सामग्रीमा जानुहोस्

रामबहादुर रावल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामबहादुर रावल
मूल नाम
रामबहादुर रावल
जन्म११ डिसेम्बर १९८३
मार्तडी, बाजुरा, नेपाल
पेशापत्रकार
भाषानेपाली
विषयखोज पत्रकारिता र विश्लेषण

रामबहादुर रावल (अङ्ग्रेजी: Ram Bahadur Rawal) नेपाली पत्रकार तथा सञ्चार सल्लाहकार हुन्।[] उनी नेपालका प्रधानमन्त्री सुशीला कार्कीका प्रेस सल्लाहकारका रूपमा कार्यरत छन्।[] मन्त्रिपरिषदको निर्णयमार्फत उनी राज्यमन्त्री सरहको उक्त पदमा नियुक्ति भएका हुन्।[] उनले कैयौँ वर्ष नेपालका विभिन्न छापा तथा प्रशारण माध्यमका सञ्चारमाध्यममा संवाददाता एवं सम्पादकको भूमिका निर्वाह गरेका छन्।[]

उनी सुरुमा प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकका रूपमा नियुक्त भएर पछि मन्त्रिपरिषदको निर्णयमार्फत उनको प्रेस सल्लाहकारमा नियुक्त भएका थिए। त्यसअघि उनी नेपाल खबर अनलाइनका सम्पादक थिए। उनले विगतमा ग्यालेक्सी टेलिभिजन, कान्तिपुर पब्लिकेसन्सको नेपाल म्यागेजिन[], नेपाल एफएम ९१.८ रेडियो[] र दृष्टि साप्ताहिक[] मा काम गरेका थिए।

नेपालको माओवादी जनयुद्धपछिको शान्ति सङ्क्रमणकाल एवं संविधान सभाबाट नयाँ संविधान निर्माण प्रक्रिया सम्बन्धी विषयमा रावलले महत्त्वपूर्ण समाचार सामग्रीहरू लेखेका छन्। उनी नेपालको कर्मचारीतन्त्र, न्यायालय तथा संसदीय रिपोर्टिङमा खारिएका पत्रकारमध्ये मानिन्छन्।[]

उनलाई नेपालमा माओवादी जनयुद्धकालमा (सन् २००५) सञ्चार माध्यममाथि राज्यको दमन चलिरहेका बेला मार्तडी, बाजुरा मा परम्परागत देउडा नृत्यको समाचार सङ्कलन गरिरहँदा नेपाली सेनाका केही सैनिकले कुटपिट गर्दा उनको टाउको र आँखामा गम्मीर चोटपटक लागेको नेपाल पत्रकार महासङ्घ तथा अन्तर्राष्ट्रिय संघसंस्ठाले उल्लेख गरेका छन्।[][१०]

सम्मान र पुरस्कार

[सम्पादन गर्नुहोस्]

नेपाल बार एशोसिएसनले सन् २०१६ मा उनलाई कानुनी पत्रकारिता पुरस्कार प्रदान गरेको थियो ।[११][१२]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "प्रधानमन्त्रीको प्रेस सल्लाहकार रावल नियुक्त", GorakhaPatra, अन्तिम पहुँच २०२६-०१-२३
  2. "रामबहादुर रावल प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त", Naya Patrika (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०१-२३[स्थायी मृत कडी]
  3. नियुक्त, शिलापत्र संवाददाता :: प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल, "प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त", प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त (नेपालीमा), अन्तिम पहुँच २०२६-०१-२३
  4. नियुक्त, सिधाकुरा :: प्रधानमन्त्रीको प्रेस संयोजकमा राम रावल, "प्रधानमन्त्रीको प्रेस संयोजकमा राम रावल नियुक्त", प्रधानमन्त्रीको प्रेस संयोजकमा राम रावल नियुक्त, अन्तिम पहुँच २०२६-०१-२३
  5. nepalmag.com.np/author/रामबहादुर+रावल
  6. https://nfm.com.np/ अभिलेखिकरण २०१९-१०-३० वेब्याक मेसिन
  7. https://www.drishtinews.com/
  8. "Prime Minister Sushila Karki elevates Ram Rawal to the Role of Press Advisor", The Diplomat Nepal (नेपालीमा), २०२६-०१-१५, अन्तिम पहुँच २०२६-०१-२३
  9. https://nepalconflictreport.ohchr.org/html/incidents/2005-10-28_incident_bajura_nhrc-2010.html
  10. https://ifex.org/journalist-attacked-by-soldiers-government-stands-by-media-restrictions-radio-stations-defy-summons/
  11. https://ekantipur.com/news/2016/04/19/20160419202533.html
  12. https://www.onsnews.com/two-journalist-granted/ अभिलेखिकरण २०१९-१०-३० वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]