मार्तडी
मार्तडी | |
|---|---|
पूर्व गाविस | |
| निर्देशाङ्क: २९°२६′N ८१°२२′E / 29.44°N 81.36°E | |
| देश | |
| प्रदेश | सुदूरपश्चिम प्रदेश |
| जिल्ला | बाजुरा जिल्ला |
| क्षेत्रफल | |
| • जम्मा | ११४.७९ किमी२ (४४.३२ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ८,८०७ |
| • घनत्व | ७७/किमी२ (२००/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
मार्तडी बाजुरा जिल्लाको केन्द्रभाग (समुद्री सतहबाट उचाइ १५५३ मिटर)मा रहेको एक अर्धसहरी बस्ती एवम् सदरमुकाम हो। साविकमा यो एउटा गाउँ विकास समितिको नाम थियो। हाल यो बडीमालिका नगरपालिका अन्तर्गत पर्दछ। यो स्थान बाजुराको मुख्य प्रशासनिक तथा आर्थिक केन्द्र पनि हो।[१]
यसको साविकको १-२ नम्बर वडाहरू बडीमालिका नगरपालिकाको वडा नम्बर ७ हो भने ४-७ नम्बर वडाहरू वडा नम्बर ८ र ३,८,९ नम्बर वडाहरू वडा नम्बर ९ हो।
बाउलीगाड नामको एक सानो नदीको छेउमा अवस्थित मार्तडी उपत्यका शैलीको भौगोलिक अवस्थितिमा छ। बडिमालिका मन्दिर, रतुडा कैलाश र मष्टामाडुहरु यहाँका प्रमुख धार्मिक तथा सांस्कृतिक स्थल हुन् । भुवाचाली, अनन्ते, माडुहरुका पैठ आदि प्रमुख सांस्कृतिक उत्सवका रूपमा मनाइन्छ। यस्ता उत्सवहरूमा डेउडा र मागलहरु गाउने चलन छ। छैटी, पैठ र विवाहमा दमाहा, सहनाइ, नरसिंहा, कर्नाल, झ्याली आदि बाजा बजाएर नाचगान समेत गर्ने चलन छ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८८०७ रहेको थियो जसमध्ये ४७०६ पुरुष र ४१०१ महिला रहेका थिए भने यहाँ १९२० घरधुरी रहेको थियो।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तहहरू अनुसार बाजुरा जिल्लाको वस्तुगत विवरण २०७४", नेपाल सरकार रष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्याङ्क विभाग, २०२२-०३-०३। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०३-०३ मिति
- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।