साम्राज्य लक्ष्मी देवी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रानी साम्राज्य लक्ष्मी देवी
बडामहारानी
नेपाल
Coat of Arms of Shah dynasty.gif
जीवनसाथीराजा राजेन्द्र
सन्तानसुरेन्द्र विक्रम शाह
अधि राजकुमार उपेन्द्र
पुरा नाम
साम्राज्य लक्ष्मी देवी
Dynastyशाह वंश (विवाह)
पिताबाबु प्रभु शाह
माताचौराशी कुमारी देवी
जन्मचिल्वा, गोरखपुर, भारत
मृत्युवि.सं. १८९९ भदौ
हेटौडा, नेपाल
धर्महिन्दु

साम्राज्य लक्ष्मी देवी राजा राजेन्द्रको जेठी रानी, नेपालको बडामहारानी थिइन् । उनी राजा सुरेन्द्र र अधिराजकुमार उपेन्द्रको आमा पनि हुन ।

साम्राज्य लक्ष्मी वि.सं. १८९६ देखि १८९९ वास्तविक शासक थिइन् । उनी काशी तर्फ जाँदा हेटौंडामा औलोको कारण १८९९ भदौ असोजमा मृत्यु भयो ।

राजनीतिक जीवन[सम्पादन गर्ने]

मुख्तियार भीमसेन थापाले सबै राजकीय अधिकार लिएकाले उनी क्रोधित थिइन् । उनले मुखियारसंग भएका सबै अधिकार लिन राजा राजेन्द्रलाई उकसाइन। यिनले पाण्डेहरुलाई सहयोग गरि भीमसेन थापाको पतन गराइन् ।[१]

भीमसेन थापाको पतन[सम्पादन गर्ने]

वि सं १८९४ साउन ११ गते महारानी साम्राज्यलक्ष्मीदेवीको कान्छा छोराको बिरामी भई निधन भयो । त्यो कुरालाई षड्यन्त्र मा मुछी पाँडेखलकले भीमसेन थापाको निर्देशनमा एकदेव वैद्यले श्री ५ बडामहारानीका निम्ति तयार पारेको जहर मिलाएको जडिबुटी भूलले कान्छा राजकुमारलाई पर्दा मृत्यु भएको प्रचार गरियो । त्यही अपराधमा त्यस औषधि काण्डसँग सम्बन्धित भीमसेन थापाका समर्थकहरूलाई नेल हालियो ।

भीमसेन थापाको पतन पछि रणजङ पाण्डे सैनिक प्रमुखको पदमा बसे । नेपालमा कम्पनी अङ्ग्रेज फिरङ्गी विरोधी धारणा खूब बढ्यो । त्यही बेला सोमेश्वर किल्ला गौँडा कुरेका नेपाली सिपाहीहरू बडो अधैर्यसाथ बृटिश भारत अधीनका रामनगरका ९१ गाउँहरू लुट गरि फर्के । रणजङ पाँडे नै सैनिक प्रमुखको पदमा बसेका हुनाले श्री ५ राजेन्द्रले बृटिश भारतीयको दबाबमा रणजङको भरदारी खारेज गराए ।

छोराको लागि गद्दी माग[सम्पादन गर्ने]

मुख्तियार रणजङ पाण्डेलाई बर्खास्त गरेपछी महरानी राजासँग रुष्ट भइन् । उनी छिटोभन्दा छिटो श्री ५ राजेन्द्रलाई गद्दीच्युत गरि आफ्ना छोरा सुरेन्द्र लाई श्री ५ महाराज बनाउन चाहन्थिन् ।

रणजङको बर्खास्त भएपछी पाण्डेहरूले जेठी महारानी र युवराज सुरेन्द्रलाई उक्साउन थालेका थिए । केही जोर नचलेपछी काशी जान भनी जेठी महारानी काठमाडौबाट हिँडिन् । कम्पनी सरकारले उनलाई अनुमतिपत्र, राहदानी नदिएकाले पुनः काठमाडौ फर्किन् । आफ्ना छोरालाई राजा बनाउने प्रस्ताव उनले राजा समक्षा राख्दा राजाबाट मञ्जुरी नहुँदा नेपाल दरबारमा राजा र रानीको बीचमा रडाको चल्न थाल्यो ।

मृत्यु[सम्पादन गर्ने]

उनी काशी तर्फ जाँदा हेटौंडामा औलोको कारण १८९९ भदौ असोजमा मृत्यु भयो ।

अधिल्लो
गोरक्ष राज्य लक्ष्मी देवी
नेपालको महारानी
वि.सं. १८७३–१८९८
पछिल्लो
राज्यलक्ष्मी देवी

सन्दर्भ[सम्पादन गर्ने]

  1. सामान्य ज्ञान : भीम राना जिज्ञासु