इमेज च्यानल टेलिभिजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इमेज च्यानल
इमेज च्यानलको लोगो
सुरुवातबि.सं २०६०
सञ्जालप्रत्येक्ष टेलिभिजन प्रसारक र अनलाइन
मालिकइमेज च्यानल निजी लिमिटेड
दृश्य ढाँचा४:३ (५७६i) एचडी टिभी)
देशनेपाल
भाषाअङ्ग्रेजी, नेपाल, नेपाल भाषा
प्रसारण क्षेत्रनेपाल र विश्वव्यापी
प्रधान कार्यालयपानीपोखरी, काठमाडौँ
भातृ च्यानल(हरू)इमेज मेट्रो (हाल उपलब्ध छैन)
वेबसाइटइमेज च्यानल
उपलब्धता
उपग्रह
डिस होमच्यानल सङ्ख्या १०८
केबल
सबै केवल प्रणालीहरूमा उपलब्धस्थानीय सूची हेर्नुहोस्
सिम टिभीघोषणा हुन बाँकी
डोइन टिभीघोषणा हुन बाँकी

इमेज च्यानल टेलिभिजन नेपालको एक निजी टेलिभिजन च्यानल हो। यसले २०६० असार २९ गतेदेखि नियमित प्रसारण सुरू गरेको हो। यस टेलिभिजनले समाचारका साथ साथै विभिन्न किसिमको मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्दै आएको छ। २०६० असार २९ बाट औपचारीक प्रसारण सुरु गरेको यस टेलिभिजनको मुख्यालय काठमाडौँको पानीपोखरीमा अवस्थित छ। यस च्यानल इमेज समूहको स्वामित्वमा रहेको छ जो इमेज एफएम नामक एक एफएमको पनि मालिक हो जसको प्रधान कार्यलय काठमाडौँको लाजिम्पाटमा रहेको छ। यसका प्रारम्भिक कार्यक्रम पप सङ्गीत, महिला, चर्चित व्यक्तिहरू र फेसनमा केन्द्रित थियो र यसका कार्यक्रमहरू जस्तै इमेज पप, बटन र ट्रेडर्ड्स, एएम गेस्ट र सृजनाको संसार जस्ता कार्यक्रमहरू दर्शकहरूको बीच धेरै लोकप्रियता प्राप्त गरेको थियो।


इमेज समूहले २०६० असार २९ को इमेज मेट्रो नामक एक समावेशी काठमाडौँको च्यानलको रूपमा आफूलाई स्थापित गरेको थियो। ५ फेब्रुअरी २००७ मा इमेज च्यानलले आफ्नो प्रसारणलाई उपग्रह मार्फत विश्वव्यापी रूपमा बिस्तार गरेको थियो, जसले गर्दा यो नेपाली भाषाको पहिलो उपग्रह च्यानल बनेको थियो।[१] इमेज च्यानलले ५ मे, २०१३ मा इमेज खबर नामलाई अनलाइन समाचार पोर्टल पनि सुरू गरेको छ।

इमेज च्यानलद्वारा प्रसारित कार्यक्रमहरू[सम्पादन गर्नुहोस्]

समाचार[सम्पादन गर्नुहोस्]

  • इमेज समाचार
  • इमेज सम्बाद

आजको समाचार

सङ्गीत[सम्पादन गर्नुहोस्]

  • एसएमएस एण्ड मोर
  • म्युजिक अफ योर च्वाइस

वार्षिक कार्यक्रम[सम्पादन गर्नुहोस्]

  • इमेज म्युजिक अवार्डस्

वास्तविक कार्यक्रम[सम्पादन गर्नुहोस्]

  • मेगा मोडल

काण्ड[सम्पादन गर्नुहोस्]

  • अप्रिल २०१६ मा, प्रहरीले इमेल च्यानलको आधिकारिक फेसबुक पृष्ठ ह्याक गरेको भन्दै बाँकेको नेपालगञ्जबाट एउटा मान्छेलाई हिरासतमा लिएको थियो।[२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "एउटा सानो प्रयास: नेपालमा टेलिभिजनको इतिहास", विप्लव डटकम, अन्तिम पहुँच २०१३-०७-२४ 
  2. इमेज च्यानलको फेसबुक पृष्ठ ह्याक भएको छ द हिमालयन टाइम्स अभिगमन मिति अप्रिल २४, २०१६

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]