रणबहादुर शाह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रणबहादुर शाह
नेपालका राजा
Rana Bahadur Shah.jpg
शासनकाल १८३४ मंसिर ४ – १८५५ फाल्गुण २६
राज्याभिषेक १८३४ पौष[१]
पुर्वाधिकारी प्रतापसिंह शाह
उत्तराधिकारी गीर्वाणयुद्ध विक्रम शाह
वंश शाह वंश
पिता प्रतापसिंह शाह
आमा राजेन्द्र लक्ष्मी देवी शाह
जन्म १८३२ जेठ १३
वसन्तपुर, नेपाल
मृत्यु १८६३ बैशाख १४ (३० बर्ष)
वसन्तपुर, नेपाल
धर्म हिन्दु

रणबहादुर शाह नेपालका शाहबंशीय राजा थिए। राजा प्रताप सिँह शाहको देहान्तपछि उनका अढाई वर्षका बालक छोरा रणबहादुर शाह नेपालको राजा भए। उनकी माता राजेन्द्रलक्ष्मीले अभिभावकका रूपमा नयाबी पद ग्रहण गरेर शासनको वागडोर हातमा लिइन्। रणबहादुर शाहलाई इतिहासकारहरूले अविवेकी, हतार गर्ने स्वभावका, सत्य असत्य छुट्टयाउने विवेक नभएका, अदूरदर्शी भनी टिप्पणी गरेका छन्।[स्रोत नखुलेको] तर जीवनको उत्तरार्द्धमा यिनमा राजनीतिक व्यवहार विकसित भएको थियो।[स्रोत नखुलेको] १८६३ साल वैशाख महिनामा शेरबहादुर शाहले हानेको खुकुरीको चोटबाट यिनको मृत्यु भयो।

जीवन[सम्पादन गर्ने]

बडा महाराजाधिराज पृथ्वीनारायण शाह का नाती तथा राजा प्रताप सिँह शाह का छोरा राजा रण बहादुर शाह सानैमा नेपालको राजा भएका थिए भने अत्यन्तै सन्की स्वभावका थिए।

राजेन्द्र लक्ष्मीको नायवी[सम्पादन गर्ने]

यिनको बाल्यकालमा यिनकी माता रानी राजेन्द्र लक्ष्मीले यिनको नायबी ग्रहण गरी पश्चिममा तनहू, लम्जुंग तथा कास्कीको एकिकरण अभियान सञ्चालन गरेकी थिइन।

बहादुर शाहको नायवी[सम्पादन गर्ने]

रणबहादुर शाहको तस्बार

रानी राजेन्द्रलक्ष्मीको देहान्त पछि रण बहादुर शाहका काका तथा बडामहाराजाधिराज पृथ्वीनारायण शाहका महिला छोरा राजकुमार बहादुर शाहले रणबहादुरको नायवी ग्रहण गर्दै नेपालको एकिकरण अगाडि बढाए। राजकुमार बहादुर शाहले पश्चिम नेपालको शक्तिशाली पाल्पा राज्यका राजाकी बहिनी सँग वैवाहिक संबन्ध बनाइ पश्चिम पर्वत देखि गुल्मी, अर्घा, खांची, रूकुम प्युठान, सल्यान, जाजरकोट, दैलेख, दुल्लु, जुम्ला, डोटी, अछाम, बझाङ, हुदै कुमाउ गढवाल हुदै सतलज नदी पारी गोरखाली पुगेका थिए। नेपाल एकिकरणको अभियानमा बहादुर शाहको नेतृत्वकाललाई स्वर्ण काल मानिन्छ। तर पछि बहदुर शाह जस्ता वीर र सुझबुझ पूर्ण नेतृत्व क्षमता भएका राजकुमारको रण बहादुर शाहको लहडबाजीमा जेलमा हाली मृत्यु गराइयो।

सर्वेसर्वा रणबहादुर[सम्पादन गर्ने]

बहादुर शाहको हत्या पछी शासन आफ्नो हातमा लिएका रणबहादुरले शासन गर्न जानेनन् । उनी चंचल मतिका थिए । पछी छोरा गीर्वाणयुद्ध विक्रमलाई राजा बनाई जोगी बनेर हिंडे । जोगी बने पनि यिनी राजनीतिबाट अलग हुन् सकेनन्

रानीहरु[सम्पादन गर्ने]

रणबहादुर शाहका तिनजना रानिहरु थिए । जेठी पत्नी राजराजेश्वरी, माइली पत्नी सुवर्णप्रभा, साइँली पत्नी कानन्तिमति, काइँली पत्नी चन्द्रवती र कान्छी पत्नी ललितत्रिपुरसुन्दरी । ब्राह्मणकि छोरी कान्तिमतिपप्रती यिनको बढी प्रेम भएकोले यिनकै इच्छा अनुसार वि.सं.१८५५ आश्विन १९ गते गिर्वाणयुद्द विक्रम शाहलाई राजा घोषित गरि आफु काशीतिर लागे ।

मृत्यु[सम्पादन गर्ने]

१८६३ वैशाख बैशाख ७ गते शुक्ल सप्तमी बिहीबारका दिन रातको १० बजे आर्थिक हिनामिना गरेको विषयमा भारदारी कचहरी त्रिभुवन खवासको घरमा राती बसेको थियो । रणबहादुरले दोषी देखिएका त्रिभुवन खवासलाई काट्न र आफ्नै भाइ शेरबहादुर शाहको आँखा फोर्न आदेश दिए । रिसको झोकमा रणबहादुर शाह उनकै भाइ शेरबहादुर शाहबाट काटिए भने शेरबहादुर शाहलाई तत्कालै रणबहादुर शाहका अंगरक्षक काजी बालनरसिंह कुँवरले तत्कालै काटे।[स्रोत नखुलेको]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]


श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह(वि.सं.१७७९-१८३१) श्री ५ प्रतापसिंह शाह श्री ५ रणबहादुर शाह श्री ५ गिर्बाण बिक्रम शाह श्री ५ राजेन्द्र बिक्रम शाह श्री ५ सुरेन्द्र बिक्रम शाह श्री ५ युबराज त्रैलोक्य बिक्रम शाह श्री ५ पृथ्बी बीर बिक्रम शाह श्री ५ त्रिभुवन बीर बिक्रम शाह श्री ५ महेन्द्र बीर बिक्रम शाह श्री ५ बिरेन्द्र बीर बिक्रम शाह (वि.सं.२००२-२०५८)--------- श्री ५ ज्ञानेन्द्र बीर बिक्रम शाह श्री ५ दिपेन्द्र बिर बिक्रम शाह (वि.सं.२०२८-२०५८)

http://www.nepalhomepage.com/general/kings/rana.html