भण्डारखाल पर्व

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भण्डारखाल पर्व
जङ्गबहादुर राणा, भण्डारखाल पर्व प्रमुख व्यक्ति

तिथि १९०३ कात्तिक १२
स्थान भण्डारखाल बगैचा
परिणाम जंग बहादुरको विजय
काजी वीरध्वज बस्न्यातको हत्या
रानीका सम्पूर्ण अधिकार खोसी उनलाई देश निष्कासन
जंग बहादुर प्रधानमन्त्री र प्रधान सेनापति नियुक्त
योद्धा
जंग बहादुर र भाइहरु जंगबहादुर बिरोधी भारदार
सेनानायक
जंग बहादुर कुँवर वीरध्वज बस्न्यात
बद्री सिंह भण्डारी
वजीरसिंह भण्डारी
मृत्यु एवं हानि
२३

वि.सं १९०३ कार्तिक शुदी १२ गते हनुमानढोकाको भण्डारखाल बगैचामा भोजको आयोजना गरिएको थियो । सो भोजमा जंगबहादुर र उनका भाइहरुलाई विष मिसिएको खाना खुवाएर हत्या गर्ने योजना बनाइएको थियो । तर पण्डित विजयराजले सो षड्यन्त्रको पोल खोले पछी जंगबहादुरले आफ्ना दुस्मनको संहार गरे । भण्डारखाल बगैचामा भएको सो घटनालाई भण्डारखाल पर्व भनिन्छ ।

पृष्ठभूमि[सम्पादन गर्ने]

कोत पर्वपछि जंगबहादुर रानी लक्ष्मीदेवीको मन जितेर प्रधान सेनापति बन्न सफल भए । रानी लक्ष्मीदेवीले माथवरसिंह थापालाई झैँ जंगबहादुरलाई पनि युबराज सुरेन्द्रको हत्या गरि रणेन्द्रलाई गद्दीमा राख्न आबश्यक प्रबन्ध गर्न दबाब दिईन् । रानीले जंगबहादुरबाट आफ्नो उद्देश्य पुरा हुने बिश्वास गरेकी थिइन् तर जंगबहादुरले पनि मामा माथवरसिंह थापाले झैँ रानीको आदेश उल्लंघन गरे | उनले "युबराजको हत्या गने प्रयास गरेको अपराधमा रानीमाथि कारबाही गर्न सकिने " व्यहोराको जबाफ पठाएकाले रानी रिसले चुर भइन् तर उनले बाहिर जंगबहादुरसंग रिसाएको भाव ब्यक्त नगरी भित्रभित्रै हत्याको षडयन्त्र गरिन् ।

षडयन्त्र[सम्पादन गर्ने]

भण्डारखाल बगैचामा आयोजना गरिने भोजमा जंगबहादुरलाई विष मिलाइएको भोजन खान दिएर मार्ने र उक्त भोजन नखाएमा गोलि हानी हत्या गर्ने योजना बनेको थियो । त्यसपछि कान्छी रानीले बस्न्यात खलकका अग्रज वीरध्वज बस्न्यातलाई प्रधानमन्त्री बनाउने मोहमा षड्यन्त्र रच्न लगाइन् । गगन सिंह भण्डारीका २ पुत्र वजीर सिंह र बद्री सिंह दुवै पिताको हत्याको बदला लिन चाहन्थे । उनीहरुले आफ्ना पिता गगन सिंह भण्डारीको हत्यारा पट्ट लगाउन जंगबहादुरलाई निबेदन गरेपनि उनले चासो नदिदा जंगबहादुरले नै पिताको हत्या गरेको शंका उनीहरुको मनमा थियो । रानीले बिरध्वज बस्नेतलाई हातमा लिई भविष्यमा रणेन्द्र राजा र बिरध्वज प्रधानमन्त्री हुने बिश्वास दिलाएर आफ्नो पक्षमा परेकी थिइन्। उक्त षड्यन्त्रको सम्पूर्ण रहस्य पण्डित विजयराज पाण्डे र दरबारको सुसारे पुतली नानीबाट जंगबहादुरले चाल पाए ।

घटना[सम्पादन गर्ने]

