दीपेन्द्र वीर विक्रम शाह
(दिपेन्द्र वीर विक्रम शाह बाट पठाईएको)
Jump to navigation
Jump to search
दीपेन्द्र वीर विक्रम शाह | |
---|---|
![]() | |
नेपालका राजा | |
शासनकाल | वि.सं. २०५८ जेष्ठ १९-२१ |
पुर्वाधिकारी | वीरेन्द्र वीर विक्रम शाह |
उत्तराधिकारी | ज्ञानेन्द्र शाह |
राजकिय वंश | शाह वंश |
पिता | वीरेन्द्र वीर विक्रम शाह |
माता | रानी ऐश्वर्य राज्यलक्ष्मी शाह |
जन्म | नारायणहिटी दरवार, नेपाल | २७ जुन १९७१
मृत्यु | ३ जुन २००१ सैनिक अस्पताल, काठमाडौँ, नेपाल | (२९ वर्ष)
धर्म | हिन्दु |
दीपेन्द्र वीर विक्रम शाह (नेपालका तेह्रौँ राजा हुन् । उनी सम्भवतः विश्वकै सबैभन्दा छोटो समय राजा हुने व्यक्ति हुन्। दरवार हत्याकाण्डपछि यिनी अर्धमृत अवस्थामा राजा घोषित गरिएका थिए त्यसको तेस्रो दिन यिनलाई मृत घोषित गरियो। दरवार हत्याकाण्डको जाँचबुझ गर्न बनेको आयोगको रिपोर्ट अनुसार सो हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य लगायत राजपरिवारका प्रमुख व्यक्तिहरूलाई यिनैले गोली चलाएका थिए भन्ने निष्कर्ष निकालेको थियो। दीपेन्द्र नेपालका राजा वीरेन्द्र र रानी ऐश्वर्यका जेठा छोरा थिए। यिनी अविवाहित अवस्थामा नै मारिए।