सामग्रीमा जानुहोस्

राज्यलक्ष्मी देवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रानी राज्यलक्ष्मी देवी
बडामहारानी
नेपाल
पूर्वाधिकारीसाम्राज्य लक्ष्मी देवी
उत्तराधिकारीरानी त्रैलोक्य राज्य लक्ष्मी
जन्मचिल्वा, गोरखपुर, भारत
मृत्यु-
बनारस
जीवनसाथीराजा राजेन्द्र
सन्तानराजकुमार रणेन्द्र
राजकुमार बिरेन्द्र
नाम
राज्यलक्ष्मी देवी
Dynastyशाह वंश (विवाह)
बाबुबाबु प्रभु शाह
आमाचौराशी कुमारी देवी
धर्महिन्दु

राज्यलक्ष्मी देवी नेपालका राजा राजेन्द्रको कान्छी पत्नीको रूपमा नेपालीको रानी थिइन् । १९०० मा त्रिशंकु शासन अन्त्य गर्दै ,राजाद्वारा रानी राज्यलक्ष्मी रानीलाई सम्पूर्ण राजकीय अधिकार दिइयो । एक महत्त्वाकांक्षी महिला थिइन् । रानी राज्यलक्ष्मीदेवी युवराज सुरेन्द्र लाई हटाएर आफ्ना छोरा राजकुमार रणेन्द्रलाई राजा बनाउन चाहन्थिन् । 

प्रधानमन्त्री माथवर सिंह थापाले युवराज सुरेन्द्रको हत्या गर्न अस्विकार गरे पछि उनकै भान्जा जंगबहादुरद्वारा उनको हत्या गराइन् । उनको विश्वासपात्र गगनसिंह थिए । गगनसिंहसँग उनको नाजायज सम्बन्ध रहेको समेत मानिन्छ ।

गगनसिंहको हत्या भएपछी उनले एकदम आक्रोशित भएर सबै भारदारलाई कोतमा जम्मा हुन आदेश दिएकी थिइन् ।

१९०३ मा भएको कोत पर्वलागि सबैभन्दा बढी जिम्मेवार उनी नै थिइन् जसको कारणले नेपालमा १०४ वर्षे राणा वंश शासन भयो ।

भण्डारखाल पर्व

[सम्पादन गर्नुहोस्]

कोत पर्वपछि जंगबहादुर रानी लक्ष्मीदेवीको मन जितेर प्रधान सेनापति बन्न सफल भए । रानी लक्ष्मीदेवीले माथवरसिंह थापालाई झैँ जंगबहादुरलाई पनि युबराज सुरेन्द्रको हत्या गरी रणेन्द्रलाई गद्दीमा राख्न आवश्यक प्रबन्ध गर्न दबाब दिईन् । रानीले जंगबहादुरबाट आफ्नो उद्देश्य पुरा हुनेविश्वास गरेकी थिइन् तर जंगबहादुरले पनि मामा माथवरसिंह थापाले झैँ रानीको आदेश उल्लंघन गरे | उनले "युबराजको हत्या गने प्रयास गरेको अपराधमा रानीमाथि कारबाही गर्न सकिने " व्यहोराको जबाफ पठाएकाले रानी रिसले चुर भइन् तर उनले बाहिर जंगबहादुरसंग रिसाएको भाव ब्यक्त नगरी भित्रभित्रै हत्याको षडयन्त्र गरिन् ।

पण्डित विजयराज ले सो षड्यन्त्रको पोल खोलेर भण्डारखाल पर्वमा जंगबहादुरको हत्या गर्ने उनको योजना असफल भएपछी प्रधानमन्त्री जंगबहादुरले उनको सम्पूर्ण राजकीय अधिकार खोसी उनलाई देशनिकाला गरिदिए ।

भण्डारखालको नरसंहारलाई लिएर तत्काल नै जङ्गवहादुरले हनूमानढोका दरवारमा ठूलो भारादारी गराए । जसमा जङ्गी (निजामती थरघर आदि) सबै भाइ भारदारहरूको उपस्थिति थियो । कोत र भण्डारखालको हत्याकाण्ड गराउनाका साथै युवराज सुरेन्द्रविक्रमलाई मारी आफ्ना छोरा रणेन्द्रविक्रमलाई राजा बनाउने षडयन्त्र गरेको अभियोगमा महारानी राज्यलक्ष्मी देवी सबै कुरावाट दोषी सावित भइन् । तसर्थ श्री ५ राजेन्द्रविक्रमका साथै युवराज सुरेन्द्रविक्रमको उपस्थितिमा भारदारीको सर्वसम्मतिले कान्छी महारानी राज्यलक्ष्मी देवीलाई शक्तिच्युत गरी देशनिकाला गर्नु उपयुक्त हुने ठहर सहितको फैसला गरयो । तत्पश्चात् १९०३ साले मार्गकृष्ण पञ्चमी आइतवारका दिन श्री ५ राजेन्द्रविक्रमबाट महारानी राज्यलक्ष्मीमा निहित रहेको सम्पूर्ण अधिकारका साथै राज्य सञ्चालन गर्नका लागि चाहिने विशेषाधिकारको लालमोहर युवराज सुरेद्रविक्रमलाई प्राप्त भयो ।

