त्रिभुवन शाह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
त्रिभुवन शाह
नेपालका तत्कालीन राजा
Tribhuvan Bir Bikram Shah.jpg
राजा त्रिभुवन वीर विक्रम शाह
शासनकाल वि. सं १९६८- वि.सं २०११ फाल्गुन ३०
११ डिसेम्बर १९११ – १३ मार्च १९५५ (२००७ कार्तिक २५ देखि फाल्गुन ७ सम्म निर्वासित )
राज्याभिषेक १९६९ फागुन २०
२० फेब्रुअरी १९१३
पुर्वाधिकारी पृथ्वी वीर विक्रम शाह
उत्तराधिकारी महेन्द्र वीर विक्रम शाह
जीवनसाथी कान्ति राज्यलक्ष्मी देवी शाह
इश्वरी राज्यलक्ष्मी देवी शाह
पुरा नाम
श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेव
दरबार नारायणहिटी दरवार
वंश शाह वंश
पिता पृथ्वी वीर विक्रम शाह
आमा दिव्यश्वरी लक्ष्मी देवी शाह
जन्म १९६३
(१९०६-०६-३०)३० जुन १९०६
काठमाडौं, नेपाल
मृत्यु २०११ फाल्गुन ३०
१३ मार्च १९५५(१९५५-०३-१३) (४८ वर्ष)
जुरीक, स्विजरल्याण्ड
धर्म हिन्दू

त्रिभुवन शाह नेपालका आठौं शाहवंशीय राजा थिए। नेपालको राणा शासन हटाउनका लागि यिनले भित्री रूपमा राणा विरोधी आन्दोलनलाई सहयोग गरेका थिए। त्यसै क्रममा राजगद्दी छाडेर भारतीय दुतावासमा शरणमा गएका थिए। यिनी २०११ सालसम्म नेपालको राजा रहे।

राजा त्रिभुवन

२००७ सालको क्रान्ति[सम्पादन गर्ने]

नेपाली काङ्ग्रेसको असोज ११—१२, २००७ सालमा बैरगनियामा भएको सम्मेलनले राणा शासन विरुद्ध सशस्त्र क्रान्ति गर्ने निर्णय ग¥यो । २१ कार्तिक २००७ मा क्रान्तिको घोषणा भयो । यसै समयमा राजा त्रिभुवनले पनि यस क्रान्तिलाई सहयोग गर्ने गरी कार्तिक २३ गते सपरिवार भारतीय विमानद्वारा दिल्ली प्रस्थान गरे । तात्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले त्रिभुवनका चार वर्षीय माहिला नाति ज्ञानेन्द्रलाई गद्दी आरोहण गराए ।

दिल्ली सम्झौता[सम्पादन गर्ने]

देशभर क्रान्तिको दावानल दन्किन थाल्यो। राणाहरूको उपस्थिति काठमाडौंमा मात्र सीमित रहन पुग्यो । स्थिति भयावह र प्रतिकूल भएपछि मोहन शमशेरले भारतलाई मध्यस्थता गर्न अनुरोध गरे ।

वार्ताका लागि आफ्ना छोरा विजय शमशेरलाई दिल्ली पठाए । तात्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा राणा, नेपाली काङ्ग्रेस र राजा त्रिभुवनबिच १२ फेबु्रअरी १९५१ (१ फागुन २००७) मा त्रिपक्षीय दिल्ली सम्झौता भयो ।

दिल्ली सम्झौताका मुख्य सर्तहरू[सम्पादन गर्ने]

(क) जनताद्वारा निर्वाचित विधान सभाले संविधान निर्माण गर्ने

(ख) १० जना (५ नेपाली काङ्ग्रेस र ५ राणाहरू) सदस्य रहेका अन्तरिम मन्त्री मण्डल गठन गर्ने

(ग) श्री ३ मा निहित भएका सबै अधिकार राजालाई सुम्पिने र वैधानिक राजा त्रिभुवन नै हुने

(घ) फौजदारी अभियोग लागेका बाहेक अरू राजबन्दीलाई बिनासर्त रिहा गर्ने

(ङ) आन्दोलनकारीहरूले सरकारलाई आफ्ना हतियारहरू बुझाउनुपर्ने र आन्दोलन रोक्नुपर्ने ।

तत्पश्चात् राजा त्रिभुवन फागुन ४ मा नेपाल फर्के र २००७ साल फागुन ७ गतेको शाही घोषणामा प्रजातन्त्र स्थापना भएको घोषणा गरे । यसरी १०४ बर्से राणा शासनको अन्त्य भयो र प्रजातन्त्र प्राप्त भयो ।

राजा त्रिभुवन एवम् ३ पुत्रहरू सन् १९३२ मा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]

पूर्वाधिकारी
पृथ्वी वीर विक्रम शाह
नेपालको राजा
त्रिभुवन शाह
उत्तराधिकारी 
महेन्द्र वीर विक्रम शाह