माउन्टेन टेलिभिजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माउन्टेन टेलिभिजन
माउन्टेन टेलिभिजन
स्थापना
नारा
मुख्यालय काठमाण्डौ, नेपाल
स्वामित्व
देश नेपाल
भाषा {{{भाषा}}}
प्रसारण क्षेत्र नेपाल
वेबसाईट www.mountaintv.com.np
उपलब्ध {{{उपलब्ध}}}

समाउन्टेन टेलिभिजन नेपालको एक समाचार टेलिभिजन च्यानल हो।

आधिकारिक वेबसाईट[सम्पादन गर्नुहोस्]

माउन्टेन टेलिभिजन वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-३१ मिति नेपालमा अहिले १३ वटा राष्ट्रियस्तरका टेलिभिजन च्यान प्रसारणमा छन् । त्यसमध्ये माउन्टेन टेलिभिजन पनि एक हो । यो टेलिभिजन समाचारको नयाँ परिभाषाको नारा लिएर २०६७ साल भदौबाट नियमित प्रसारणमा आएको थियो । थाइल्याण्डको थाइकम स्टा हुँदै अहिले यो इपिस्टार सेभेन सेटलाईटबाट प्रसारण हुन्छ । सुरुमा एनबीएक्स माउन्टेनको नाममा भक्तपुरको लोकन्थलीबाट प्रसारणमा आएको यो टेलिभिजन नयाँ व्यवस्थापनले खरिद गरेपछि काठमाण्डकौ डिल्लि बजार हुँदै अहिले ललितपुरको कुपण्डोलबाट प्रसारण भइरहेको छ । पद्मा समूहको मिडिया नेटवर्क अन्तर्ग प्रसारणमा रहेको माउन्टेन टेलिभिजन मूलतः समाचार प्रधान टेलिभिजन हो । यसले ६४ जिल्लामा आफ्ना संवाददाता मार्फत सूचना सङ्कलन गरी प्रत्येक घन्टा समाचार र समाचार मूलक कार्यक्रम प्रसारण गर्दै आएको छ । नयाँ व्यवस्थापन अन्तर्गत माउन्टेन टेलिभिजनको समाचार विभाग सुरुवातको केही महिना वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा र समाचार निर्देशकको रूपमा गोपाल बस्नेत (रेडियो नेपालका समाचार वाचक) ले सम्हालेका थिए । त्यसपछि युवा पत्रकार पुरुषोत्तम लम्सालले झण्डै दुई वर्ष समाचार प्रमुखको जिम्मेवारी सम्हाले । यो बीचमा २०६९ सालको जेठको आसपासमा टेलिभिजनले राष्ट्रिय बहस र विवादको विषयलार्य सनसनीपूर्ण रूपमा प्रसारण गरी राष्ट्रिय टेलिभिजनहरूको भीडमा आफ्नो पहिचान स्थापित गर्यो । मूलतः जातीय पहिचान सहितको सङ्घीय राज्यको विरुद्ध माउन्टेन टेलिभिजनका प्रस्तुती केन्द्रित रहेको भन्दै केही जनजातीका अगुवा र नेकपा माओवादी, एकीकृत नेकपा माओवादी समेतले टेलिभिजनको विरुद्ध सार्वजनिक अभिव्यक्ति दिए । मल्ल के सुन्दर लगायतका अधिकारकमीृ बताउनेहरूले समेत बसन्तपुरको सभाबाट माउन्टेन टेलिभिजनलाई आगो लगाउने बताएर टेलिभिजनको एजेण्डा लाई उनकै जनजाती समूहमा स्थापित गर्न सहयोग पुर्याएका थिए । आन्दोलनताका जनजाती आन्दोलनकारीहरूको निशानामा परेको थियो यो टेलिभिजन । उनीहरूको आरोप टेलिभिजन ब्राम्हण क्षेत्रीको पक्षमा आग्रह भएको थियो । तर एकातिर उनीहरू टेलिभिजन आग्रही र पूर्वाग्रही भएको आरोप लगाउँदै टेलिभिजन र टेलिभिजनका संचारकर्मी विरुद्ध खुलेआम कारबाही गर्ने घोषणा गर्दैउ हिंड्थे, अर्कातिर सोही टेलिभिजनमा अन्तर्वार्ता पनि दिइरहेका हुन्थे । यस मानेमा टेलिभिजनले सतही होइन, सन्तुलित, एक पक्षीय होइन बहूपक्षी दृष्टिकोणलार्य सफलता पूर्वक आत्मसाथ गरेको थियो । राष्ट्रिय सरोकारका विभिन्न मुद्दाहरु लाई अभियानको रूपमा प्रस्तुत गरेर पनि टेलिभिजनले राम्रा कार्यक्रमहरू सञ्चालन गरेको थियो ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]