पण्डित विजयराज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
राजगुरु
विजयराज पाण्डेय
पण्डित

नेपालको राजगुरु
कार्यकाल
वि.सं. १९०३ – वि. सं. १९२१ मार्ग वदी ११[१]
उतराधिकारी : नगेन्द्रराज पाण्डेय
व्यक्तिगत जानकारी
जन्म वि. सं. १८६२ । शाके १७२७ सौरमानेन माघमासे दिन १६ गते माघशुक्ल एकादशी रोहिनीपरमृगशिलाभुक्त ६।५६ बृहस्पतिवार दिनगत २१।४६
मृत्यु वि. सं. १९३५ । ३५ साल माघ स्वर्गी कात्तिक
धर्म हिन्दू

पण्डित विजयराज राजा राजेन्द्र विक्रमको पालामा हनुमानढोका अगाडि पुराण भन्ने पण्डित थिए । नाम चलेकै कारण दरबारबाट बोलाहट भएपछि यिनले  राजा राजेन्द्र विक्रमको पालामा दरबार प्रवेशको अवसर पाएका थिए । कोत पर्व पछी जङ्गबहादुर प्रधानमन्त्री बने । रानी लक्ष्मीदेवीले जङ्गबहादुर र उनका भाइहरुको हत्या गर्ने षड्यन्त्र गर्दा उनलाई पनि सो योजना बताएका थिइन् । तर उनले भण्डारखालको बगैचामा भोजको आयोजना गरिएको दिनमा थापाथलीमा गएर षडयन्त्रको सबै पोल जङ्गबहादुरलाई खोले । श्रीकृष्ण श्रेष्ठको उपन्यास "जंगबहादुर "का अनुसार पण्डित विजयराजलाई षड्यन्त्रमा सामेल गरिएको थिएन । दरबारको सुसारे पुतली नानीले जंगबहादुर विरुद्धको सो षड्यन्त्रको योजना सुनेकी थिइन् । विजयराज हनुमानढोकामा पुराण भन्न आएको बेलामा पुतली नानीले यो षड्यन्त्र जंगबहादुरलाई सुचित गर्न अनुरोध गरेकी थिइन् । विजयराजले यो कुरा थापाथली गएर जंगबहादुरलाई बताए । जंगबहादुरले यो कुरा सहि ठहर भए विजयराजलाई बडा गुरुज्यु बनाउने तर गलत साबित भए चारपाटा मुडेर चार भञ्ज्याङ कटाउने बताएका थिए ।

यसरी जंगबहादुरको विश्वास जित्न सफल विजयराजलाई प्रधानमन्त्री जंगबहादुरले बडागुरुज्यू बनाए । पण्डित विजयराज पाण्डे आफना राजगुरु र धर्माधिकार मान पदवी जागीर षानगी इ सबई त्यागी बिक्रम सम्बत १९२१ मार्ग वदी ११ का दिन श्री काशी बास चल्या ।

यो पनि हेर्नुहोला[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]