योजना अनुसार वि.सं. १९०३ कात्तिक १२ गतेक दिन भण्डारखालमा भोज आयोजना गरी नजिकै ४०-५० जना सशस्त्र व्यक्तिहरु लुकेर राख्ने व्यवस्था गरियो । जंगबहादुरलाई तुरुन्त आउन निम्तो गर्न बिरध्वज बस्नेत स्वयम् गए | जंगबहादुर आबस्यक शक्तिका साथ भण्डारखाल तर्फ आउदै गर्दा बाटामा भेट भयो । बिरध्वजले रानीबाट तुरुन्त भेट मागेको जानकारी गराए | जंगबहादुरको इसारामा तुरुन्तै उनको हत्या गरियो । प्रमुख षड्यन्त्रकारी मध्येका अर्का वजीरसिंह भने जंगबहादुर भण्डारखाल पुग्नुअगाबै भाग्न सफल भए । बद्री सिंह भण्डारी भने समातिए।

रानी लक्ष्मीदेवीद्वारा जंगबहादुरको हत्या गर्न रचिएको भण्डारखाल योजना सफल भएन । जंगबहादुर दलबलसहित भण्डारखालमा पुगेर त्यहाँ रहेका सबैलाई आत्मसमर्पण गर्न आदेश दिए । आत्मसमर्पण गर्नेलाई कैद र नगर्नेको हत्या गरियो । त्यस घटनामा २३ जनाको हत्या गरियो , १७ जनाले भागेर ज्यान बचाए |

मारिने भाग्ने
सुवेदार वीरध्वज बस्नेत सरदार रणभद्र बस्नेत
कप्तान मानसिंह बस्नेत सरदार समराजित बस्नेत
सरदार दलमर्दन थापा कुम्भेदान कनकसिंह खत्री
सरदार वीरकेसर बस्नेत कुम्भेदान कालु थापा
कुम्भेदान पुरंदर थापा कर्नेल गोठु बस्नेत
जमदार सिंहवीर थापा सुब्बा नरसेर षत्री
द्वारे केशरसिंह जर्नेल बजिरसिंह थापा
कुम्भेदान शक्ति हमाल सुवेदार सम्मान थापा
सुभेदार बागसिंह महत सरदार बखतसिंह बस्नेत
कप्तान उमेदसिंह बस्नेत काजी रणवीर राना मगर
हवल्दार नरजीत राना
कप्तान कोकले

त्यसपछि[सम्पादन गर्ने]

त्यसपछि जंगबहादुरले राजा राजेन्द्र तथा युबराज सुरेन्द्रको उपस्थितिमा भाइ-भारदारहरु भेला गराई रानीबाट रचिएका सबै षड्यन्त्रपूर्ण कार्यहरुको जानकारी गरे । त्यसैदिन रानीका सम्पूर्ण अधिकार खोसी उनलाई देश निष्कासन गरियो। उनी आफ्ना दुई छोरा रणेन्द्र र बीरेन्द्रलाई साथमा लिई २१ लाख रूपैयाँ र गरगहना लिई काशी गइन् ।

वि.सं. १९०३ मङ्सिर ४ गते राजपरिवारहरू बनारसतिर लागे।[१]युवराज सुरेन्द्र एवं उनका भाइ उपेन्द्रको हत्या गरी आफ्नो पुत्र रणेन्द्रलाई राजा बनाउने आकांक्षा रानीको सफल हुन् सकेन । यस अघि थापा खलकपाँडे खलक आपसी मतभेदले कमजोर भइसकेका थिए । यस काण्डले अन्तिम शक्तिशाली क्षत्रिय परिवार बस्न्यात खलकलाई शक्तिहीन बनायो जसले कुँवर वंशजको उदय अविस्मरणीय रूपले शक्तिपूर्ण रह्यो ।[२]

सो षड्यन्त्रको पोल खोलि दिने पण्डित विजयराजलाई जंगबहादुरले बडागुरुज्यू नियुक्त गरेर सदियौ देखिको अर्याल बाहुनको हक खोसे । उनी कश्यप गोत्रीय पाण्डे थिए । पोखल्डयाङस्थित दामोदर पाण्डेको घर उनले पाए भन्ने सरदार भीमबहादुर पाण्डेको भनाइ थियो ।[१][३]

अलौ पर्व[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २३८
  2. https://books.google.com.np/books?id=MX22o4PJ3Q0C&pg=PA32&lpg=PA32&dq=birdhoj+basnyat&source=bl&ots=079mP7NvJ_&sig=lKp-KVqfCPsGnJNe6A8DNQOZIN8&hl=en&sa=X&ved=0ahUKEwiG3O2wgfTSAhUDO48KHS1uAAUQ6AEIGDAA#v=onepage&q=birdhoj%20basnyat&f=false
  3. प्नचिन नेपाल:नेपालका मूल पुरोहित

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]