राजेश हमाल
राजेश हमाल | |
---|---|
![]() राजेश हमाल सन् २०१३ मा | |
जन्म | राजेश हमाल [१] जुन ९ १९६४. (५३) पाल्पा, तानसेन, नेपाल |
वासस्थान | काठमाडौँ, नेपाल |
राष्ट्रियता | नेपाली |
अन्य नाम |
|
शिक्षा | भानुभक्त मेमोरियल स्कूल चण्डीगढ विश्वविद्यालय (एम.ए) |
पेशा | अभिनेता, टेलिभिजन प्रस्तोता, समाज सेवी |
कार्यकाल | १९८५ – वर्तमान |
जीवनसाथी | मधु भट्टराई हमाल (२०१४–वर्तमान)[२][३] |
पुरस्कार | राष्ट्रिय नागरिक गोल्डेन अवार्ड राष्ट्रिय चलचित्र पुरस्कार |
राजेश हमाल ( सुन्ने (सहायता जानकारी), जन्म: ९, जुन, १९६४ पाल्पा, तानसेन, नेपाल) नेपालका एक चर्चित अभिनेता हुन्।[४] उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो। उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ। राजेश हमालले २ दशक भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्। उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कार (१९८८-२०१४) रहेको छ। उनलाई यसै कारण महानायक भन्ने गरिएको छ। अभिनय क्षेत्र बाहेक समाजसेवामा पनि उनको सहभागिता रहेको छ। उनले अहिलेसम्मकै रोमान्चक भुमिकामा चलचित्र 'सकुन्तला' मा एउटी सशक्त महिलाको भुमिका निभाएका छन्।
[५]
सुरूवाती जीवन
उनी एक सम्पन्न नेपाली परिवारमा जन्मिएका हुन् । उनका पिता विभिन्न देशका लागि नेपालको तर्फबाट राजदुत भएका थिए । राजेश हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम. ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पुरा गरेका हुन् । नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए ।
अभिनय यात्रा
सर्वप्रथम सन् १९८५ मा भारतको फेसन नेट म्यागजिनमा र सन् १९८६ मा नेपालको काठमाडौँमा र्यापमा हिँडेर ग्ल्यामरमा प्रवेश सुरू गरेका थिए । एक वर्षमा उनले औसत १०-१२ वटा सम्म चलचित्रहरूमा उनले अभिनय गर्ने गरेका छन् भने सन् १९९४ मा उनले १६ वटा चलचित्र सम्ममा अभिनय गरेका थिए । १७० भन्दा बढी नेपाली र १ पाकिस्तानी चलचित्रमा उनले अभिनय गरेका छन् । आफूले गरेका चलचित्र मध्ये देवता र वसन्ती उनलाई सबैभन्दा मनपर्ने चलचित्रहरू हुन् । उनी नेपाली चलचित्रका महानायक मानिन्छन् ।
व्यक्तिगत जीवन
राजेशको जीवनमा धेरै जनासँग नाम जोडिए पनि (सन् २०१४) मात्र उनी विवाह बन्धनमा बाँधिएका छन् ।[६]
चलचित्रहरू
- कसम (१९९३ चलचित्र)
- युगदेखि युगसम्म
- बसन्ती
- जीवनदाता
- देउता
- गोरेटो
- द युगदेखि युगसम्म
- ढुकढुकी
- अर्जुन
- अल्लारे
- आफन्त
- धर्मा(२०१०)
- खान्दान
- चमत्कार
- अधिकार
- सन्यास
- दुलही
- हामी तीन भाइ
- सडक
- चट्याङ
- पृथ्बी
- अपराध
- परिभाषा
- कवच
- सपनाको नौलो संसार
- राजनीति
- अजम्बरी नाता
- पालेदाई
- किन किन
- सपना
- तडप
- बरदान
- छबिलाल कन्जुस छैन
- दु:ख
- आशीर्वाद
- जंगवाज
- को भन्दा को कम
- प्रतिक्षा
- संघर्ष
- बाटूली
- मैदान
- करन अर्जुन
- कर्णबीर
- कर्म योद्दा
- भगवान सबैको
- स्वाभिमान
- चोर सिपाही
- मेरो राजेश दाई
- बागमती (चलचित्र)
- मुखोैटा
- सकुन्तला
फोटो ग्यालरी
सन्दर्भ सामग्रीहरू
- ↑ "Site of Rajesh Hamal", Rajeshhamal.org।
- ↑ "Simple and Private wedding for Mahanayak Hamal", The Himalayan Times, अन्तिम पहुँच जुन ८, २०१४।
- ↑ "Engagement Event of Rajesh Hamal", Dcnepallocalevent.com।
- ↑ "राजेश हमाल", Onlynepali.net।
- ↑ [१]
- ↑ राजेश_हमालले_मधुसँग औपचारिक_बिहे_गरे
बाह्य कडीहरू
![]() |
विकिमिडिया कमन्समा राजेश हमाल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
Full Biography of Rajash Hamal :- https://www.youtube.com/watch?v=JgtNhQ-rLy0