हिमालय टेलिभिजन
हिमालय टेलिभिजन | |
---|---|
![]() Himalaya TV | |
स्वामित्व | मकालु मिडिया प्रा. लि. |
नारा | समृद्धि र शान्तिको अभियान |
राष्ट्र | ![]() |
भाषा | नेपाली र अरु स्थानिय भाषा |
मुख्यालय | मध्यबानेश्वर, काठमाडौ |
वेबसाइट | himalayatv.com |
हिमालय टेलिभिजन नेपालमा अहिले १३ वटा राष्ट्रियस्तरका टेलिभिजन च्यान प्रशारणमा छन् । त्यसमध्ये हिमालय टेलिभिजन पनि एक हो । वि.सं. २०६७ सालबाट सुरुवातमा ल्याइएको निजी टेलिभिजन प्रसारण कम्पनी हो। "समृद्धि र शान्ति'को अभियान" भन्ने यस टेलिभिजनको मूल नारा रहेको छ।
इतिहास[सम्पादन गर्ने]
हिमालय टेलिभिजन २०६७ सालको घटस्थापनासँगै असोज २२ गते परीक्षण प्रसारणबाट दर्शकहरूको माझ आएको थियो । यस टेलिभिजनले २०६७ साल मंसिर १५ गते देखि नेपालमा औपचारिक रूपमा सञ्चार सेवा आरम्भ गरेको थियो ।
टेलिभिजनमा समाचार विभागलार्इ सुरुका दिनमा स्वर्गीय प्रवीण गिरी र त्यसपछि कपिल काफ्लेले नेतृत्व दिएका थिए । कार्यक्रम तर्फ प्रारम्भमा विकास आचार्य र समाचार सम्पादक पुरुषोत्तम लम्सालले भूमिका खेलेका थिए ।
प्रसारण[सम्पादन गर्ने]
समाचारका साथसाथै मनोरञ्जनात्मक टेलिभिजन कार्यक्रमा पनि जोड दिएको यस हिमालय टेलिभिजनले काठमाडौं उपत्यकाका साथसाथै अन्य जिल्लाका समाचारलाई पनि प्राथमिकताका साथ प्रसारण गर्दै आएको छ । अहिले यो टेलिभिजन समाचार र मनोरञ्जनयुक्त कार्यक्रमको मिश्रित स्वरुपमा प्रशारणमा छ । यो टेलिभिजनको स्वामित्व ललित गर्लैचा व्यापारी ललित अग्रवाल (पहिले एभेिन्युज टेलिभिजनमा आंशिक लगानीकर्ता) को हातमा छ ।