सामग्रीमा जानुहोस्

मकालु-बरूण राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मकालु-बरूण राष्ट्रिय निकुञ्ज
मकालु-बरूण राष्ट्रिय निकुञ्ज अवस्थित क्षेत्र
Lua error in package.lua at line 80: module 'Module:Infobox dim' not found.
स्थाननेपाल
क्षेत्रफल२,३३० किमी (९०० वर्ग माइल)
स्थापितसन् १९९२
परिचालक निकायराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय
नेपालको नक्सामा मकालु-बरुण राष्ट्रिय निकुञ्ज अवस्थित स्थान
माकालु-बरुणको रेपुक उपत्यकाको एक दृष्य

मकालु-बरुण राष्ट्रिय निकुञ्जको स्थापना बि. सं. २०४९ (सन १९९२)मा भएको हो, जसको नामाकरण मकालु हिमालको नामबाट गरिएको हो। यसको प्रशासनिक तथा ब्यबस्थापनका कार्य नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट हुने गर्छ भने सहयोगिको रूपमा द माउन्टेन ईन्टिच्युटस The Mountain Institute's initiative (संरक्षित क्षेत्र तथा समुदाय विकासलाई समाहित गराई लग्ने नविन संरक्षण नमुना)ले कार्य गर्दै आएको छ।

अरुण नदीको छेउछाउका उष्ण जंगल देखि हिमालयको उच्च भाग सम्म फैलिएको मकालु-बरुण राष्ट्रिय निकुञ्ज बिश्वको सबैभन्दा अग्लो स्थानमा रहेको संरक्षीत क्षेत्र हो, जुन समुन्द्री सतहबाट ८,००० मिटरको उचाईमा अवस्थित छ। मकालु-बरुण राष्ट्रिय निकुञ्ज २३,३० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएकोछ। यस निकुञ्ज भित्र मकालु हिमाल (८,४६३ मिटर) बिश्वको पन्ध्रौ अग्लो हिमाल, चाम्लाङ्ग हिमाल (७,३१९ मिटर) नेपालको चौँथो अग्लो हिमाल, बरुन्त्से हिमाल (७,१२९ मिटर), मिरा पिक (Mera Peak) ( ६,६५४ मिटर) लगायतका हिमालहरू रहेकाछन।

वनस्पति तथा वन्यजन्तुहरू

[सम्पादन गर्नुहोस्]

वन्सपतिका अधिक बिभिदताका कारण परिचित यस मकालु-बरुण राष्ट्रिय निकुञ्जमा २५ प्रजातिका लाली गुराँसहरू, ४७ प्रजातिका अर्किड (Orchid) तथा ५६ अन्य दुर्लभ प्रजातिका वनस्पतिहरू पाइन्छन्। साथै यस निकुञ्जमा हिउँ चितुवा, कस्तुरी मृग, बँदेल लगायतका दुर्लभ वन्यजन्तुहरू पाईने गर्छन।

‍‍ सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
  1. मकालु-बरुण राष्ट्रिय निकुञ्ज अभिलेखिकरण २००९-१०-३१ वेब्याक मेसिन नेपाल सरकार वन तथा भु-संरक्षण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]