वीरेन्द्र वीर विक्रम शाह
वीरेन्द्र वीर विक्रम शाह | |
---|---|
![]() राजा वीरेन्द्र | |
नेपालको राजा | |
शासनकाल | ३१ जनवरी १९७२ - १ जुन २००१ |
पुर्वाधिकारी | महेन्द्र वीर विक्रम शाह |
उत्तराधिकारी | दीपेन्द्र वीर विक्रम शाह |
पत्नी | रानी ऐश्वर्य राज्यलक्ष्मी शाह |
सन्तान | दीपेन्द्र वीर विक्रम शाह श्रुती राज्यलक्ष्मी शाह निराजन वीर विक्रम शाह |
वंश | शाह वंश |
पिता | महेन्द्र वीर विक्रम शाह |
माता | इन्द्रराज्यलक्ष्मी देवी शाह |
जन्म | २८ डिसेम्बर १९४५ नारायणहिटी दरवार, नेपाल |
मृत्यु | १ जुन २००१ नारायणहिटी दरवार, नेपाल |
धर्म | हिन्दू |
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह देव (वि.सं. २००२-२०५८, राजा महेन्द्रले युवराज वीरेन्द्रलाई बिरु भनेर बोलाउँथे।; नेपालमा राजा वीरेन्द्र भनेर चिनिन्छन्) नेपालका दशौँ शाहवंशीय राजा थिए। यिनले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गरेका थिए। यिनका तीन जना सन्तान युवराज दीपेन्द्र शाह, अधिराजकुमारी श्रुति शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मिएका थिए। वीरेन्द्रका दुई भाइ थिए धिरेन्द्र शाह र ज्ञानेन्द्र शाह। धिरेन्द्रको राजदरवार हत्याकाण्डमा मृत्यु भएको थियो।
प्रारम्भिक जीवन[सम्पादन गर्ने]
तत्कालीन युवराज महेन्द्र वीर विक्रम शाह देव र उनकी जेठी पत्नी राजकुमारी इन्द्रराज्यलक्ष्मी देवीका जेठा छोराको रूपमा वि.सं. २००२ पुष १४ मा काठमाडौंको नारायणहिटी राजदरबारमा वीरेन्द्रको जन्म भएको थियो ।[१] वीरेन्द्रले दार्जिलिङको सेन्ट जोसेफ स्कूलमा आफ्ना भाइ ज्ञानेन्द्रसँग आठ वर्ष पढेका थिए । माध्यमिक शिक्षा पूरा गरेपछि यिनी बेलायतको इटन कलेजमा पढेका थिए । पछि जापान तथा अमेरिकामा पनि यिनले थप अध्ययन गरेका थिए । २०११ फाल्गुन ३० मा वीरेन्द्रको हजुरबुवा राजा त्रिभुवनको निधन भयो र उनको बुबा त्यसपछि नेपालका राजा बने । बुबाको राज्याभिषेकसँगै वीरेन्द्र नेपालको युवराज बने। वीरेन्द्रको विवाह वि.सं. २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो ।
शासनकाल[सम्पादन गर्ने]
पञ्चायत काल[सम्पादन गर्ने]
पञ्चायत कालको उत्कर्षका बेला वि.सं. २०२८ मा बाबु राजा महेन्द्रको निधनपछि यिनी राजा बनेका थिए।
- राज्याभिषेक २०३१
- शान्तिक्षेत्र प्रस्ताव
- जनमत सग्रह वि.सं. २०३७
- दक्षिण एसियाली क्षेत्रीय सहयोग सगठन (सार्क)को स्थापना वि.सं. २०४२
- बहुदल घोषणा वि.सं. २०४६
बहुदलीय व्यवस्था[सम्पादन गर्ने]
- नेपालको संबिधान, २०४७ को घोषणा
- आम निर्वाचन, २०४८
- मध्यावधि निर्वाचन, २०५१
- गद्दी आरोहण राहत महोत्सव वि.सं. २०५३
- आम निर्वाचन, २०५६
राजा वीरेन्द्रकै समयमा वि.सं. २०३७ सालमा जनमत सङ्ग्रह र जनआन्दोलन २०४६बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो। पहिलो पटक वि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत सङ्ग्रहको घोषणा गरिएको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाएका उनको मृत्यु भने रहस्यमय ढङ्गले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भएको थियो।
तथापि, विभिन्न राजनीतिक दलहरू र बहुसंख्यक सामाजिक समस्याहरूको बीचमा झन्डाहरू नेपाली गृहयुद्धको नेतृत्वमा, माओवादी विद्रोह र सरकारी शक्तिहरू बीचको विवाद, जुन वि.सं. २०५६ देखि वि.सं. २०५१ सम्मसम्म पुग्यो।
