गीर्वाणयुद्ध विक्रम शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
गीर्वाणयुद्ध विक्रम शाह
नेपालका राजा
शासनकालविसं १८५५ फाल्गुण २८ – १८७३ मङ्सिर ०८
राज्याभिषेकविसं १८५५ फाल्गुण २८[१]
पुर्वाधिकारीरणबहादुर शाह
उत्तराधिकारीराजेन्द्र विक्रम शाह
जीवनसाथीसिद्धी लक्ष्मी देवी शाह
गोरक्ष राज्य लक्ष्मी देवी शाह
वंशशाह वंश
पितारणबहादुर शाह
माताकान्तिवती
महारानी राज राजेश्वरी
जन्मविसं १८५४ कार्तिक ०६
वसन्तपुर, नेपाल
मृत्यु१८७३ मङ्सिर ०८ (१९ वर्ष)
वसन्तपुर, नेपाल
धर्महिन्दु

वि.सं. १८५४ मा पिता रणबहादुर शाह र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । वि.सं. १८५५ मा राजा भएका यिनको अल्पायु मै २० वर्षको उमेरमा वि. सं. १८७३ मा निधन भएको थियो ।

गीर्वाणयुद्ध वीरर्विक्रमलाई पठनपाठनको पाठ्यक्रम निर्माण गरी राजगुरु रङ्गनाथ पौडेलले राजविधानसार भन्ने ग्रन्थ तयार गरी पढाउने काम भएको थियो। उनले वि.सं. १८६९ मा प्रकाण्ड विद्वानहरुका सल्लाहले (राजगुरु रङ्गनाथ पौडेल लगायत) आर्य सनातन धर्मको नीतिनियम कर्म गर्दा हिन्दू परम्परागत शास्त्र विधि नछोडी कर्मको फल पाउनका निमित्त सत्कर्म-रत्नावली नामक ग्रन्थको रचना गरेका थिए।[२]

मुख्य घटनाहरु[सम्पादन गर्ने]

यिनको पालामा नेपालको सिमाना, रणबहादुर शाहको हत्या र सुगौली सन्धी भएका थिए। बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि भीमसेन थापा जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके । यिनको शासनकालमा भएको सुगौली सन्धि नेपालको इतिहासमा प्रसिद्ध छ ।

यिनले वीर विक्रमको उपाधि धारण गरेका थिए।

राज्याभिषेक[सम्पादन गर्ने]

रणबहादुर शाहले आफ्नी रानी कान्तिवतीको जिद्दी टार्न नसकी डेढ वर्षका छोरा गिर्वाणयुद्ध विक्रम शाहलाई राज्यरोहण गराउने भएपछि त्यसको मान्यता दिलाउनको लागि शक्तिशाली राज्य पाल्पाका राजा पृथ्वीपाल सेन का हातबाट राजतिलक लगाइदिने प्रबन्ध मिलाएका थिए।[३] उक्त शुभकार्यमा काठमाडौँ पुगेका पाल्पाली राजा माथि शङ्का गरेर रणबहादुर शाहले उनलाई नजरबन्द गर्न लगाएका थिए।

नेपालको महाभारत[सम्पादन गर्ने]

रणबहादुर शाहको हत्या[सम्पादन गर्ने]

पहिलो भण्डारखाल पर्व[सम्पादन गर्ने]

भण्डारखाल पर्व

वि.सं १८६३ वैशाखमा हनुमानढोकाको भण्डारखाल बगैचामा एक हप्तासम्म राजनैतिक नियतले रणबहादुर शाहको हत्याको अनुसन्धानमा चौतारिया शेरबहादुर शाह, त्रिभुवन खवास, पाल्पाका राजा पृथ्वीपाल सेन लगायत ९३ जनाको हत्या भयो। आफ्ना प्रायः सबै विरोधीको एकै पटक संहार पूरा गरी काजी भीमसेन थापा अब नेपाल अधिराज्यका एक मात्र निष्कण्टक अधिनायक बने। यिनको स्वेच्छाचारिता माथी अङ्कुश लगाउन सक्ने व्यक्ति नेपालमा अब कोही पनि बाँकी थिएन। यसपछी भीमसेन थापाले बालक राजा श्री ५ गीर्वाणयुद्ध विक्रम शाहबाट मुख्तियार वा राजप्रतिनिधिको पद पनि प्राप्त गरे। "अब उप्रान्त अधिराज्यका चौतारा तथा काजी सबैले मुखियार भीमसेन थापाले लगाए अह्राए अनुसारका कामकाज गर्नू" भन्ने लालमोहर गराएर, आफ्नो अनुकुल रहेकी स्वामी महाराज रणबहादुर शाहकी नवविवाहिता किशोरी रानी ललितत्रिपुरा सुन्दरीलाई भने सती जान बाट रोकी राजमाताको हैसियत प्रदान गरेर यिनैलाई बालक राजा गीर्वाण युद्ध विक्रमको संरक्षिकाका रुपमा नियुक्त गर्न पनि यिनी सफल भए।

नेपाल अंग्रेज युद्ध[सम्पादन गर्ने]

सुगौली सन्धि[सम्पादन गर्ने]

राजा गिर्वाणयुद्ध

मृत्यु[सम्पादन गर्ने]

यिनको मृत्यु अल्पायु मै २० वर्षको उमेरमा वि. सं. १८७३ मा विफरको कारणले भएको थियो ।

उनको मृत्यु भएको १८ दिनसम्म नेपालको राजसिंसासन खाली राखियो र १८ दिन पछि मात्र उनको छोरा युवराज राजेन्द्रको राज्यरोहण गराइयो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Royal Ark
  2. राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ २०३ ।
  3. धनबज्र बज्राचार्य (सम्पादक) : पण्डित सुदरानन्द विरचित त्रिरत्न सौन्दर्य गाथा, काठमाडौँ: नेपाल सांस्कृतिक परिषद्, वि सं २०१९, पृष्ठ १५३

बाह्य कडीहरू[सम्पादन गर्ने]

http://www.nepalhomepage.com/general/kings/girvan.html