[सम्पादन गर्ने]

अन्य जानकारीको लागि[सम्पादन गर्ने]

  • नरेन्द्रराज प्रसाईं, प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरी, नई प्रकाशन - २०६४
  • बाबुराम आचार्य, अब यस्तो कहिल्यै नहोस्, श्रीकृष्ण आचार्य -२०५८
  • शमशेरबहादुर थापा, रणवीरसिंह थापा, जगदम्बा प्रकाशन -२०३०
  • बाबुराम आचार्य, अब यस्तो कहिल्यै नहोस्, श्रीकृष्ण आचार्य -२०५८
  • सुन्दरानन्द बाँडा, त्रिरत्न सौर्न्दर्य गाथा सं. धनवज्र वज्राचार्य, नेपाल सांस्कृतिक परिषद् -२०१९
  • मोदनाथ प्रश्रित, जनसत्ता -२०६३ माघ २१ गते
  • वाणीविलास पाण्डे, वाग्मतीपुल स्तम्भ अभिलेख -१८६८

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ नारीचुली। नरेन्द्रराज प्रसाईं। २००७। नई प्रकाशन।
  2. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २११, आइएसबिएन 99933-2-406-X