दीपकराज गिरी
स्वरूप
दीपक राज गिरी | |
|---|---|
दीपक राज गिरी | |
| वासस्थान | काठमाडौँ, नेपाल |
| राष्ट्रियता | नेपाली |
| अन्य नाम | दीपक |
| पेशा | कलाकार, हाँस्यकार, निर्देशक, लेखक र निर्माता |
दीपक राज गिरी नेपालका चर्चित हास्यकलाकार तथा अभिनेता हुन्। उनी वि.सं. २०३२ सालमा काठमाडौँको दहचोक गाविसमा जन्मिएका हुन्। वि.सं. २०४९ मा रेडियो नाटक आमाबाट हास्यकलाकारिता सुरु गरेका दीपकले नेपाल टेलिभिजनमा वि.सं. २०६० सालबाट संघर्ष गर्दै हालसम्ममा नेपालका प्रमुख हास्यकलाकारका रूपमा स्थापित भैसकेका छन्। पछिल्लो समय उनी तीतो सत्यमा दीपकको भुमिका निर्वाह गर्छन्। उनले नेपाली चलचित्र छ एकान छ, छक्का पञ्जा, छक्का पञ्जा-२, छक्का पञ्जा-३ मा पनि काम गरेका छन्।[१][२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ https://www.youtube.com/watch?v=upC5U46v7kQ
- ↑ "Deepak Raj Giri in Tito Satya", ६ जुलाई २०१५। अभिलेखिकरण २७ जुलाई २०१८ वेब्याक मेसिन