देशनिकालाको दण्ड पाएपछि राज्यलक्ष्मी देवी राजदरबार छाडेर मिश्र गुरुज्यूको घरमा बस्न गईन् । त्यहाँ पनि जङ्गबहादुरको कडा निगरानी थियो । महारानीलाई दोषी साबित गरी सबै राज्याधिकार युवराज सुरेन्द्रविक्रमलाई सुम्पेको भोलिपल्ट अर्थात् १९०३ साल मार्ग कृष्ण षष्ठी सोमवार राजा राजेन्द्रविक्रम राज्यलक्ष्मीसँगै काशी जाने उद्देश्यले दरबार छाडी मखनटोलस्थित एकदेव वैद्यको घरमा बस्नपुगे । सोही दिन महारानी राज्यलक्ष्मी पनि मिश्र गुरुज्यूको घरबाट माहिला गुरुज्यूका घरमा सरिन् । यसप्रकार श्री ५ राजेन्द्रविक्रम, राजकुमार रणेन्द्र तथा वीरेन्द्र पनि महारानी राज्यलक्ष्मीको साथ काशी जानका लागि तयार भए ।

काशी यात्रा

[सम्पादन गर्नुहोस्]

यात्राका लागि चाहिने आवश्यक खर्च र सरसामानका साथै सुरक्षाका लागि छ रेजिमेन्ट सेना तैनाथ गरिए । यसका अतिरिक्त जङ्गबहादुरका विश्वासपात्र काजी करवीर खत्री, काजी हेमदल थापा, कप्तान खड्गबहादुर कुंवर, कप्तान धीरबहादुर कुँवर र सुब्बा सिद्धिमान सिंह राजभण्डारी आदि विशेष निगरानीका लागि खटिनुका अतिरिक्त काशी जाने यस लावा लस्करका साथमा एकजना अंग्रेज अफिसरको पनि उपस्थिति थियो ।

संवत् १९०३ साल मार्गशुक्ल षष्ठी मंगलवारको दिन पाले पहरा सहित ३०० अङ्गरक्षकका साथ श्री ५ राजेन्द्रविक्रम शाहले राजधानीबाट बनारसका लागि प्रस्थान गरे । बिहानको साइतमा हात्ती, घोडा, पाल्की, पाल र आवश्यक सरसामानका साथ सैनिकहरूले सुसज्जित महारानी एवं राजकुमारहरू सहित राजेन्द्रविक्रम शाहको सवारी त्यसदिन फर्पिङ पुग्यो । यसको भोलिपल्ट चीसापानी र पर्सिपल्ट मकवानपुरमा बास बसी पांचौदिन अर्थात् मार्गशुक्ल त्रयोदशी आइतवारका दिन विसौलिया हुंदै यसको भोलिपल्ट सोमवार बरेवा कचहरी आइपुग्यो । यात्राभरि नै राजा र रानीका लागि सुत्ने पालहरूको भने छुट्टाछुट्टै ब्यवस्था गरिएको थियो तापनि सधैंजसो विहान बेलुका राजेन्द्रविक्रम राज्यलक्ष्मीको पालमा २/३ घण्टासम्म समय बिताउने गर्दथे । यसभन्दाबाहेक राजाले अन्य कसैसँग पनि एकान्त गर्न नपाउन् भन्ने हेतुले भारदारहरूलाई श्री ५ को पालसंगै सुत्नू, एक्लै नछाड्नू र त्यहाँको एक एक विवरण लेखेर पठाउनू भन्ने जङ्गवहादरको निर्देशन थियो । तर पनि भारदारहरूले राजाको पालसंगै सुत्ने आँटभने गर्न सकेका थिएनन् । उता सीमानापार बसेका जङ्गबहादुरका विरोधीहरू भने श्री ५ राजेन्द्रको काशी आगमनको खबरले राजासँग भेटगर्ने प्रतीक्षामा आतुर देखिन्थे । १९०३ साल मार्गशुक्ल पूर्णिमा अर्थात् धान्यपूर्णिमाको पर्व पारेर रौतहट स्थित वरेवानदीको तीरमा श्री ५ राजेन्द्रविक्रमबाट तोलादान भयो । यस उपलक्ष्यमा त्यस भेगका शाही नातेदार अर्थात् नानी साहेबका साथै राजाको आफन्तहरूको पनि उपस्थिति थियो ।

वि.सं. १९०३ मङ्सिर ४ गते राजपरिवारहरू बनारसतिर लागे।[]उनी आफ्ना दूई छोरा राजकुमार रणेन्द्र र बिरेन्द्रलाई लिएर काशी गइन् । राजा राजेन्द्र पनि उनी संगै काशी गएका थिए तर त्यहाँ बसेर प्रधानमन्त्री जंगबहादुर बिरुद्ध षडयन्त्र गर्न थालेपछी प्रधानमन्त्री जंगबहादुरले उनलाई राज्यच्युत गरी युवराज सुरेन्द्रलाई राजा घोषणा गरे ।

पूर्वाधिकारी नेपालको महारानी
वि.सं. १८९८–१९०३
पछिल्लो
त्रैलोक्य राज्य लक्ष्मी

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २१६, आइएसबिएन 99933-2-406-X