नेपाल टेलिभिजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल टेलिभिजन (एनटिभी)
देशनेपाल
सञ्जालप्रसारण टेलिभिजन, उपग्रह, अप्टिकल र अनलाइन
प्रधान कार्यालयसिंहदरबार,काठमाडौँ नेपाल
कार्यक्रम
भाषा(हरू)
दृश्य ढाँचा४:३ (५७६आई, एसडिटिभी)
१६:९ (१०८०आई, एचडिटिभी)
स्वामित्व
मालिकनेपाल सरकार
इतिहास
सुरुवात२०४१ माघ १७
कडीहरू
वेबसाइटwww.ntv.org.np
उपलब्धता
स्थलीय
एनालगभिएचएफ ब्यान्ड
स्ट्रिमिङ मिडिया
नेपाल टेलिभिजन (एनटिभी राष्ट्रिय)http://ntv.org.np/?page_id=1165
नेपाल टेलिभिजन (एनटिभी कोहलपुर)http://ntv.org.np/?page_id=1167
नेपाल टेलिभिजन (एनटिभी प्लस)http://ntv.org.np/?page_id=1299
नेपाल टेलिभिजन (एनटिभी न्युज)http://ntv.org.np/?page_id=1308

नेपाल टेलिभिजन नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपालको सबैभन्दा ठूलो टेलिभिजन प्रसारण संस्था हो। वि.सं २०४१ मा, एक आयोजनाको रूपमा स्थापना भएको यस संस्थाले हाल ४ वटा च्यानलहरू स्थलीय तथा भू-उपग्रह मार्फत प्रसारण गर्दै आएको छ। नेपाल टेलिभिजनका च्यानलहरू नेपाल लगायत एसिया महादेशका धेरै देशहरूबाट हेर्न सकिन्छ। हाल यसले समाचार मूलक कार्यक्रम तथा मनोरञ्जनात्मक कार्यक्रमका साथै शैक्षिक, स्वास्थ्य तथा अन्य साँस्कृतिक कार्यक्रमहरू प्रसारण गर्ने गर्दछ।[१]

इतिहास तथा विकासक्रम[सम्पादन गर्नुहोस्]

नेपाल टेलिभिजनको प्रशासनिक भवन
नेपाल टेलिभिजनको स्टुडियो भवन

राजा वीरेन्द्रबाट २०३८ साल असार १० गते तत्कालीन राष्ट्रिय पञ्चायतको ३२औँ अधिवेशनलाई सम्बोधन गर्दा टेलिभिजन स्थापनाको संभाव्यता बारे श्री ५ को सरकारले अध्ययन गर्नेछ भनेका थिए। तत्कालिन श्री ५ को सरकारले यसतर्फ आफ्नो तत्परता देखाउन थाले बमोजिम वि.सं. २०४१ साल माघ १७ गते सञ्चार मन्त्रालय अन्तर्गत नेपाल टेलिभिजन परियोजनाको गठन गरिएको थियो। वि.सं २०४२ साल असार १८ गतेको गोरखापत्र दैनिकको एक समाचार अनुसार "आर्थिक वर्ष २०४२/४३ मा टेलिभिजनको सञ्चालन व्यवस्थित रूपले गर्न आवश्यक पर्ने दक्ष जनशक्तिका लागि विशेष व्यवस्था मिलाउन २०४२ साल भाद्र २१ गतेसम्म सञ्चालन हुने गरी २०४२ साल असार १७ गते देखि नेपाल टेलिभिजन परियोजना र वल्र्ड भ्यू इन्टरनेसनलको संयुक्त तत्त्वावधानमा विकासमूलक टेलिभिजन कार्यक्रम उत्पादन प्रशिक्षण सुरू भएको थियो। यसैबीच नेपाल टेलिभिजन परियोजनाबाट २०४२ साल साउन २९ गते परीक्षण प्रसारण कार्यक्रमको थालनी गरिएको थियो। त्यसबखत कार्यक्रमको प्रसारण समय बेलुकी ७ बजेदेखि ७.४० वा ७.४५ बजे सम्म सीमित थियो। सुरूमा यसले भिएचएफ र पछि युएचएफ ब्यान्डमा १०० वाटको प्रसारण सेटबाट कार्यक्रमहरू प्रसारण गर्ने गर्दथ्यो जुन काठमाडौँ उपत्यका भित्र मात्र उपलब्ध थियो। त्यसै बेला नेपाल टेलिभिजन परियोजनाले गरेको एक सर्वेक्षण अनुसार काठमाडौँमा १ हजार २ सय ६६ वटा टेलिभिजन मात्र थिए। प्रसारण प्रारम्भ भए पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलयले जनाए अनुसार प्रति महिना ३ सय टेलिभिजन सेट नेपाल भित्रिएका थिए। सुरूमा परियोजनाका रूपमा रहेको नेपाल टेलिभिजन २०४२ साल पुस १२ गते संस्थानमा परिणत भएको थियो। परीक्षण प्रसारण सुरू हुँदा उच्च आवृत्ति च्यानलबाट हुन्थ्यो भने २०४२ साल पुस १४ गते नियमित प्रसारण थाले पछि अति उच्च आवृत्ति च्यानलबाट हुन थालेको थियो। वि.सं २०४२ को सार्क सम्मेलन ताका यसले थुप्रै प्राविधिक प्रगतिहरू हासिल गरेको थियो। वि.सं. २०५८ असार देखि यसले प्रसारणको लागि भू-उपग्रह प्रयोग गर्न थालेको थियो

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. "नेपाल टेलिभिजन सर्वाधिक लोकप्रिय", पोस्ट खबर (नेपालीमा), अन्तिम पहुँच २८ साउन २०७९  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१२-२८ मिति