सामग्रीमा जानुहोस्

खोटाङ जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खोटाङ जिल्ला
प्रसिद्ध तीर्थस्थल हलेसी महादेवको दृश्य
प्रसिद्ध तीर्थस्थल हलेसी महादेवको दृश्य
खोटाङ जिल्लाको अवस्थितिको अवस्थिति
खोटाङ जिल्लाको अवस्थिति
स्थानीय तहको निकाय भएको खोटाङ जिल्लाको अवस्थिति
स्थानीय तहको निकाय भएको खोटाङ जिल्ला
निर्देशाङ्क: २७°१२′उ ८६°४७′पू / 27.200°N 86.783°E / 27.200; 86.783
देश नेपाल
प्रदेशकोशी प्रदेश
स्थापनावि.सं २०१८
सदरमुकामदिक्तेल
सरकार
  प्रकारसमन्वय समिति
  अङ्गजिसस, खोटाङ
क्षेत्रफल
  जम्मा१,५९१ किमी (६१४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१७५,२९८
  घनत्व११०/किमी (२९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपाली समय)
टेलिफोन कोड०३६
मुख्य भाषा(हरू)नेपाली
चाम्लिङ
मगर
वेबसाइटddckhotang.gov.np

खोटाङ जिल्ला नेपालको कोशी प्रदेश मा अवस्थित एक पहाडी जिल्ला हो।

जिल्लाको इतिहास

[सम्पादन गर्नुहोस्]

एकिकरण गरी बृहद नेपाल बनाउनुपूर्व, दुधकोशी देखि अरुण सम्मको किराँतीहरूको बस्ती भएको माझकिराँत वा खम्वुवान क्षेत्रको नामले प्रसिद्ध थियो। यो भू-भागको मुख्य प्रशासन चौदण्डीगढीका सेन वंशी राजाबाट सञ्चालित थियो भने पहाडका स-साना गढी र थुमहरूमा किराँती राजाहरूले राज्य गर्दथे। चौदण्डीगढीका सेन राजाकै शासनकालमा खोटाङ्गमा राईलाई स्वशासन दिएका थिए। विभिन्न समयमा किराँती राजा र सेन राजाको विच मतभेद र कलह भइरन्थ्यो। यसको फाइदा उठाइ पृथ्वीनारायण शाहले नेपालको एकिकरणको पछिल्लो समयमा यो क्षेत्र माथि विजय गरेका थिए।

राणाकालिन समयमा नेपाललाई ३५ जिल्लामा विभाजन गरीएको थियो। यस समयमा हालको खोटाङको विच भागमा पर्ने साप्सु खोलाको सिमाना बनाइ पूर्व ३ नम्वर र पूर्व ४ नम्वर क्षेत्रको ओखलढुङ्गा र भोजपुर गौडाले शासन गर्दथ्यो। स्थानीय तहमा भने मझुवा, आमचोक, खोटाङ्ग, छुलुवार, सावा, दिप्लुङ, चुइचुम्मा, रतन्छा, खाम्तेल, हलेशी र रावाथुम प्रशासनिक एकाई कायम थियो। विशाल क्षेत्र भएकोले साप्सु दक्षिणमा खोटाङ्ग इलाका अदालत र ऐशेलुखर्क इलाका अदालत स्थापना गरी न्याय प्रशासनका अतिरिक्त जग्गा रजिस्ट्रेशन गर्ने काम पनि गर्न थालियो।

बिसं २०१८ साल वैशाख १ गते नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिदा तत्कालिन खोटाङ्गद्वारा हेरिने आम्चोक र सिक्तेल थुम भोजपुरले हेर्ने र रावापारिका क्षेत्र सोलुखुम्बुले हेर्ने र बाँकी क्षेत्र खोटाङ्गले हेर्नेगरी खोटाङ्गबजारलाई सदरमुकाम बनाएर खोटाङ्ग जिल्ला पनि एक जिल्ला कायम गरियो। त्यसबेला यस जिल्लाको मध्य भागबाट बहने साप्सुखोला देखि उत्तरतर्फ २३ गाउँ पञ्चायत र दक्षिणतर्फ २२ गाउँ पञ्चायत रहेका थिए। तत्कालिन संविधान बमोजिम एक गाउँ पाचायतबाट एक जना जिल्ला सभा सदस्य चुनिन पाउने कानुनी प्राबधान भएकोले जिल्ला सभामा स्वतहः साप्सु उत्तरको बहुमत रह्यो। तत्कालिन पहिलो जिल्ला सभाको बैठकले नै खोटाङ्गमा रहेको सरकारी अड्डा अदालत दिक्तेलमा स्थानान्तरण गर्न सरकारसँग माग गर्न बहुमतले निर्णय गर्र्‍यो। खोटाङ्गमा रहेको जिल्ला पञ्चायत र शिक्षा प्रशासन हेर्ने काम वि.सं. २०२० सालमा दिक्तेलमा सारी विधिवत रूपमा खोटाङ्ग जिल्लाको सदरमुकाम दिक्तेलमा सारियो। २०२२ सालमा तत्कालिन सरकारले खोटाङ्ग अदालत दिक्तेलमा र ऐशेलुखर्क अदालत सोलुसल्लेरीमा सार्ने निर्णय गर् यो भने तत्पश्चात खोलिएका कार्यालयहरू क्रमशः दिक्तेलमा नै स्थापना भएका हुन्।

