सामग्रीमा जानुहोस्

सुरेन्द्र वीरविक्रम शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुरेन्द्र विक्रम शाह
राजा सुरेन्द्र
नेपालका राजा
शासनकालवि.सं. १९०४ बैशाख ३१ – १९३८ जेठ ०६
राज्याभिषेकवि.सं. १९०४ बैशाख ३१[]
पूर्वाधिकारीराजेन्द्र विक्रम शाह
उत्तराधिकारीपृथ्वी वीर विक्रम शाह
जन्मवि.सं. १८८६ कार्तिक ०६
वसन्तपुर, नेपाल
मृत्युवि.सं. १९३८ जेठ ०६ (५१ वर्ष)
वसन्तपुर, नेपाल
वंशशाह वंश
बाबुराजेन्द्र विक्रम शाह
आमासाम्राज्य लक्ष्मी देवी शाह
धर्महिन्दु

श्री ५ सुरेन्द्रको जन्म वि.सं. १८८३ आश्विन २० गते श्री ५ राजेन्द्रका पुत्रका रूपमा भएको थियो । यिनलाई सानै उमेरमा राजप्रतिनिधिको रूपमा राजगद्दीमा राखेर उनका पिता श्री ५ राजेन्द्र विक्रम शाह काशी गए । भनिन्छ एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मानिसलाई असाध्यै दुःख दिएका थिए । श्री ५ राजेन्द्र काशीमा बस्दा षड्यन्त्र गरेको अभियोमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले श्री ५ राजेन्द्रलाई सत्ताच्युत गरी वि.सं. १९०४ वैशाख ३ गतेका दिन जबर्जस्ती यिनलाई जंगबहादुरले राजसिंहानसमा बसाए । पञ्जापत्र बनाई सम्पूर्ण अधिकार श्री ५बाट श्री ३ मा सारी शुरूका दिनमा बेलायती र राणाहरू विरूद्ध रहेका यी राजापछि असहाय भए र वि.सं. १९३८ मा यिनको निधन भयो ।

प्रारम्भिक वर्ष

[सम्पादन गर्नुहोस्]

युवराज सुरेन्द्र सन्की स्वभावका थिए । आमा साम्राज्य लक्ष्मी देवी शाहको मृत्युपछी एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मानिसलाई असाध्यै दुःख दिएका थिए । जङ्ग बहादुर कुँवर उनको अङरक्षक रहदा जङ्ग ले साहसिक र खतरनाक आदेशहरू पालना गर्नु पर्यो । उनले त्रिसुलि नदिमा घोडा सहित कुद्ने, धरहराबाट हाम फाल्ने, बाह्र वर्षे इनारमा हामफाल्ने जस्ता आदेश मान्नु परेको थियो ।

रानी राज्यलक्ष्मीदेवी युवराज सुरेन्द्रलाई हटाएर आफ्ना छोरा राजकुमार रणेन्द्रलाई राजा बनाउन चाहन्थिन् । प्रधानमन्त्री माथवर सिंह थापाले युवराज सुरेन्द्रको हत्या गर्न अस्विकार गरे पछि उनकै भान्जा जंगबहादुरद्वारा उनको हत्या गराइन् ।

उनलाई राजा बन्नबाट रोक्ने रानीको प्रयासकै कारणले माथवर सिंह थाप मुख्तियार बन्नु, माथवरसिंहको हत्या हुनु, गगनसिंह र रानीको सम्बन्ध नजिकिनु, गगनसिंह हत्या, कोत पर्व, भण्डारखाल पर्व जस्ता घटनाहरू घटे ।

नानी महाराज

[सम्पादन गर्नुहोस्]

जेठी महारानी साम्राज्यलक्ष्मीको मृत्युपछि युवराजधिराजको उग्र स्वभाव बढ्दै गएकोमा राजा श्री ५ राजेन्द्रबाट वि.सं. १८९९ मा "नानी महाराजधिराज" पदवी दिई उनको चित्त बुझाउन शासनमा सरिक गराए। त्यो कार्यबाट भारदारहरूलाई कसको आज्ञा पालन गर्ने श्री ५ को, श्री ५ नानी महारजको वा श्री ५ कान्छी महारानीको ? भन्ने जटिल समस्या प्रशासनमा आइपर्यो। त्यही वर्षको पौषमा महिनामा भारदारहरूले सल्लाह गरी श्री ५ युवराजधिराजको अत्याचारको सिकायत श्री ५ राजेन्द्र सामु गरे। त्यतिले पनि केही असर नपरेकाले भारदारहरूले जुलुस गरी हनुमानढोका राजदरबारमा पुगी राज्यको अधिकार एकै जनाका हातमा राख्नुपर्ने लिखित विन्तिपत्र चढाए। तदनुसार श्री ५ राजेन्द्रले वि सं १८९९ (५ जनवरी) का दिन आफूले समेत श्री ५ महारानी राज्यलक्ष्मीदेवीको आज्ञा पालन गर्ने गरी सम्पूर्ण राजकीय अधिकार कान्छी रानीलाई समर्पण गरे। त्यसमा महारानीलाई पूर्ण अधिकार दिँदै केवल राजपरिवारलाई सजाय गर्न नपाउने कुरा थियो।[][]

राज प्रतिनिधि

[सम्पादन गर्नुहोस्]

राज्याविषेक

[सम्पादन गर्नुहोस्]

वि.सं. १९०४ वैशाख ३१ गते जङबहादुरले श्री ५ राजेन्द्रलाई पदच्युत गरी श्री ५ सुरेन्द्रलाई गद्दीमा राखे (ई. १२ मे १८४७)। वि.सं. १९०४ आश्विनमा श्री ५ सुरेन्द्रको पदलाई इष्ट इन्डिया कम्पनीले मान्यता गर्यो (ई. अक्टोबर १, १८४७)[]

आफ्ना अङ्गरक्षकहरूको साथमा राजा सुरेन्द्र

वि.सं. १९३८मा जेठ ६ मा यिनको निधन भयो । यिनका नाति बालक युवराज श्री ५ पृथीवीरविक्रम शाह नेपाल अधिराज्यको राजसिंहासनमा राखिए। यसको करिब दुई महिना पछि नजरबन्दमा राखिएका उनका पिता राजा राजेन्द्रको १९३८ श्रावण ३० मा मृत्यु भयो।[]


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Royal Ark
  2. Padma Jang (१९८०), Life of Jang Bahadur, Ratna Pustak Bhandar, पृ: ३६, आइएसबिएन 99933-2-406-X 
  3. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २१८, आइएसबिएन 99933-2-406-X 
  4. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २३८, आइएसबिएन 99933-2-406-X 
  5. बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: २२८, आइएसबिएन 978-9937-665-40-7 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]