औलो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
औलो
Malaria.jpg
लामखुट्टेको र्यालमा प्लाज्मोडियम
वर्गीकरण तथा बाह्य सामग्रीहरू
विभाग Infectious disease[*]
आइसिडी-१० B50.-B54.
आइसिडी-९ सिएम 084
ओएमआइएम २४८३१०
डिजिज-डिबी ७७२८
मेडलाइन प्लस ०००६२१
इ-मेडिसिन med/१३८५ emerg/305 ped/1357
प्यासेन्ट युके औलो
एमई-एसएच C03.752.250.552

औलोलाई अङ्ग्रेजीमा मलेरिया भनिन्छ। यो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो। मानिस तथा अन्य केही जनावरहरूलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ।[१] औलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखिन्छन्। यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ। लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ। औलोको राम्रोसँग उपचार गरिएन भने केही महिनापछि दोहोरिन पनि सक्छ।[१] एक पटक औलो लागेको केही समयपछि पुन दोहोरियो भने दोस्रो पटमा केही हल्का लक्षणहरू देखिन्छन्। यदि निरन्तर रूपमा औलोका कीटाणुहरूको सम्पर्कमा नरहने हो भने यो रोग लागेपछि मानव शरीरले प्राप्त गर्ने प्रतिरोध क्षमता केही महिना वा वर्षमा हराएर जान्छ।[२]

प्रायजसो यो रोग सङ्क्रमित पोथी एनफिलिज लामखुट्टेका कारणले सर्ने गर्दछ। लामखुट्टेले टोकेपछि औलोको परजीवी त्यसको र्याल हुँदै मानिसको रगतमा पुग्छ।[१] त्यसपछि यो परजीवी कलेजोमा पुग्छ र वयस्क हुँदै सन्तान उत्पादन गर्छ। प्लाज्मोडियम समूहका पाँच प्रजातिहरूले मानिसमा रोगको सङ्क्रमण गराउँछन् भने तिनीहरू एक मानिस हुँदै अन्य मानिसहरूमा पनि सर्न सक्छन्। विश्वभर प्लाज्मोडियम फाल्सिपारमका कारणले सबैभन्दा बढी मानिसको मृत्यु भएको पाइन्छ। प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको सङ्क्रमण गराउँछन्।[१][२] त्यस्तै अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा बिरलै रोगको सङ्क्रमण गराउने गरेको पाइन्छ। औलोको पहिचान गर्न रगतको नमुनालाई सुक्ष्मदर्शक यन्त्रले हेर्ने वा एन्टिजेनमा आधारित र्यापिड डाइग्नोस्टिक परीक्षण गर्ने गरिन्छ।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ "Malaria Fact sheet N°94". March 2014. http://www.who.int/mediacentre/factsheets/fs094/en/. अन्तिम पहुँच मिति: 28 August 2014. 
  2. २.० २.१ २.२ Caraballo H (2014). "Emergency department management of mosquito-borne illness: Malaria, dengue, and west nile virus". Emergency Medicine Practice 16 (5).