साम्राज्य लक्ष्मी देवी
रानी साम्राज्य लक्ष्मी देवी | |||||
---|---|---|---|---|---|
बडामहारानी नेपाल | |||||
जन्म | चिल्वा, गोरखपुर, भारत | ||||
मृत्यु | वि.सं. १८९९ भदौ हेटौडा, नेपाल | ||||
जीवनसाथी | राजा राजेन्द्र | ||||
सन्तान | सुरेन्द्र विक्रम शाह अधि राजकुमार उपेन्द्र | ||||
| |||||
Dynasty | शाह वंश (विवाह) | ||||
बाबु | बाबु प्रभु शाह | ||||
आमा | चौराशी कुमारी देवी | ||||
धर्म | हिन्दु |
साम्राज्य लक्ष्मी देवी राजा राजेन्द्रको जेठी रानी, नेपालको बडामहारानी थिइन् । उनी राजा सुरेन्द्र र अधिराजकुमार उपेन्द्रको आमा पनि हुन ।
साम्राज्य लक्ष्मी वि.सं. १८९६ देखि १८९९ वास्तविक शासक थिइन् । उनी काशी तर्फ जाँदा हेटौँडामा औलोको कारण १८९९ भदौ असोजमा मृत्यु भयो ।
राजनीतिक जीवन
[सम्पादन गर्नुहोस्]मुख्तियार भीमसेन थापाले सबै राजकीय अधिकार लिएकाले उनी क्रोधित थिइन् । उनले मुखियारसंग भएका सबै अधिकार लिन राजा राजेन्द्रलाई उकसाइन। यिनले पाण्डेहरूलाई सहयोग गरी भीमसेन थापाको पतन गराइन् ।[१]
भीमसेन थापाको पतन
[सम्पादन गर्नुहोस्]वि सं १८९४ साउन ११ गते महारानी साम्राज्यलक्ष्मीदेवीको कान्छा छोराको बिरामी भई निधन भयो। त्यो कुरालाई षड्यन्त्र मा मुछी पाँडेखलकले भीमसेन थापाको निर्देशनमा एकदेव वैद्यले श्री ५ बडामहारानीका निम्ति तयार पारेको जहर मिलाएको जडिबुटी भूलले कान्छा राजकुमारलाई पर्दा मृत्यु भएको प्रचार गरियो । त्यही अपराधमा त्यस औषधि काण्डसँग सम्बन्धित भीमसेन थापाका समर्थकहरूलाई नेल हालियो।
भीमसेन थापाको पतन पछि रणजङ पाण्डे सैनिक प्रमुखको पदमा बसे। नेपालमा कम्पनी अङ्ग्रेज फिरङ्गी विरोधी धारणा खूब बढ्यो। त्यही बेला सोमेश्वर किल्ला गौँडा कुरेका नेपाली सिपाहीहरू बडो अधैर्यसाथ बृटिश भारत अधीनका रामनगरका ९१ गाउँहरू लुट गरी फर्के। रणजङ पाँडे नै सैनिक प्रमुखको पदमा बसेका हुनाले श्री ५ राजेन्द्रले बृटिश भारतीयको दबाबमा रणजङको भरदारी खारेज गराए।
छोराको लागि गद्दी माग
[सम्पादन गर्नुहोस्]मुख्तियार रणजङ पाण्डेलाई बर्खास्त गरेपछी महरानी राजासँग रुष्ट भइन् । उनी छिटोभन्दा छिटो श्री ५ राजेन्द्रलाई गद्दीच्युत गरी आफ्ना छोरा सुरेन्द्र लाई श्री ५ महाराज बनाउन चाहन्थिन् ।
रणजङको बर्खास्त भएपछी पाण्डेहरूले जेठी महारानी र युवराज सुरेन्द्रलाई उक्साउन थालेका थिए । केही जोर नचलेपछी काशी जान भनी जेठी महारानी काठमाडौबाट हिँडिन् । कम्पनी सरकारले उनलाई अनुमतिपत्र, राहदानी नदिएकाले पुनः काठमाडौ फर्किन् । आफ्ना छोरालाई राजा बनाउने प्रस्ताव उनले राजा समक्षा राख्दा राजाबाट मञ्जुरी नहुँदा नेपाल दरबारमा राजा र रानीको बीचमा रडाको चल्न थाल्यो ।[२]
मृत्यु
[सम्पादन गर्नुहोस्]उनी काशी तर्फ जाँदा हेटौँडामा औलोको कारण १८९९ भदौ असोज २२ मा[३] मृत्यु भयो ।
पूर्वाधिकारी | नेपालको महारानी वि.सं. १८७३–१८९८ |
पछिल्लो राज्यलक्ष्मी देवी |
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ सामान्य ज्ञान : भीम राना जिज्ञासु
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २१६, आइएसबिएन 99933-2-406-X।
- ↑ अब यस्तो कहिल्यै नहोस् बाबुराम आचार्य: परिच्छेद ५ ; दुई सालको घटना