सामग्रीमा जानुहोस्

महारानी राज राजेश्वरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महारानी राज राजेश्वरी
नेपालको राजमाता एवम् नायबी
जन्मनेपाल
मृत्यु५ मे १८०६
साँखु, नेपाल
जीवनसाथीरणबहादुर शाह
सन्तानतिलोत्तमा देवी
नाम
राज राजेश्वरी देवी
वंशशाह वंश
धर्महिन्दु

महारानी राज राजेश्वरी (मृत्यु ५ मे १८०६) नेपालकी महारानी तथा कुशल राजनीतिज्ञ थिइन्। राजा रणबहादुर शाहकी रानी राजराजेश्वरी राजा गीर्वाणयुद्ध विक्रम शाहकी नायबी थिइन्।[] उनले विभिन्न राजाको शासन कालमा नायबी शासकको रूपमा प्रत्यक्ष र परोक्ष रूपमा नेपालको शासनको बागडोर सम्हालेकी थिइन्। यिनको नायवी शासन कालमा नेपाल एकीकरणको अभियान उचाईमा पुर्याएकी थिइन्।

राजा रणबहादुर शाह कहिले राजपाठ छोडी काशी जाने र कहिले फर्केर शासन गर्ने गर्न थालेपछि यिनले छोरा गिर्वाणयुद्धको तर्फबाट शासन गरेकी थिइन्। राजा काशी जाँदा सुरुमा त यिनी पनि राजासँगै गएकी थिइन्। पछि नेपाल आएपछि रानी सुवर्णप्रभाका विश्वासपात्रलाई गोप्य रूपले मार्न लगाई नायबी आफ्नो हातमा लिएकी थिइन्।[] उनले क्याप्टेन नक्सलाई फिर्ता पठाएर वाणिज्य सन्धि भङ्ग गरिदिइन्। नेपालमा ३ वर्षको एकैसाथ मालपोत उठाएर माहरानी राजराजेश्वरीले बनारसतिर पैसाको तोडा पठाइन्।

रणबहादुर शाह नेपाल फर्केपछि भने नायब महारानी राजराजेशवरीलाई रणबहादुरलाई बन्दी बनाउन लगाएको दण्डस्वरूप उपत्यका बाहिर हेलम्बू लखेटियो।[] राजा रणबहादुर शाहको योजनाबद्ध हत्या भएपछि भीमसेन थापाको छलपूर्ण दवाबमा उनलाई साँखुको सालीनदीमा सत्ती पठाइयो तर उनका सौताहरू महारानी सुवर्णप्रभा देवीललित त्रिपुरा सुन्दरी लाई भने सती पठाइएन ।[][][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. http://www.royalark.net/Nepal/nepal6.htm उद्दरण त्रुटी: Invalid parameter "royalark" in <ref> tag. The supported parameters are: dir, follow, group, name.
  2. Rajeshwari Devi "Raj_Rajeshwari_Devi", English Wikipedia, मूलबाट |archiveurl= |archivedate= आवश्यक (सहायता)-मा सङ्ग्रहित।
  3. राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ २००।
  4. Nepal 2007, पृष्ठ 64.
  5. Acharya 2012, पृष्ठ 163.
  6. Karmacharya 2005, पृष्ठ 80.