सामग्रीमा जानुहोस्

शिखर नगरपालिका

निर्देशाङ्कहरू: २९°१६′N ८०°५२′E / 29.26°N 80.87°E / 29.26; 80.87
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिखर
शिखर is located in सुदूरपश्चिम प्रदेश
शिखर
शिखर
नक्सामा शिखर नगरपालिका
शिखर is located in नेपाल
शिखर
शिखर
शिखर (नेपाल)
निर्देशाङ्क: २९°१६′N ८०°५२′E / 29.26°N 80.87°E / 29.26; 80.87
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडोटी
सरकार
 • नगरप्रमुखदीर्घबहादुर बलायर (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखसुनिता रावल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२५८.३७ किमी (९९.७६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३०,३९९
 • घनत्व१२०/किमी (३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९४
केन्द्रसाविकको पचनाली गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

शिखर नगरपालिका नेपालको डोटी जिल्लामा अवस्थित एक नगरपालिका हो।[][] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७५३ वटा स्थानीय तह लागू गरेपछि डोटी जिल्लामा पर्ने साविकका कपल्लेकी, मुँडेगाउँ, मुडभरा, तिजाली, पचनाली, लाटामाण्डौ, जिजोडमाण्डौ, बगलेकबारपाटागाउँ विकास समितिहरूलाई जोडेर शिखर नगरपालिका बनाइएको हो।[] यस नगरपालिकाको कूल क्षेत्रफल २५८.३७ वर्गकिलोमिटर रहेको छ। यस नगरपालिकाको कार्यालय साविकको पचनाली गाविसको कार्यालयमा राखिएको छ। यस नगरपालिकालाई ११ वटा वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको सिमाना पूर्वमा दिपायल सिलगढी नगरपालिकाके.आई.सिंह गाउँपालिका, पश्चिममा डडेलधुरा जिल्ला, उत्तरमा दिपायल सिलगढी नगरपालिकाआदर्श गाउँपालिका तथा दक्षिणमा जोरायल गाउँपालिकासँग जोडिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शिखर नगरपालिकाको कुल जनसङ्ख्या ३०,३९९ रहेको छ भने यहाँ ७,०१६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  5. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  6. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]