डोटी जिल्ला
डोटी जिल्ला | |
|---|---|
शैलेश्वरी मन्दिर | |
डोटी जिल्ला | |
| देश | |
| प्रदेश | सुदूरपश्चिम प्रदेश |
| सदरमुकाम | दिपायल सिलगढी |
| सरकार | |
| • प्रकार | जिल्ला समन्वय समिति |
| • अङ्ग | जिल्ला समन्वय समिति, डोटी |
| क्षेत्रफल | |
| • जम्मा | २,०२५ किमी२ (७८२ वर्ग माइल) |
| जनसङ्ख्या (२०७८) | |
| • जम्मा | २०५६८३[१] |
| समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
| भाषाहरू | नेपाली • डोटेली भाषा |
डोटी जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा जिल्ला हो। सिलगढी सदरमुकाम भएको यस जिल्लाले २,०२५ वर्ग किलोमिटर (७८२ वर्ग माइल) क्षेत्रफल ओगटेको छ। डोटी जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र वैतडी, उत्तरमा बझाङ र दक्षिणमा कैलाली र कञ्चनपुर जिल्लाहरू रहेका छन्।
इतिहास
[सम्पादन गर्नुहोस्]बाइसे-चौबिसे राज्यकालमा बाइसे राज्य भन्दा परको विशाल तथा शक्तिशालि मानिएको रैका राज्य या डोटी राज्य पूर्वमा कर्णाली नदी पश्चिममा रामगङ्गा (कुमाउँ) उत्तरमा ठाकुरजी देखि दक्षिणमा तराईसम्म फैलिएको थियो। डोटीमा दुई राजवशको राज्य स्थापित थियो | जसमध्ये कत्युरी र जुम्ला नागराजका वंशजका रैका राजा थिए। डोटीका शासक कत्युरवंशी (कत्युरी राजवंश)का राजा सुभिक्षराज सन् (१०४५-१०६५) डोटीका अतिरिक्त अल्मोडा र गढवालका समेत शासक थिए। कत्युरी राजाको वंशजलाई बि.स १४२० पश्चातको युद्दमा रैका राजाले विजय गरेपछि डोटी बि.स १४४१ पछि रैका राजाको राज्यको रूपमा परिचित/चर्चित बन्यो। डोटीका राजालाई महाराजाधिराको उपाधिको स्थानीय नाउ रैकाज्यू भनिन्थ्यो। यहाका रैका राजवंशको राज्य बि.स १४४१ पछि रैका राजा दीपशाहीको पालामा कप्तान रणवीर खत्रीको नेतृत्वमा गएको नेपाली फौजले डोटीमाथि आक्रमण गरी विसं १८४७ सालमा विशाल नेपाल राष्ट्र अन्तर्गत बिजय गरेको थियो। राणाकालमा प्रशासनिक केन्द्रको रूपमा तोकिएको डोटी गौंडाको नियन्त्रणमा अछाम, बाजुरा बझाङ, जुम्ला र बैतडी थिए।
भूगोल
[सम्पादन गर्नुहोस्]डोटी जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र वैतडी, उत्तरमा बझाङ्ग र दक्षिणमा कैलाली र कंचनपुर जिल्लाहरू रहेका छन्। २०२५ बर्ग किमिमा फैलिएको यो जिल्ला २८० ५४' उत्तर देखि २९० ५४' उत्तर अक्षांश र ८०० ३०' पूर्वदेखि २१० १४' पूर्वी देशान्तरसम्म फैलिएको छ। भौगोलिक दृष्टिले अत्यधिक विविधता भएको यो जिल्ला उचाइको दृष्टिले ३०० मिटर (घाङल गा वि स को पिपलकुण्टा ) देखि ४००० मिटरसम्म फैलिएको भए तापनि यसको अधिकांश भू-भाग भने ३०० मिटर देखि २००० मिटरको उचाइ क्षेत्रमा पर्दछ। अर्थात उत्तरमा उच्च हिमाली क्षेत्र देखि दक्षिणमा चुरे पर्वत शृङ्खलासम्म फैलिएको यो जिल्लाको अधिकांस भू-भाग भने मध्य पहाडी क्षेत्रमा नै पर्दछन। यस जिल्लामा खप्तड लेक,सकार लेक,महाभारत लेक तथा गोलेदेउ लेक जस्ता उच्च पहाडी स्थानका साथै दिपायल,वानेडुग्रीसैन तथा नारीदाङ्ग जस्ता अर्ध उष्ण हावापानी भएका नदी किनारामा अवस्थित समथल भू-भाग पनि रहेका छन्।[२]
हावापानी
[सम्पादन गर्नुहोस्]यस जिल्लाको भू-बनोट असमान उचाइ र विविध धरातलिय स्वरूप भएको कारण हावापानीमा निकै विषमता छ। यस जिल्लाको ६०% भू-भाग समशितोष्ण,१७% भू-भाग अर्द्योष्ण र २३% भू-भाग शीत प्रदेशमा पर्दछ। भू-वनोटीय उचाइमा भएको विविधताको कारण यँहाको हावापानी तथा जलवायुमा पनि विविधता पाइन्छ। यहाँ खासगरी समशितोष्ण देखि शितोष्ण हावापानी पाइन्छ। सन् १९७६-८६सम्मको सिलगढी स्टेशनको रेकर्ड अनुसार यँहाको वार्षिक औषत वर्षा १,३४७ मिलिमिटर पाइएको छ। जिल्लाको वर्षैभरि हुने वर्षाको वितरण एकनाशको पाइदैन। हिउँदमा कम वर्षा हुन्छ भने करीब ७०% वर्षा जुन देखि सेप्टेम्बर महिनामा हुन्छ। त्यस्तै सिलगढी स्टेशनको रेकर्ड अनुसार अत्यधिक तापक्रम ३६.३ डिग्री सेन्टिग्रेड (मे १९९७) र न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेड (जनवरी १९८५) रेकर्ड गरिएको छ।
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]जिल्लामा ९ नगरपालिका छन्, जसमध्ये २ नगरपालिका र ७ गाउँपालिका छन्।[३]

चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]- डोटी जिल्लाको खेतका फाँट
- गडसेरा गाउँ
- डोटी जिल्लाको गडसेरा गाउँमा प्रयोग भएको पानी घट्ट
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०७८", केन्द्रीय तथाङ्क विभाग, माघ २०७८, अन्तिम पहुँच १७ चैत २०७९। अभिलेखिकरण २०२२-०२-०६ वेब्याक मेसिन
- ↑ "संङ्क्षिप्त परिचय", डोटी जिल्ला विकास समिति। अभिलेखिकरण २०१७-०८-२४ वेब्याक मेसिन
- ↑ "डोटी जिल्लाको परिचय", सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डोटी, अन्तिम पहुँच १७ चैत २०७९।