शासन संचालनमा जनतालाइ केन्द्रविन्दु मानी जनअपेक्षा वमोजिम शासन सञ्चालन गर्न निरंकुशतालाइ त्यागी प्रजातन्त्र लाई अंगालेका थिए नेपालको राजनीतिक अस्थिरताका कारण आफ्नो विरासत गुमाउन पुगे ।
मृत्यु[सम्पादन गर्ने]
वि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरिएको थियो। आफ्नो पहिलो शटको दुई मिनेटपछि आफ्नो छोरा दीपेन्द्रको हातमा जसलाई नारायणहिटी दरवार हत्याकाण्डको रूपमा चिनिन्छ।[२]
सम्मान[सम्पादन गर्ने]
राजा वीरेन्द्र शाहको नामबाट सुर्खेत जिल्लामा रहेको प्रादेशिक राजधानी वीरेन्द्रनगर नगरपालिकाको नामकरण गरिएको छ।[३]
वि.सं.२०४४ सालमा राजा वीरेन्द्रले आफ्नो शालिक वीरेन्द्र चोक, सुर्खेतमा अनावरण गर्नुभएको थियो।[४] माओवादी द्वन्द्वकालमा उनको शालिक हटाइयो तर पुस २०७८ सालमा उक्त शालिक पुनः स्थापना गरिएको थियो ।[५] दाङको तुलसीपुरमा पनि उनको पुनः स्थापना गरिएको थियो।[६]
सन्तानहरू[सम्पादन गर्ने]
नाम | जन्म | विवाह | मृत्यु | बच्चाहरु | नातिनातिनाहरू | |
---|---|---|---|---|---|---|
जीवनसाथी | मिति | |||||
युवराजाधिराज दीपेन्द्र | २०२८ आषाढ १३[७] | कुनै विवाह गरिएको थिएन | २२ जेठ २०५८ (उमेर २९), | छोराछोरी छैनन् | ||
अधिराजकुमारी श्रुति | २०३३ असोज २९ | कुमार गोरखशमशेर जङ्गबहादुर राणा | २०५४ बैशाख २५ | २०५८ जेठ १९ (उमेर २५), | गिरवाणी राज्य लक्ष्मीदेवी | नातिनातिनाहरू छैनन् |
सुरंगाना राज्य लक्ष्मीदेवी | ||||||
अधिराजकुमार निराजन | २०३५ कार्तिक २० | कुनै विवाह गरिएको थिएन | २०५८ जेठ १९ (उमेर २२), | छोराछोरी छैनन् |
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "सन्दर्भ पुस १४ : सम्झनामा राजा वीरेन्द्र", पहिलो पोस्ट, १४ पुष २०७१, अन्तिम पहुँच १५ जेष्ठ २०७९।
- ↑ २.० २.१ दीक्षित, कनकमणि (१९ जेठ २०७७), "कसले मार्याे राजा वीरेन्द्रलाई ?", हिमाल खबर, अन्तिम पहुँच १५ जेष्ठ २०७९।
- ↑ भट्टराई, खगेन्द्र (२०७६ मङ्सिर ११), "राजा वीरेन्द्रले बसाएको वीरेन्द्रनगर", नयाँ पत्रिका, अन्तिम पहुँच १५ जेष्ठ २०७९।
- ↑ शाही, दिपकजंग (११ भदौ २०७६), "वीरेन्द्रको शालिक बेवारिसे लडाएर बनाइयो उनको नामको चोक", सेतोपाटी, अन्तिम पहुँच १५ जेष्ठ २०७९।
- ↑ केसी, गोविन्द (१४ पुस २०७८), "१६ वर्षपछि वीरेन्द्रको शालिक", नागरीक, अन्तिम पहुँच १५ जेष्ठ २०७९।
- ↑ "१५ बर्षपछि तुलसीपुरमा वीरेन्द्रको शालिक पुनर्स्थापना", अनलाइनखबर, २०७८ चैत १४, अन्तिम पहुँच १५ जेष्ठ २०७९।
- ↑ शाह, विवेकप्रताप (२० जेठ २०७२), "दीपेन्द्रको चरित्र र जेठ १९ को रहस्यबारे तत्कालीन सैनिक सचिव यसो भन्छन्", पहिलो पोस्ट, अन्तिम पहुँच १५ जेष्ठ २०७९।
- ↑ "यस्तो थियो राजदरबार हत्याकाण्डको ‘यथार्थ विवरण’", हिमालखबर, १९ जेठ २०७७, अन्तिम पहुँच १५ जेष्ठ २०७९।
- ↑ ९.० ९.१ श्रेष्ठ, किरणकृष्ण (१९ जेष्ठ २०७७), "अधिराजकुमारी श्रुतिसँग सम्झनाका चार पल", सेतोपाटी, अन्तिम पहुँच १५ जेष्ठ २०७९।
पूर्वाधिकारी महेन्द्र वीर विक्रम शाह |
नेपालको राजा २०२८-२०५८ |
उत्तराधिकारी दीपेन्द्र वीर विक्रम शाह |
![]() |
विकिमिडिया कमन्समा वीरेन्द्र वीर विक्रम शाह सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |