बम शाह
बम शाह वा ब्रम्ह शाह नेपालका प्रशासक थिए। उनी नेपाल-अङ्ग्रेज युद्धमा कुमाउँका बडाहाकिम थिए।
उनी राजा रणबहादुर शाहका अङ्गरक्षक समेत थिए। वि.सं. १८६३ को वैशाख १४ गते रातीको त्रिभुवन खवासको घरमा बसेको भारदारी कचहरीमा शेरबहादुर शाहले रणबहादुर शाहलाई तरबार प्रहार गरे। बम शाह र बालनरसिंह कुँवरले शेरबहादुर शाहलाई ढाले र घिच्रो रेटे।[१]
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]उनको जन्म वीरवह शाहका छोराको रूपमा भयो। उनी श्री श्री श्री श्री महाराज अधिराजकुमार चन्द्ररुप शाहका नाति र गोरखाका राजा पृथ्वीपत्ति शाहका पनाति हुन्। उनका भाइहरू.दिलिप शाह, हस्तीदल शाह र रूद्रवीर शाह हुन्। बम शाह विसं १८१२ मा जन्मेका हुन् भन्ने कुरा उस बेलाका केही भारदारहरूको जन्म संवत् टिपिएको एउता कागतबाट थाहा पाइन्छ। यो कागत लक्ष्मीपती पाँडेको परम्पराको हो।
नेपाल अङ्ग्रेज युद्ध
[सम्पादन गर्नुहोस्]उनी सन् १८०० मा मन्त्री थिए। सन् १८१४-१८१६ मा कुमाउँका बडाहाकिम बने। युद्धमा भाइ हस्तीदल मारिएपछि पीडाले आघात वृद्ध बम शाहले समर्पण गरे। त्यसपछि एक चिठ्ठी पश्चिम किल्लाका सर्वोच्च कमान्डर अमरसिंह थापालाई पठाए।[२]
आत्मसमर्पण
[सम्पादन गर्नुहोस्]युद्ध पश्चात
[सम्पादन गर्नुहोस्]महाकाली देखि पश्चिम पट्टिका किल्लाहरू शत्रुलाई सुम्पेर बम शाह फिरेको समाचार काठमाडौँ मा आइपुग्दा श्री ५ महाराज गीर्वाणयुद्ध र भीमसेन थापा आदी भारदारहरूका दिलमा बडो आघात पर्न आयो। बम शाह र अमरसिंह थापाले बडो इमानदारी सँग युद्ध सञ्चालन गर्दा पनि हार भएको हो भन्ने यिनीहरूलाई बोध भएको हुनाले ती सेनापतिहरू देखि अप्रसन्न थिएनन्। तर बम शाह र भीमसेन थापाका बीचमा व्यक्तिगत दोष थियो। यस कारणले शत्रुलाई कुमाउँ प्रदेश छाडेर आएको अपराध लगाई भीमसेन थापाले मेरो ज्यान लिने श्री ५ गीर्वाण को आज्ञा पाठाउलान् भन्ने बम शाह को दिलमा भय पैदा भयो। यस कारणले काठमाडौँबाट मेरा कामको समर्थन भएर पत्र नआएसम्म महाकाली वार रहन पाउँ भनी कर्णेल गार्डनर सँग भन्दा मन्जुरी दिए। यतिमात्र होइन, "यदि तपाइँका ज्यानमा धक्का दिने कुरा भीमसेन थापाले गरे भने डोटी दखल गरेर त्यहाँका राजा बन्नुहोस्" भन्ने सल्लाह दिई माइराको अनुमति पनि दिलाए। यो खबर चामु भण्डारीबाट भीमसेन थापाले पाए।
वास्तवमा भीमसेन थापाले बम शाहको कामलाई उचितै ठहर्याएका थिए। यस कारणले श्री ५ गीर्वाणयुद्ध का भाकाबाट उनको कामको समर्थन गरी डोटीका हाकिम गरिदिएका हुनाले उनी डडेलधुरामा बसे। अमरसिंह थापा र बम शाहका बीचमा पनि व्यक्तिगत वैरभाव हुनाले बम शाह सँग भेताघट नगरी डोटी, प्युठान र पाल्पाको बाटो गरी अमरसिंह थापा काठमाडौँ तिर लागे।[३]
सन्तान
[सम्पादन गर्नुहोस्]उनका श्री चौतारिया दक्ष शाह, मोहन वीर शाह, नीर भञ्जन शाह र भक्तकेशर शाह गरी चार छोरा थिए।
कलाकार शर्मिला मल्ल उनकै वंशज हुन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २०२, आइएसबिएन 99933-2-406-X।
- ↑ http://www.nepalarmy.mil.np/history.php?page=two>
- ↑ महेशराज पन्त; दिनेशराज पन्त (२०५० बैशाख), पूर्णिमा वर्ष २१, अङ्क ४, संशोधन मण्डल, पृ: ४०।