पृथ्वी वीर विक्रम शाह
पृथ्वी वीर विक्रम शाह | |
---|---|
![]() राजा पृथ्वी वीर विक्रमको तस्बिर | |
नेपालका राजा | |
शासनकाल | वि.सं. १९३८ जेठ ०६ – वि.सं. १९६८ मङ्सिर १६ |
राज्याभिषेक | वि.सं. १९३८ मङ्सिर १८[१] |
पुर्वाधिकारी | सुरेन्द्र विक्रम शाह |
उत्तराधिकारी | त्रिभुवन वीर विक्रम शाह |
जीवनसाथी | रमण राज्य लक्ष्मी देवी शाह दिव्यश्वरी लक्ष्मी देवी शाह किर्ती राज्य लक्ष्मी देवी शाह दुर्गा राज्य लक्ष्मी देवी शाह |
वंश | शाह वंश |
पिता | त्रैलोक्य विक्रम शाह |
माता | ललिता राज्य लक्ष्मी देवी शाह |
जन्म | वि.सं.१९३२ भदौ ०४ वसन्तपुर, नेपाल |
मृत्यु | वि.सं. १९६८ मङ्सिर २६ (३६ वर्ष) काठमाडौँ, नेपाल |
धर्म | हिन्दु |
पृथ्वी वीर विक्रम शाह नेपालका आठौँ शाह वंशीय राजा हुन्। यिनको वि.सं. १९३२ मा युवराज श्री ५ त्रैलोक्य विक्रम शाहका जेठा सुपुत्रको रूपमा जन्म भएको थियो। यिनी ६ वर्षको उमेरमा यिनका हजुरबुवा श्री ५ सुरेन्द्रको मृत्युपछि वि.सं. १९३८ को श्रावण महिनामा राजा भएका थिए। यिनको मृत्यु वि.सं. १९६८ मा २९ वर्षको शासनकालपछि भएको थियो।
जन्म तथा प्रारम्भिक जीवन[सम्पादन गर्ने]
यिनको वि.सं. १९३२ मा युवराज श्री ५ त्रैलोक्य विक्रम शाहका जेठा सुपुत्रको रूपमा जन्म भएको थियो। १९३८ जेठ ६ मा राजा श्री ५ सुरेन्द्रको मृत्यु पछि यिनी ६ वर्षको उमेरमा यिनका हजुरबुवा श्री ५ सुरेन्द्रको मृत्युपछि राजा भएका थिए।[२]
राजा पृथ्वीवीरविक्रमको राज्याभिषेक विसं १९३८ मार्ग १८ (मार्ग शुक्ल एकादशी) मा सम्पन्न भयो।[३]
शासनकाल[सम्पादन गर्ने]
यिनको पालामा भएका प्रमुख केही घटनाहरू तथा निर्माण कार्यहरूः
३८ सालको पर्व[सम्पादन गर्ने]
३८ सालको पर्वमा यी बालक राजा पृथ्वी वीर विक्रमको हत्या गरी यिनका काका माहिला साहेवज्यू नरेन्द्र विक्रम शाह राजा, मामा जगतजंग राणा श्री ३ महाराज र पदमजंग राणा प्रधान सेनापति हुने योजना थियो।
४२ सालको पर्व[सम्पादन गर्ने]
प्रधानमन्त्री रणोद्दीप सिंहको समयमा वि.सं. १९४२ मा भारतको इस्ट इन्डिया कम्पनी सरकारले रावलपिन्डीमा आयोजना हुने परेडमा सभागी हुन नेपाललाई समेत निम्तो दियो ।
त्यसको जिम्मेवारी वीर शमशेरलाई दिइएको थियो । वीर शमशेरले आफूसँग रहेका सैनिकहरूको साथमा फाइदा उठाई काका रणोद्दीप सिंहको हत्या गरे। जंगबहादुरको छोरा जगतजङ्ग राणा र नाति युद्धप्रताप जंग (नाति जर्नेल)को समेत हत्या गरियो। जंगबहादुरको छोराभाइहरू आफ्नो प्राण बचाउन कतिपय बाहिर भागे र उनीहरूको प्रधानमन्त्री हुने रोलक्रम समाप्त भयो । यो सबै घटना वि.सं. १९४२ सालमा घटेको हुनाले यसलाई ४२ सालको पर्व भनिन्छ।[४]
५८ सालको पर्व[सम्पादन गर्ने]
१९५८ मा कमाण्डर इन्चिफ चन्द्र शमशेरले श्री ३ देव शमशेरलाई पदच्युत गरे। राजा पृथ्वी वीर विक्रम देव शमशेरलाई हटाएर चन्द्र शमशेरलाई प्रधानमन्त्री नियुक्त गर्ने पक्षमा नभएता पनि उनलाई धम्कि दिएर सो कार्यको लागि बाध्य बनाइयो ।
=अन्य घटना[सम्पादन गर्ने]
- वीर अस्पताल, घन्टाघर निर्माण, गोरखापत्र प्रकाशन, नारायणहिटी राजदरबार मा राजाको बसोबास
प्रधानमन्त्रीहरू[सम्पादन गर्ने]
यिनको शासनकालमा प्रधानमन्त्री बनेकाहरूको सुची यसप्रकार छ।
प्रधानमन्त्री | पदावधि सुरु | पदावधी अन्त्य | |
---|---|---|---|
रणोद्दीप | १९३३ | १९४२ | |
वीरशमशेर | १९४२ | १९५७ | |
देवशमशेर | १९५७ | १९५८ | |
चन्द्रशमशेर | १९५८ | १९७८ |
सम्मान[सम्पादन गर्ने]

मृत्यु[सम्पादन गर्ने]
उनको वि सम् १९६८ मा मृत्यु भयो। चन्द्रशमशेरद्वारा मन्दविष को प्रयोग गरी उनको हत्या गरिएको शंका गरिन्छ।
सिंह दरबार अगाडि भद्रकालीमा रहेको महाराज पृथ्वी वीर विक्रमको शालिक
सिंह दरबार अगाडि भद्रकालीमा रहेको महाराज पृथ्वी वीर विक्रमको शालिक
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ Royal Ark
- ↑ बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: २२८, आइएसबिएन 978-9937-665-40-7।
- ↑ बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: २३०, आइएसबिएन 978-9937-665-40-7।
- ↑ सामान्य ज्ञान : भिम राना जिज्ञासु