भीमसेन थापा

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
श्री मुख्तियार जेनरल
भीमसेन थापा
Bhimsen-thapa-painting.jpg
भीमसेन थापा, नेपालको मुख्तियार (प्रधानमन्त्री सरह) १८०६ देखि १८३७ सम्म

कार्यकाल
१८०६ – १८३७
शासक : गीर्वाणयुद्ध विक्रम शाह
राजेन्द्र विक्रम शाह
अग्रज : रणबहादुर शाह
मुख्तियारको रूपमा
उतराधिकारी : रणजंग पाण्डे
व्यक्तिगत जानकारी
जन्म (१७७५-०८-००)अगस्ट १७७५
बोर्लाङको पीपल थोक गाउँ, गोरखा जिल्ला, नेपाल
मृत्यु ५ अगस्ट १८३९(१८३९-०८-०५) (६४ वर्ष)
भीम मुक्तेश्वर, काठमाडौं, नेपाल
राष्ट्रियता नेपाली
बच्चा ललिता देवी पाण्डे, जनक कुमारी पाण्डे, र दीर्घ कुमारी पाण्डे[१]
Military service
निष्ठा  नेपाल
सेवा/शाखा नेपाली सेना
क्रम प्रधान सेनापति
Commands नेपालका सेनापतिहरू
युद्ध नेपाल अंग्रेज युद्ध

भीमसेन थापा (सन् १७७५ - सन् १८३९) नेपालको दोस्रो तथा सबैभन्दा लामो समय सम्म पदमा रहेका नेपालका मुख्तियार (प्रधानमन्त्री सरह) तथा नेपालका राष्ट्रिय विभूति हुन् ।

वाल्यकाल[सम्पादन गर्ने]

भीमसेन थापाको जन्म वि.सं. १८३२ नौ गतेका दिन गोरखाको बोर्लाङको पीपल थोक गाउँमा भएको थियो | थापा काजी अमरसिंह थापा र सत्यरूपा मायाका जेठा छोरा थिए ।[२] ब्रतबन्धको क्रममा सर्वप्रथम भीमसेन थापाको भेट रणबहादुर शाहसँग भएको थियो । त्यसबेला उनको उमेर १० बर्षको थियो । एकै उमेरमा साह र थापाको मित्रताको आधारमा त्यसै बेलामा तयार भएको हो । उनको बाल्यकाल गोर्खामा निकै सुखमय रुपमा बितेको थियो । उनको पढाईको व्यवस्था त्यस बेलाको परिस्थिति अनुरुप मिलाइएको थियो ।

उपलब्धि[सम्पादन गर्ने]

बनारसको बसाईको बेला उनले बेलायती साम्राज्यको नजीकबाट अध्ययन गरे। राजा नेपाल फर्केपछि उनी नेपालका प्रधानमन्त्री भए। त्यस पछि उनले ३१ वर्ष सम्म ६ राजाहरूको अन्तरगत प्रधानमन्त्रीको रूपमा काम गरे। उनले १८१६मा इष्ट इण्डिया कम्पनीका बिरूद्ध लडाईको घोषणा गरे। विभिन्न कारणहरूले गर्दा त्यस युद्धमा नेपालको हार भयो। युद्धपछि पनि उनले १३ वर्ष सम्म शासन गरे। त्यस बेलामा उनले थुप्रै सैनिक, कानूनी, सामाजिक तथा आर्थिक सुधारहरू गरे। सैनिकलाई युरोपेली शैलीमा आधुनिकिकरण गरियो। थुप्रै समाजिक कुरितीहरू हटाए। सार्वजनिक प्रशासनमा सुधारहरू गरे। धरहरा, सुन्धारा, बागदरवार, टेकु पुल, थापाथली पुल आदि निर्माण गराए। विश्वका विभिन्न भागमा प्रभुत्व बढाउदै गएको बेलायती साम्राज्यवादको विरूद्ध लड्न एसियाली जनएकताको आहृवान गर्ने उनी निकै दूरदर्शी कूटनीतिज्ञ पनि थिए। महान् पूर्वजहरूले सुरू गरेको नेपाल एकीकरणलाई अगाडि बढाएर यिनले नेपालको सीमालाई चारैतिर बढाए। १८६२ मा काजी र त्यसपछी मूलकाजी र जनरल भएका भिमसेन थापाले साम्राज्यवाद विरुद्ध अनवरत संघर्ष गरेर नेपालको सिमाना सतजलसम्म पुर्याएका थिए भने यिनकै पालामा पाल्पालाई नेपालमा गाभिएको थियो । सेनाको आधुनिकीकरण, राहदानी प्रथाको सुरूआत, अनेकौं सामाजिक सुधार र विकास निर्माणको कार्य गर्न लगाए।

सामाजिक सुधार[सम्पादन गर्ने]

  • कमारा कमारी राख्न नपाउने व्यबस्था
  • नेवारहरूको चाडमा खर्चको सिमा तोक्ने काम
  • नाप तौलमा सुधार र ब्याजदरमा निर्धारण गर्ने काम
  • हुलाकको व्यबस्था
  • विबाह प्रथामा सुधार जस्तै सानिमा बेहोर्ने प्रथा
  • जग्गालाई हले, पाटे, कोदालेको आधारमा अभिलेख राख्ने व्यबस्था

प्रशासनिक सुधार[सम्पादन गर्ने]

  • घुस लिन नपाउने व्यबस्था
  • राहदानी वितरणको व्यबस्था
  • सेना, जर्नेल, कर्नेल,क्यप्टन आदिपदको सिर्जना
  • सेना,प्रहरीलाई आधुनिक प्रसिक्षण दिने व्यबस्था
  • छाउनी र ब्यारेकको व्यबस्था

मृत्यु[सम्पादन गर्ने]

विसं १८९४ असार ५ गते भिमसेन थापाबाट फौजी तैनाथी खोसियो भने अर्को महिना उनलाई पदबाट हटाइएको थियो। थापालाई पदच्युत गरिएपछि पाँडे समूहका नाइके रणजंग पाँडेले मुलुकको शासन व्यवस्थामा प्रभाव पार्नलागे। [३] भारदारहरूबीचको गुटवन्दी र दरबारिया षड्यन्त्रमा परेर उनलाई जेलनेलसहित अनेकौ यातना दिई थुनामा राखियो। वि. सं.१८७१/७२ मा अंग्रेजसँगको युद्धमा पराजित र १८७३ मा भएको सुगौली संन्धी पश्चात तथा १८९४ मा राजकुमार देबेन्द्रको हत्याको अभियोग तथा दरवारिया षड्यन्त्रले गर्दा आफ्नो अपमान सहन नसकी यिनले अन्ततः वि.सं. १८९६मा आत्महत्या गरे। उनका बिरोधीहरू पाण्डे तथा बस्न्यातहरूका कारण उनले पदत्याग गरेका हुन। भीमसेन थापा प्रधानमन्त्री जंगबहादुर राणाको आमा पट्टिको हजुरबुबा थिए। आफ्नो हजुरबुबाको मृत्युको बदला उनले लिएर नेपालमा राणा शासनको सुरूवात गरे।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Paudel, Punya Prasad (2006), Aatreya dekhi Paudel samma, Paudel Society for Cultural Promotion, p. 101 
  2. Pradhan 2012, p. 22.
  3. प्राचिन नेपाल (पृष्ठ-३२ ), बैसाख २०६३, पुरातत्व विभाग

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]