रेडियो माडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेडियो माडी
प्रशारणनेपाल
नारा"Local Live & Leading"
आवृत्ति१०७.६ मेघाहर्ज
पहिलो प्रसारणवि.सं.२०६८ भाद्र १८ गते
रेडियोको प्रकारसमाचार, सुचना, संगीत, मनोरञ्जन, शिक्षा
प्रशारण हुने भाषानेपाली
वेब प्रसारणwww.radiomadi.org.np/live
वेबसाइटwww.radiomadi.org.np

अवस्थिती[सम्पादन गर्नुहोस्]

सामुदायिक रेडियो माडी एफ.एम.१०७.६ मेघाहर्ज-बसन्तपुर, चितवनको माडी स्थित बसन्तपुरमा स्थापित भइ अत्याधुनिक Digital Transmeter जडित ४Way Broadband Antennaeबाट निरन्तर प्रसारण हुदै आएको रेडियो माडी एफ.एम. १०७.६ मेघाहर्ज सम्पूर्ण माडीवासीको अपनत्व रहेको एक साझा तथा नमुना सामुदायिक प्रसारण संस्थाका रूपमा ग्रामीण सचेतक, समाजिकीकरणकर्ता र सुचना, समाचार तथा मनोरञ्जनको पर्यायका रूपमा परिचित छ। मुलतः माडी क्षेत्रका श्रोता केन्द्रित स्थानीय रेडियोको रूपमा सञ्चालीत रहेपनि चितवन र नवलपरासी क्षेत्र संगै गोर्खा, तनहँ, पाल्पा, स्याङ्जा, पर्वत, पर्सा लगायतका एक दर्जन नेपाली जिल्लाहरू र भारत बिहार राज्यका पुर्वि तथा पश्चिम चम्पारणका अधिकांश भुभाग समेत यसको प्रसारण र श्रवण क्षेत्र रहेको छ।

कार्यक्रमहरू[सम्पादन गर्नुहोस्]

आफ्नै उत्पादनमा माडी खबर , माडी खबर अप्डेट्स, समय सन्दर्भ, खबर फास् , ब्रेकीङ्ग न्युज आदिजस्ता खबर र विचारमुलक कार्यक्रम प्रसारण गर्दै आइरहेको यस रेडियोले दलीत आआवाज, स्वस्थ जीवन, कृषि सन्देश, खेल संसार, जीवन संघर्ष, युवा आवाज, नयाँ पुस्ता, नारी आवाज, घर संसार, गन्तव्य माडी आदिजस्ता खोजमुलक रेडियो कार्यक्रमहरू प्रसारण गर्दै आइरहेको छ। त्यसैगरी सामुदायिक सुचना नेटवर्ग, कम्युकेशन कर्नर, ब्रिटिस ब्रोडकास्टिङ्ग कर्पोरेशन, बि.बि.सि. मिडिया एक्सन, इक्वल एक्सेश, एन्टेना फाउन्डेशन, जागरण मिडिया सेन्टर , नेपाल वातावरण पत्रकार समूह आदि जस्ता उत्पादक संस्थाहरूको विभिन्न रेडियो काकार्यक्रमहरू समेत प्रसारित हुने उक्त रेडियोमा श्रोताको चाहाना र रूची अन्य विभिन्न रेडियो कार्यक्रमहरू समसामयिक रूपमा बज्ने गरेका छन् ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]