नेपालको संविधान तेस्रो संसोधन २०३२ले खोटाङ्गको सिमाना पुनः हेरफेर गरी भोजपुर जिल्लाका वोपुङ, भाज्याङ्गखर्क, काहुले तथा सोलु जिल्लाको बाकाचोल, पारा, जलेश्वरी, महेश्वरी, धारापानी, डुम्रे, दुवे, माक्पा, बाङ्गदेल, राखा, ऐंशेलुखर्क, बादेल, दिप्सुङ, लगायत पन्ध्र गाउँ पञ्चायत खोटाङ्गमा गाभिन गई हालको क्षेत्र तथा सिमाना कायम हुन गएको हो। यसरी बिस्तार भएको क्षेत्र नै हालसम्मको खोटाङ्ग जिल्ला रहेको छ।

जिल्लाको नामाकरण

[सम्पादन गर्नुहोस्]
खोटाङ जिल्ला सदरमुकाम दिक्तेलको एक दृषय

कुनै समय यो भू-भाग किराँती राजा "खोटे" द्वारा शासित कोटको रूपमा थियो र उनकै नामबाट खोटाङ्गकोट हुदै "खोटाङ्ग" नाम रहन गएको किम्वदन्ती छ। अर्को एक जनश्रुती अनुसार हाल खोटाङ बजार रहेको स्थान वरपर प्रशस्त खोटे सल्लाहरू पाइनेहुनाले यस क्षेत्रलाई खुटा भन्न थालियो यस क्षेत्रले त्यसबेला हालको खुटा भन्ने स्थान मात्र नभएर अरु बढी क्षेत्र ओगटेको थियो। यस क्षेत्रमा त्यसवेला "हाङ्ग" नाम गरेका प्रतापी राजा राज्य गर्दथे। उनकै नामबाट पछि "खुटाका हाङ्ग" राजा भन्दै "खुटाहाङ्ग" र अन्त्यमा "खोटाङ्ग" शव्दको उत्पति भई यस जिल्लाको नाम "खोटाङ" रहन गएको भन्ने भनाई पनि रहेको छ।

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा २ नगरपालिका, ८ गाउँपालिका गरि १० वटा स्थानीय तहहरू रहेका छन्।[]

खोटाङ जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग
किमी)
जनघनत्व (वर्ग
किमी)
हलेसी तुवाचुङ नगरपालिका बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार, बडहरे, दुर्छिम, मङ्गलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खौलेराजापानी ११ दुर्छिम २७,०७८ २८०.१७ ९७
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल, बाम्राङ, लफ्याङ, खाल्ले, खार्मी, चिउरीडाँडा, जाल्पा, निर्मलीडाँडा, विजयखर्क, बुईपा, नुनथला, नेर्पापाथेका १५ दिक्तेल बजार ४३,००८ २४६.५१ १७०
ऐसेलुखर्क गाउँपालिका ऐसेलुखर्क, जलेश्वरी, ज्यामिरे, वाकाचोल, महेश्वरी, माक्पाराखावाङदेल ऐसेलुखर्क १३,२१७ १२५.९३ १००
केपिलासगढी गाउँपालिका फेदी, खार्तम्छा, बासपानी, बाक्सिला, सप्तेश्वर, राखादिप्सुङसुङदेल बाक्सिला १३,२३१ १९१.२८ ६९
खोटेहाङ गाउँपालिका ईन्द्रेणी पोखरी, खोटाङ बजार, चिप्रिङ, वडकादियाले, लिकुवापोखरी, लिच्की रामचे, वाप्लुखा, सावाकटहरेसिम्पानी खोटाङ बजार १६,८४६ १६४.०९ १००
जन्तेढुङ्गा गाउँपालिका काहुले, चिसापानी, डमर्खुशिवालय, दिप्लुङ, देवीस्थानवोपुङ चिसापानी १२,०१६ १२८.६२ ९३
दिप्रुङ चुइचुम्मा गाउँपालिका छितापोखरी, डाँडागाउँ, टेम्मा, बतासे, याम्खा, छोरम्बुसान्तेश्वर छितापोखरी याङसोलाटार १६,३०५ १३६.४८ १२०
बराहपोखरी गाउँपालिका पौवासेरा, फाक्टाङ, बराहपोखरी, मौवाबोटे, साउनेचौरसुन्तले बाघखोर भञ्ज्याङ ११,३९७ १४१.०६ ८१
रावा बेसी गाउँपालिका कुभिण्डे, खार्पा, हौँचुर, लामिडाँडा, दुवेकोलडाँडाडुम्रे धारापानी कुभिण्डेको हरमटार ११,१९९ ९७.४४ ११०
१० साकेला गाउँपालिका खिदिमा, च्यानडाँडा, मात्तिमविर्तारतन्छा मानेभञ्ज्याङ ९,६२३ ७९.९९ १२०
खोटाङ जिल्लाका पूर्व गाविसहरूको नक्सा

