दिनेशराज पन्त
दिनेशराज पन्त | |
---|---|
जन्म | वि.सं. २००६ कार्तिक ३ वटु सवल बहाल, काठमाडौँ |
पेशा | प्राध्यापन इतिहासकार |
उल्लेखनीय कार्य | इतिहास संशोधन मण्डल |
जीवनसाथी | माला पन्त |
सन्तान | मनस्वी पन्त यशस्वी पन्त तेजस्वी पन्त |
मातापिता | नयराज पन्त बुधकुमारी पन्त |
आफन्त | महेशराज पन्त दाजु |
इतिहासविद दिनेशराज पन्त संशोधन मण्डल नामक नेपाली इतिहास अध्ययन गर्ने एक समूहका सदस्य र यसको इतिहास–प्रधान त्रैमासिक पत्रिका पूर्णिमाका एक सम्पादक हुन् ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]पन्तले आफू ५ वर्षको छँदा नै मातृवियोग सहन बाध्य भए । तर पनि विद्वत् परिवारमा जन्मेका कारणले धेरै कष्टसाध्य जीवन गुजारेर पनि सफल इतिहासकार बनी छाडे ।
कृतिहरू[१]
[सम्पादन गर्नुहोस्]- नेपालको इतिहासका केही पाना,
- लिच्छविकालमा चलेका संवत्,
- गोरखाको इतिहास,
- बुद्धदेखि पहलमानसम्म,
- इतिहासका कुरा (भाग १ देखि ४ सम्म १३०० पृष्ठको)
- श्री ५ पृथ्वीनारायण शाहको विषयमा केही कुरा,
- श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेश,
- धादिङमा फेला परेको नेपाली कविता,
- श्री ५ त्रिभुवनको राज्यारोहण, संक्षिप्त वंशावली आदि गहन अनुसन्धात्मक इतिहासका खोज–ग्रन्थहरु प्रकाशित गराएका छन् ।
त्यस्तै यिनले अरु मित्रहरूको सहयोगमा श्री ५ पृथ्वीनारायण शाहको उपदेश, वृत्तशतक (मूहुर्त ग्रन्थ), सुमतितन्त्र (प्रथम भाग), कालचक्रको ज्योतिष भाग र त्यसको विवेचना (प्रथम भाग), संस्कृत विद्वत्सम्मेलन संस्मरण ग्रन्थ (प्रथम भाग), नेपाली लिपिको समीक्षात्मक अध्ययन (अंग्रेजी), नेपालको इतिहासका विविध पक्ष आदि महत्त्वपूर्ण ग्रन्थहरु प्रकाशित गरेका छन् । साथै ४ सय जति फुटकर इतिहासका लेखरचना सार्वजनिक गरेका छन् ।[२]
नेपाल प्रज्ञा–प्रतिष्ठान :प्रमुख, सामाजिक शास्त्र विभाग
[सम्पादन गर्नुहोस्]नेपाल प्रज्ञा–प्रतिष्ठानको मिति २०७५ पौष २४ गते बसेको प्राज्ञ परिषद्को तेस्रो बैठकद्वारा प्रज्ञा–प्रतिष्ठान अन्तर्गत दिनेशराज पन्त सामाजिक शास्त्र विभाग प्रमुख बने ।
सामाजिक शास्त्र विभाग
प्रा. दिनेशराज पन्त | प्रमुख |
प्रा.डा.त्रिरत्ननारायण मानन्धर | सदस्य |
प्रा.डा. मदनकुमार दाहाल | सदस्य |
प्रा.डा. प्रेमकुमार खत्री | सदस्य |
श्री हिरण्यलाल श्रेष्ठ | सदस्य |
श्री तुलसीप्रसाद उप्रेती | आमन्त्रित सदस्य |
श्री मोदनाथ प्रश्रित | सल्लाहकार |
सम्मान
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ Monographs
- ↑ "व्यक्तिवृत्त: इतिहासका विम्ब दिनेशराज पन्त", newsofnepal, अन्तिम पहुँच ३० असार २०७५, शनिबार।