अब यस्तो कहिल्यै नहोस्
| लेखक | बाबुराम आचार्य |
|---|---|
| देश | नेपाल |
| भाषा | नेपाली |
| विषय | इतिहास |
| प्रकाशक | श्रीकृष्ण आचार्य, काष्ठमण्डप प्रिन्टिङ प्रेस |
प्रकाशित मिति | २०५५ |
| पृष्ठ | १८५[१] |
| आइएसबिएन | 978-9937-665-40-7 |
‘अब यस्तो कहिल्यै नहोस्’ इतिहास शिरोमणि बाबुराम आचार्यका ऐतिहासिक लेखहरूको सँगालो हो। बडामहाराजधिराज पृथ्वीनारायण शाहको मृत्यु पश्चात वि.सं. १८३१ देखि १९५८ सम्म नेपालमा सत्ता संघर्षका अनेकन् पर्व भए। ती पर्वमा भएका हत्या, हिंसा र षड्यन्त्रका तानाबानाबारे इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तकमा सविस्तार व्याख्या गरेका छन्। २०१५ सालको आसपासमा लेखिएका यी लेखहरूमा राजकुमार नायब बहादुर शाह देखि प्राइममिनिस्टर श्री ३ देव शम्सेरका पालासम्मका विभिन्न षड्यन्त्रका घटनाहरूको बारेमा जानकारी पाइन्छ। विशेषगरी बहादुर शाहको हत्या, भिमसेन थापाको उदय र अवसान, माथवरसिंह थापाको उदय र हत्या, जंगबहादुर कुँवर राणाको उदय र राणा शासनको प्रारम्भिक विकासक्रमका बारेमा एकदमै जानकारीहरु यसमा समेटिएका छन्। यो पुस्तक माधव आचार्यद्वारा "द ब्लडस्टेन्ड थ्रोन: स्ट्रगल्स फर पावर इन नेपाल (१७७५–१९१४)" शीर्षकमा अङ्ग्रेजीमा अनुवाद गरिएको छ।
पुस्तकमा शक्ति हात पार्नका लागि भएका बहादुर शाहको हत्या, रणबहादुर शाहको हत्याकाण्ड, भिमसेन थापाको उदय र अन्त्य, कोतपर्व, भण्डारखाल पर्व र अलौपर्व, लगायत अन्य केहि कम सुनिएका राणाशाही विरुद्धको अठतीस सालको असफल षडयन्त्र, ४२ सालको पर्व र देव शमशेर विरुद्धको कु जस्ता घटनाको बारेमा पनि चर्चा गरिएको छ। भिमसेन थापाको बारेमा इतिहासले धेरै राम्रा कुराहरु गाएको भएपनि उनले शक्ति हात पार्नका लागि गरेका हत्याहरूको विवरण इतिहासहरूमा पाइँदैन। त्यस्तै उनको मृत्युको हकमा पनि अनेक भनाइहरु पाइन्छ। यसमा पुरानो विष मुद्दालाई बल्झाएर पाँडेहरूले षडयन्त्र गरी आत्महत्या गर्न बाध्य तुल्याएको तर उनी ९ दिनसम्म तड्पिएर विष्णुमतिको किनारमा अन्तिम स्वास फेरेको भन्ने उल्लेख छ।
इतिहासका यी घटनाहरूको लेखहरू आचार्यले रेडियो नेपालका लागि लेखेका ‘स्क्रिप्ट’हरू हुन्, जुन पछि उनको चिनारी बन्यो।[२] इतिहासकार बाबुराम आचार्यद्वारा लिखित पुस्तक ‘अब यस्तो कहिल्यै नहोस्’ वि.सं. २०५५ सालमा प्रकाशित भएको थियो। धेरैले बडो चाखपूर्वक पढेको सो पुस्तकको चर्चा सेलाउन पनि पाएको थिएन, वि.सं. ०५८ सालमा राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भयो। इतिहास दोहोरियो ।
विषयसूची
[सम्पादन]| # | विषयसूची | घटना वर्णन | रचनाकाल |
|---|---|---|---|
| १ | चवन्न सालको घटना | बहादुर शाहको हत्या | वि.सं. २०१८ |
| २ | साठी सालको पर्व | दामोदर पाँडेको हत्या | वि.सं. २०१८ |
| ३ | बयासठ्ठी साल पर्व | रणबहादुर शाहको हत्या | वि.सं २०२६ |
| ४ | छयान्नब्बे सालको घटना | भीमसेन थापाको अन्त्य | वि.सं. २०१६ |
| ५ | दूई सालको घटना | माथवरसिंह थापाको हत्या | वि.सं. २०१८ |
| ६ | कोतपर्व | कोतपर्व | वि.सं. २०१८ |
| ७ | भण्डारखाल पर्व | भण्डारखाल पर्व | वि.सं. २०१७ |
| ८ | अलौ पर्व | अलौ पर्व | वि.सं. २०१६ |
| ९ | अठ्तीस साल पर्व | अठ्तीस साल पर्व | वि.सं. २०१३ |
| १० | बयालीस साल पर्व | रणोद्दिप सिँह राणाको हत्या
वीर र खड्ग शमशेरको मनमुटाव |
वि.सं. २०१५ |
| ११ | अन्ठाउन्न साल पर्व | देव शमशेर विरुद्धको कु | वि.सं. २०१८ |
आलोचना
[सम्पादन]पुस्तकका मितिहरु नेपाली र अंग्रेजी लेख्ने क्रममा भएका गल्तीहरु सम्पूर्ण रूपले सच्चिएका छैनन्। एकाध बाहेक इतिहास लेखनको आधार प्रष्ट रूपमा उल्लेख गरिएका छैनन्। जे होस् ‘अब यस्तो कहिल्यै नहोस्’ पढ्नै पर्ने पुस्तक मध्येको एक पुस्तक हो। [३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ http://www.madanpuraskar.org/search/monographsview.php?showdetail=&ID=15679
- ↑ सिम्खडा, ध्रुव, "इतिहासशिरोमणि बाबुराम आचार्यलाई सम्झाइरहने- अब यस्तो कहिल्यै नहोस् ! (भिडियाे)", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२६-०१-०१।
- ↑ "अब यस्तो कहिल्यै नहोस्ः बाबुराम आचार्य", मूलबाट
|archiveurl=|archivedate=आवश्यक (सहायता)-मा सङ्ग्रहित। अभिलेखिकरण २०२१-१२-१५ वेब्याक मेसिन