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]
  • अक्षांस — २६० ५०’ देखि २७० २८’ उत्तर
  • देशान्तर — ८६० २६’ देखि ८६० ५९’ पूर्व
  • औसत उचाइ १५२ मीटर देखि ३६२० मीटर सम्म
  • औसत हावापानी :– ठण्डा शितोष्ण र समशितोष्ण
  • औसत तापक्रम :– अधिक्तम ३० देखि न्युनतम ५ सम्म
  • वार्षिक वर्षा:- १४८ मि.मी. (सदरमुकाममा )

केही महत्त्वपूर्ण डाँडाकाँडा

[सम्पादन गर्नुहोस्]

मैंयु २०४६ मी., टयम्के ३००५ मी, मेरुङ्ग ३३४३ मी.

रमिते डाँडा मंगलटार, नागी डाडा बिजयखर्क,पन्चकन्या देबि डाडा माला, चुच्चे डाँडा र माहुरे देविस्थान डाँडा ( बुईपा ), मुडे डाँडा (नुनथला),

खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल हो।पहिले दिक्तेल नगरपालिका थियो भने अहिले दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिकाको सदरमुकाम हो।

पूर्वमा भोजपुर, पश्चिममा ओखलढुङ्गा, उत्तरमा सोलुखुम्बु, दक्षिणमा उदयपुर

राजनीतिक बिभाजन

[सम्पादन गर्नुहोस्]
  • निर्वाचन क्षेत्र संख्या:- २
  • इलाका:- १३
  • गा.वि.स.:- ७६ छोरम्बु , राजापानी,डाडा गाउँ, बतासे, सप्तेस्वर,चिसापानी, फेदि,मंगलटार बिजयखर्क
  • न‍.पाः २ दिक्तेल रुपाकोट मझुवागढी न‍पा र हलेसी तुवाचुङ न‍पा‍
  • गा‍.पा.ः ८ रावाबे‌ंसी, केपिलासगढी, एे‌ंसेलुखर्क, साकेला, दिप्रुङ, बराहापोखरी, खोटेहाङ, जन्तेढुंगा गा.पा.

प्रमुख पर्यटकीय स्थल

[सम्पादन गर्नुहोस्]

यस जिल्लाका मुख्य पर्यटकिय स्थलहरूमा बराहापोखरी, हलेसी महादेवस्थान, ट्याम्केडाँडा, मेरुङ डाँडा र सेल्मेडाँडा, आदी पर्दछन। यसका साथै हलेसीमलाथुम्की, तुवाचुङ जायजुम, मुढे डाँडा, रूपाकोट डाँडा, मझुवा गढी, ताराखसे डाँडा र सहदेउ गढी आदि स्थल पनि पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थलका रूपमा रहेका छन्। यसका साथै दिक्तेल रुपाकोट माझुवागढी नगरपालिका ६ नेर्पास्थीत भुलभुले पनि प्रसिद्ध धार्मिक स्थलको रुपमा मानिन्छ ।

प्रमुख ताल/ पोखरी

[सम्पादन गर्नुहोस्]

यस जिल्लाका प्रमुख ताल/ पोखरीमा बराहपोखरी,छिता पोखरी र इन्द्रेणीपोखरी मुख्य हुन्।

प्रमुख व्यापारिक महत्त्वका स्थान

[सम्पादन गर्नुहोस्]

यस जिल्लाका प्रमुख व्यापारिक स्थानहरूमा दिक्तेल बजार,हलेसी, अर्खौले बजार, ऐंसेलुखर्क,बाक्सिला कुभिण्डे,स्यलगौडे,चिसापानी, सिमपानी,रतन्छा बुइपा पञ्चरदोबाटो माला र खोटाङ बजार पन्चमी बजार मंगलटार बजार मुख्य हुन्।

प्रमुख नदीहरू

[सम्पादन गर्नुहोस्]

दुधकोशी, सुनकोशी, रावा खोला, सावा खोला, साप्सु खोला प्रमुख नदी अतिरिक्त जिल्ला भित्र बग्ने अन्य स–साना नदीहरूमा,दीखुवा खोला, तावा खोला,टुवा खोला,मेवा खोला, ताप खोला,लैकु खोला,बुवा खोला,भानुमतीगंगा ,छेपे खोला खरुवा खोला आदी रहेका छन्।

विमानस्थलहरू

[सम्पादन गर्नुहोस्]
  • मनमाया राई खानीडाँडा विमानस्थल लफ्याङ

केही वर्ष अघि मात्रै निर्मित यो विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको छ।

  • लामीडाँडा विमानस्थल

यो खोटाङ जिल्लाको पुरानो विमानस्थल हो।

  • थामखर्क विमानस्थल

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनसङ्ख्या तथा आवास जनगणना २०७८ (राष्ट्रिय प्रतिवेदन)", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  2. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]