सामग्रीमा जानुहोस्

ग्यालेक्सी फोरके टेलिभिजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्यालेक्सी फोरके टेलिभिजन
देश नेपाल
प्रधान कार्यालयबालुवाटार, काठमाडौँ
कार्यक्रम
भाषा(हरू)नेपाली
स्वामित्व
मालिकगोर्खा मिडिया नेटवर्क प्रा. लि.
इतिहास
सुरुवातवि.सं. २०७८ असोज १५
कडीहरू
वेबसाइटgmn.com.np

ग्यालेक्सी फोरके टेलिभिजननेपालको निजी क्षेत्रको एउटा टेलिभिजन स्टेसन थियो।[] गोर्खा मिडिया नेटवर्कले सञ्चालनमा ल्याएको यो टेलिभिजन कम्पनीको अध्यक्ष तथा संस्थापक जिबी राई हुन्।[] यस टेलिभिजनको मुख्य कार्यालय काठमाडौँको बालुवाटारमा अवस्थित छ। वि.सं. २०७८ असोज १५ गते विधिवत् प्रसारण आरम्भ गरेको यस टेलिभिजनले सुरुदेखि नै फोरके गुणस्तरको प्रविधि अवलम्बन गरेको दाबी गरेको छ। यसको आफ्नै युट्युब च्यानल पनि छ र एफएममा पनि सुन्न सकिन्छ।[] स्थापनाकालका प्रबन्ध निर्देशक रवि लामिछानेले राजनीतिमा आबद्ध हुने भनेर केही महिनामै आबद्धता अन्त्य गरेका थिए।[][] यस टेलिभिजनका सम्पादक रामबहादुर रावल हुन्।

संस्थापक जिबी राई सहकारी ठगी प्रकरणमा मुछिएपछि यो टेलिभिजनमा बन्द गरिएको थियो। उनी माथि पोखरा स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १६ अर्ब भन्दा बढी रकम अपचलन गरेको आरोप लागेको थियो।[] उक्त सहकारी संस्थाका कोषाध्यक्ष तथा यस टेलिभिजनको सञ्चालक संस्था गाेरखा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष कुमार रम्तेललाई २५ भदौ २०८० मा, काठमाडौँबाट पक्राउ गरिएको थियो। २१ असोज २०८० मा, कास्की जिल्ला अदालतले पुर्पक्षको लागि कारागार चलान गरेको थियो।[]

आबद्ध पत्रकार तथा प्रस्तोताहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "ग्यालेक्सी फोरके टिभीमा समाचार र कार्यक्रम उत्पादन बन्द", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१ 
  2. "ग्यालेक्सी फोरके टेलिभिजन", www.galaxytvnepal.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०७  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-०७ मिति
  3. "रवि लामिछानले ल्याए नेपालमा पहिलो ‘फोर के’ टेलिभिजन", खबरहब (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०७ 
  4. शर्मा, राजेश, "टेलिभिजन प्रस्तोताले हात जोडेर नमस्कार गर्न नहुने हो ?", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०७ 
  5. "रवि लामिछानेले ल्याए ग्यालेक्सी टिभी, यस्ता छन् प्रसारण हुने मुख्य कार्यक्रम", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०७ 
  6. "'राजनीतिमा लाग्न' रवि लामिछानेले छाडे ग्यालेक्सी टिभी", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०७ 
  7. "फोरके प्रविधिको नाममा सुरु भएको ग्यालेक्सी टीभी बन्द", टेकपाना (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१ 
  8. धनबहादुर गुरुङ, "सूर्यदर्शन सहकारी ठगी प्रकरण : कोषाध्यक्ष कुमार रम्तेल जेल चलान", इकागज (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१