त्रि-चन्द्र कलेज
त्रि-चन्द्र बहुमुखी क्याम्पस | |
Former name | त्रिभुवन चन्द्र इन्टरमिडियट क्याम्पस |
|---|---|
| प्रकार | Public |
| स्थापना | बि.सं १९७५ सन् १९१८ |
मातृ संस्था | त्रिभुवन विश्वविद्यालय |
| Principal | Sunil Adhikari |
| स्थान | घण्टाघर, काठमाडौं , , |
| भाषा | नेपाली, अङ्ग्रेजी |
| वेबसाइट | trichandracampus |

त्रि-चन्द्र बहुमुखी क्याम्पस, त्रि-चन्द्र क्याम्पस को नाममा प्रख्यात, त्रिभुवन विश्वविद्यालय को एक आंगिक क्याम्पस हो। यो काठमाडौं घण्टाघर सँगै जोडिएर रहेको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालामा वि.सं. १९७५ मा नेपालको पहिलो उच्च शिक्षा दिने संस्था त्रिचन्द्र कलेजको स्थापना भएपछि नै नेपालमा विधिवत उच्च शिक्षाको इतिहास आरम्भ भएको हो। तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्र शमशेरको पालामा शिलान्यास भएबाट स्थापनाताका यस संस्थाको काम 'त्रिभुवन चन्द्र कलेज' भएता पनि वि.सं. १९८१ बाट यसलाई 'त्रिचन्द्र कलेज' मात्र भन्न थालियो। २०३० को 'नयाँ शिक्षा' पछि त यस ऐतिहासिक क्याम्पसको नाम 'त्रिभुवन क्याम्पस' हुन पुगेको छ।
वि.सं. १९७६ भदौ ५ बाट विधिवत त्रिचन्द्रमा आई. ए. र आई.एस्सी. को अनि वि.सं. १९८१ देखि विए र २००४ सालदेखि वी.एस्सी. को पठनपाठन शुरु भएको हो। तर २०१६ सालमा नेपालको आफ्नै विश्वविद्यालय नखुल्दासम्म यस त्रिचन्द्रको सम्बन्धन पटना विश्वविद्यालयसँग रहेकोले नेपाली विद्यार्थीहरूको परीक्षा लगायत यथावत शैक्षिक औपचारिकता सोही विश्वविद्यालयबाट हुन गयो। जेहोस् यस त्रिचन्द्र कलेजले पुस्कर सम्शेर जवरा, बालकृष्ण शमशेर, सुवर्ण शमशेर लक्ष्मीप्रसाद देवकोटा, शङ्करदेव पन्त, डिल्लीरमण रेग्मी, यदुनाथ खनाल, गोपालप्रसाद रिमाल, राम राज पन्त, तुलसीलाल अमात्य, गङ्गालाल श्रेष्ठ, गिरिजाप्रसाद कोइराला, महेशचन्द्र रेग्मी, लिलानटेश्वर 'बराल' , भूवनलाल जोशी, कमलमणि आदि र मोहम्मद मोहसिन जस्ता प्रखर एवं मेधावी विद्यार्थीहरूको उच्च शिक्षाको प्रस्थान विन्दु यही त्रिचन्द्र रहृयो।