सामग्रीमा जानुहोस्

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
नेपालको नक्सामा शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अवस्थित क्षेत्र
Lua error in package.lua at line 80: module 'Module:Infobox_dim/data' not found.
स्थाननेपाल
क्षेत्रफल२,७११.६६ किमी (१,०४६.९८ वर्ग माइल)
स्थापितसन् १९८४
परिचालक निकायराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय
शे-फोक्सुण्डो ताल

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो। यो राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको डोल्पा तथा मुगु जिल्लामा अवस्थित छ। यसको स्थापना कालको क्षेत्रफल ३,५५५ बर्ग किलोमिटर रहेको थियो । २०८२ भदौ १३ गतेबाट शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको भुभागको ९०६ बर्ग किलोमिटर क्षेत्रफल छायानाथ राष्ट्रिय निकुञ्ज (नेपालको १३‌ओ‌ राष्ट्रिय निकुञ्ज)लाई छुट्याइएको हुनाले यसको क्षेत्रफल २,६४९ बर्ग किलोमिटर रहेको छ । यो निकुञ्ज इ.सं. १९८४ मा स्थापना गरिएको हो। यस निकुञ्ज भित्र नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो ताल तथा एक ऐतिहासीक शे गुम्बा रहेका छन् र यिनीहरूकै नाम जोडेर यसको नामाकरण गरिएको हो।

यो निकुञ्जमा पाइने मुख्य जनावर दुर्लभ हिउँ चितुवा हो र अन्य स्याल, ब्वाँसो, फ्याउरो, झारल, घोरल, तथा लंगुर बाँदरहरू लगायतका जनावरहरू पाईन्छन्। अन्य लोपोन्मुख प्रजातिहरूमा खैरो ब्वाँसो, मस्क हिरण, निलो भेडा, गोराल, ठूलो तिब्बती भेडा, हिमालय तहर, चितुवा र हिमालय कालो भालु समावेश छन्। पंक्षीहरूमा डाँफे, कालिज आदि पाइन्छन्।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहयोगमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सन् २०१९ देखि २०२२ सम्म गरेको अध्ययनमा ९० वटा हिउँ चितुवाहरू, २.२१ हिउँ चितुवा प्रति १०० वर्ग किमीमा, भेटिएका थिए। यस पार्कमा ६ प्रजातिका सरीसृप, २९ प्रजातिका पुतली र २०० भन्दा बढी प्रजातिका चराहरू पाइन्छन् ।

यो निकुञ्जमा पाईने प्रमुख वनस्पतिहरू यस प्रकार छन् ː

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]