सुरेन्द्र वीरविक्रम शाह
सुरेन्द्र विक्रम शाह | |
---|---|
नेपालका राजा | |
शासनकाल | वि.सं. १९०४ बैशाख ३१ – १९३८ जेठ ०६ |
राज्याभिषेक | वि.सं. १९०४ बैशाख ३१[१] |
पूर्वाधिकारी | राजेन्द्र विक्रम शाह |
उत्तराधिकारी | पृथ्वी वीर विक्रम शाह |
जन्म | वि.सं. १८८६ कार्तिक ०६ वसन्तपुर, नेपाल |
मृत्यु | वि.सं. १९३८ जेठ ०६ (५१ वर्ष) वसन्तपुर, नेपाल |
वंश | शाह वंश |
बाबु | राजेन्द्र विक्रम शाह |
आमा | साम्राज्य लक्ष्मी देवी शाह |
धर्म | हिन्दु |
श्री ५ सुरेन्द्रको जन्म वि.सं. १८८३ आश्विन २० गते श्री ५ राजेन्द्रका पुत्रका रूपमा भएको थियो । यिनलाई सानै उमेरमा राजप्रतिनिधिको रूपमा राजगद्दीमा राखेर उनका पिता श्री ५ राजेन्द्र विक्रम शाह काशी गए । भनिन्छ एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मानिसलाई असाध्यै दुःख दिएका थिए । श्री ५ राजेन्द्र काशीमा बस्दा षड्यन्त्र गरेको अभियोमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले श्री ५ राजेन्द्रलाई सत्ताच्युत गरी वि.सं. १९०४ वैशाख ३ गतेका दिन जबर्जस्ती यिनलाई जंगबहादुरले राजसिंहानसमा बसाए । पञ्जापत्र बनाई सम्पूर्ण अधिकार श्री ५बाट श्री ३ मा सारी शुरूका दिनमा बेलायती र राणाहरू विरूद्ध रहेका यी राजापछि असहाय भए र वि.सं. १९३८ मा यिनको निधन भयो ।
प्रारम्भिक वर्ष
[सम्पादन गर्नुहोस्]युवराज सुरेन्द्र सन्की स्वभावका थिए । आमा साम्राज्य लक्ष्मी देवी शाहको मृत्युपछी एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मानिसलाई असाध्यै दुःख दिएका थिए । जङ्ग बहादुर कुँवर उनको अङरक्षक रहदा जङ्ग ले साहसिक र खतरनाक आदेशहरू पालना गर्नु पर्यो । उनले त्रिसुलि नदिमा घोडा सहित कुद्ने, धरहराबाट हाम फाल्ने, बाह्र वर्षे इनारमा हामफाल्ने जस्ता आदेश मान्नु परेको थियो ।
रानी राज्यलक्ष्मीदेवी युवराज सुरेन्द्रलाई हटाएर आफ्ना छोरा राजकुमार रणेन्द्रलाई राजा बनाउन चाहन्थिन् । प्रधानमन्त्री माथवर सिंह थापाले युवराज सुरेन्द्रको हत्या गर्न अस्विकार गरे पछि उनकै भान्जा जंगबहादुरद्वारा उनको हत्या गराइन् ।
उनलाई राजा बन्नबाट रोक्ने रानीको प्रयासकै कारणले माथवर सिंह थाप मुख्तियार बन्नु, माथवरसिंहको हत्या हुनु, गगनसिंह र रानीको सम्बन्ध नजिकिनु, गगनसिंह हत्या, कोत पर्व, भण्डारखाल पर्व जस्ता घटनाहरू घटे ।
नानी महाराज
[सम्पादन गर्नुहोस्]जेठी महारानी साम्राज्यलक्ष्मीको मृत्युपछि युवराजधिराजको उग्र स्वभाव बढ्दै गएकोमा राजा श्री ५ राजेन्द्रबाट वि.सं. १८९९ मा "नानी महाराजधिराज" पदवी दिई उनको चित्त बुझाउन शासनमा सरिक गराए। त्यो कार्यबाट भारदारहरूलाई कसको आज्ञा पालन गर्ने श्री ५ को, श्री ५ नानी महारजको वा श्री ५ कान्छी महारानीको ? भन्ने जटिल समस्या प्रशासनमा आइपर्यो। त्यही वर्षको पौषमा महिनामा भारदारहरूले सल्लाह गरी श्री ५ युवराजधिराजको अत्याचारको सिकायत श्री ५ राजेन्द्र सामु गरे। त्यतिले पनि केही असर नपरेकाले भारदारहरूले जुलुस गरी हनुमानढोका राजदरबारमा पुगी राज्यको अधिकार एकै जनाका हातमा राख्नुपर्ने लिखित विन्तिपत्र चढाए। तदनुसार श्री ५ राजेन्द्रले वि सं १८९९ (५ जनवरी) का दिन आफूले समेत श्री ५ महारानी राज्यलक्ष्मीदेवीको आज्ञा पालन गर्ने गरी सम्पूर्ण राजकीय अधिकार कान्छी रानीलाई समर्पण गरे। त्यसमा महारानीलाई पूर्ण अधिकार दिँदै केवल राजपरिवारलाई सजाय गर्न नपाउने कुरा थियो।[२][३]
राज प्रतिनिधि
[सम्पादन गर्नुहोस्]राज्याविषेक
[सम्पादन गर्नुहोस्]वि.सं. १९०४ वैशाख ३१ गते जङबहादुरले श्री ५ राजेन्द्रलाई पदच्युत गरी श्री ५ सुरेन्द्रलाई गद्दीमा राखे (ई. १२ मे १८४७)। वि.सं. १९०४ आश्विनमा श्री ५ सुरेन्द्रको पदलाई इष्ट इन्डिया कम्पनीले मान्यता गर्यो (ई. अक्टोबर १, १८४७)[४]
अलौ पर्व
[सम्पादन गर्नुहोस्]मृत्यु
[सम्पादन गर्नुहोस्]वि.सं. १९३८मा जेठ ६ मा यिनको निधन भयो । यिनका नाति बालक युवराज श्री ५ पृथीवीरविक्रम शाह नेपाल अधिराज्यको राजसिंहासनमा राखिए। यसको करिब दुई महिना पछि नजरबन्दमा राखिएका उनका पिता राजा राजेन्द्रको १९३८ श्रावण ३० मा मृत्यु भयो।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Royal Ark
- ↑ Padma Jang (१९८०), Life of Jang Bahadur, Ratna Pustak Bhandar, पृ: ३६, आइएसबिएन 99933-2-406-X।
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २१८, आइएसबिएन 99933-2-406-X।
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २३८, आइएसबिएन 99933-2-406-X।
- ↑ बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: २२८, आइएसबिएन 978-9937-665-40-7।