ऋषिकेश शाह

ऋषिकेश शाह | |
---|---|
राजसभा स्थायी समितिका सभापति | |
कार्यकाल २०२० मंसिर २२ [१] – २०२१ आषाढ २१ [२] | |
शासक | राजा महेन्द्र |
पूर्वाधिकारी | कुँवर इन्द्रजित सिंह |
उतराधिकारी | - |
व्यक्तिगत विवरण | |
जन्म | १९८२ पाल्पा [३] |
मृत्यु | वि.सं २०५९ कार्तिक २७ काठमान्डू |
राजनीतिक पार्टी | नेपाली कांग्रेस परित्याग |
आमा | रानी मदन दिव्येश्वरी शाह[४] |
पिता | भिरकोटे राजा तारक बहादुर शाह |
चिनारीको कारण | संयुक्त राष्ट्रसङ्घको नेपाल प्रथम स्थायी प्रतिनिधि |
ऋषिकेश शाह नेपालका पूर्वमन्त्री हुन्। यिनी २०१७ पुष १मा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला लाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मन्त्री भएका थिए।
प्रारम्भिक जीवन[सम्पादन गर्ने]
ऋषिकेश शाह भिरकोटे राजा र जनरल प्रतापशमशेरकी छोरी मदनदिव्येश्वरीका पुत्र थिए। घर र मावल दुवै राजघराना भएकाले त्यसको असर ऋषिकेशको व्यक्तित्वमा पर्यो । उनले दार्जिलिङको सेन्ट रोबर्ट्स हाइस्कुलबाट म्याट्रिक गरेर पटना विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा र इलाहावाद विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरे ।
अध्ययनसँगै जागिरे जीवनको खुड्किलो चढ्न पनि पारिवारिक पृष्ठभूमिले ऋषिकेशलाई साथ दियो । श्री ३ महाराज जुद्धशमशेरको अनुग्रहबाट उनले त्रि-चन्द्र कलेजमा अध्यापन सुरु गरे । पद्मशमशेरले सत्तामा आएपछि उनलाई त्रिचन्द्र कलेजमा वार्षिक १८ सय रुपैयाँ तलबसहितको नियुक्ति दिए । शनिबारको दिन पद्मशमशेरलाई पत्रपत्रिका पढेर सुनाउने अतिरिक्त जिम्मेवारी पनि पाए । पद्मशमशेरलाई प्रसन्न बनाएबापत वार्षिक २४ सय रुपैयाँ पाउने गरी ‘चिफ इन्सपेक्टर अफ स्कुल्स’ को जिम्मेवारीमा पदोन्नति भए [५] ।[६]
वृत्ति[सम्पादन गर्ने]
राजा महेन्द्रले उनलाई टपक्क टिपेर संयुक्त राष्ट्रसङ्घको प्रथम स्थायी प्रतिनिधिमा सिफारसि गरेका थिए। संयुक्त राष्ट्रसङ्घको स्थायी प्रतिनिधि हुँदै उनी अर्थमन्त्री र राजसभा स्थायी समितिको सभापतिमा मनोनीत भए। २०१७ सालको घटनाताका उनी तेस्रो महत्त्वपूर्ण ओहदामा थिए। २०१९ सालको संविधान पनि उनकै अध्यक्षतामा निर्माण भएको थियो।[७] [८] पछी राजा महेन्द्रले ऋषिकेश शाहलाई राजसभाको साधारण सदस्यसमेत नरहने गरी सभापतिबाट बर्खास्त नै गरे।
राजनीति प्रवेश[सम्पादन गर्ने]
नेपाली कांग्रेसबाट राजनीति थालेका शाह पछि पञ्चायत प्रवेश गरेका थिए । भारतीय संस्थापनसँग नजिक भएपछी शाहको पछि राजा मेहन्द्रसँग दूरी बढेको थियो ।[९]
संयुक्त राष्ट्र सङ्घ[सम्पादन गर्ने]
उनी संयुक्त राष्ट्रसङ्घको प्रथम स्थायी प्रतिनिधि थिए। सन् १९६० ताका अमेरिकी म्यागेजिन 'टाइम'को मुखपृष्ठमा संयुक्त राष्ट्र सङ्घका महासचिवका सम्भावित चार उम्मदेवारका तस्बिर छापियो । जसमा एक नेपाली कूटनीतिज्ञ हृषिकेश शाह थिए ।
सन् १९६१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घका महासचिव ड्याग होमरसोल्डको विमान दुर्घटनामा निधन भयो । त्यो दुर्घटनाको छानबिन गर्न आयोग बनेको थियो । छानबिन समितिको अध्यक्ष शाहलाई बनाइएका थिए । २०१७ सालमा निर्वाचित सरकारको विघटन र संसदीय पद्धति समाप्त भएको बाह्र दिनपछि राजा महेन्द्रले उनलाई संयुक्त राष्ट्रसङ्घको स्थायी प्रतिनिधिबाट फिर्ता बोलाउँदै अर्थमन्त्री बनाएका थिए ।[१०]
नेपाल मानव अधिकार सङ्गठन[सम्पादन गर्ने]
नेपाल विश्व सम्बन्ध परिषद[सम्पादन गर्ने]
वैवाहिक जीवन[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ २०२० मंसिर २२ नेपाल राजपत्र
- ↑ २०२१ आषाढ २१ नेपाल राजपत्र
- ↑ ऋषिकेश शाह
- ↑ PM pays respects to Shaha
- ↑ (ऋषिकेश शाह, प्रारब्ध र पुरुषार्थ, सन् २०१४, पृ. ५३)
- ↑ बहुरंगी हृषीकेश
- ↑ नेपाल साप्ताहिक- सुन्दरप्रसाद शाह 'दुःखी'
- ↑ MEETING WITH THE AMBASSADOR OF NEPAL, RISHIKESH SHAHA, 11:05AM
- ↑ अन्नपूर्णपोस्ट
- ↑ हृषिकेशका क्रमभंग कथा