राजेन्द्र विक्रम शाह
राजेन्द्र विक्रम शाह | |
---|---|
नेपालका राजा | |
![]() राजा राजेन्द्र विक्रम शाह | |
शासनकाल | विसं १८७३ मङ्सिर ०८ – १९०४ बैशाख ३१ |
पुर्वाधिकारी | गीर्वाणयुद्ध विक्रम शाह |
उत्तराधिकारी | सुरेन्द्र विक्रम शाह |
वंश | शाह वंश |
पिता | गीर्वाणयुद्ध विक्रम शाह |
माता | गोरक्ष राज्य लक्ष्मी देवी शाह |
जन्म | विसं १८७० मङ्सिर २० वसन्तपुर, नेपाल |
मृत्यु | विसं १९३८ असर २८ (६७ वर्ष)[१] भक्तपुर, नेपाल |
धर्म | हिन्दु |
गीर्वाणयुद्ध विक्रम शाहको जेठ सुपुत्रका रूपमा वि.सं. १८७०मा जन्मेका श्री ५ राजेन्द्र तीन वर्षको उमेरमा वि.सं. १८७३मा नेपालका राजा भए। यिनको पालामा सत्ताप्राप्तिका लागि संघर्षको स्थिती चरम उत्कर्षमा पुगेको थियो । यिनकै पालामा भिमसेन थापाले आत्महत्या गर्नुपर्ने बाध्यता, माथवर सिंह थापा र गगन सिंहको हत्या भएको थियो । दरबारिया भाइ-भारदारहरू बीचको सत्तासंघर्षको चरमोत्कर्षले यसै समयमा कोत पर्व, भण्डारखाल पर्व, अलौ पर्व जस्ता घटनाहरू भए र कैयौँ निर्दोष मानिसहरू मारिए। यी राजा आफ्नो जीवनको लामो समयसम्म (वि.सं. १९०४ देखि १९३८ सम्म) शाही बन्दीका रूपमा जेलमा रहन पुगे। जंगबहादुरको विरोध गरेका कारण नै त्यसो हुन गएको थियो । यिनि काशी बस्दा जंगबहादुर विरोधी काम गरेको अभियोगमा राज्यच्युत हुनुका साथै वि. सं. १९०४ देखि १९३८ सम्म शाही बन्दीका रूपमा हनुमानढोकामा थुनिइ बन्दी अवथामा नै पछि १९३८ वि.सं.मा बिते।
वाल्यकाल[सम्पादन गर्ने]
वि सम्बत १८७३ मा गीर्वाणयुद्ध वीर विक्रम शाहको निधन भएपछी यिनी ३ वर्षको उमेरमा गद्दीमा बसेका थिए । यिनको नाबालक कालमा यिनकी हजुरआमा ललितत्रिपुरा सुन्दरीले नायबी र भीमसेन थापाले राजकाज चलाएका थिए । यिनका दुई रानी मध्ये जेठी साम्राज्यलक्ष्मी तर्फबाट दुई र कान्छी राज्यलक्ष्मीदेवीबाट दूई पुत्र जन्म भए ।
राजकाज[सम्पादन गर्ने]
वि.सं. १८९४ पछि यिनले शासन आफ्नै हातमा लिए ।
माथवर सिंह थापा[सम्पादन गर्ने]
मुख्य लेख : माथवर सिंह थापा
कोतपर्व[सम्पादन गर्ने]
मुख्य लेख : कोतपर्व
कोतमा गगन सिंहको हत्यारा पत्ता लगाउन भारदारहरु जम्मा भएका थिए । रानीली वीरकिशोर पाण्डे माथि शंका गरी अभिमान सिंह बस्नेतलाई काट्न आदेश दिएकी थिइन् । राजा राजेन्द्रले वीर किशोर पाण्डे दोषी प्रमाणित नभएको भनेर उनको बचाव गरेका थिए । र उनी प्रधानमन्त्री फत्तेजंग शाहलाई बोलाउने भन्दै कोतबाट बाहिर निस्के । उनको अनुपस्थितिमा कोतमा भारदारवीच काटमार चल्यो ।
काशीवास[सम्पादन गर्ने]
अलौ पर्व[सम्पादन गर्ने]
मुख्य लेख : अलौ पर्व
अलौ पर्व मा हार भएपछि उनलाई बन्दि बनाई काठमाडौँ ल्याइयो र हनुमानढोका दरबारमा नजरबन्दमा राखियो ।
चलचित्र[सम्पादन गर्ने]
चलचित्र बसन्ती मा बि.एस राणाले राजा राजेन्द्रको भूमिका खेलेका छन् ।