खोटाङ जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
खोटाङ जिल्ला
Khotang district location.png
अञ्चल: सगरमाथा अञ्चल
सदरमुकाम: दिक्तेल,
क्षेत्रफल: १,५९१ वर्ग कि.मि.
जनसंख्या: २,०६,३१२ (बिसं २०६८)[१]
गाविस संख्या: ७६
नगरपालिका(हरू):
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सबै भन्दा अग्लो स्थान: मिटर
सबै भन्दा होचो स्थान : मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: थुलुङ राई, चाम्लिङ राई , दुमि राई ,मगर, तामाङ,आदि आदि
मानव विकास सूचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०३६
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट: ddckhotang.gov.np
 हे  वा  सं 

खोटाङ नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा अवस्थित एक पहाडी जिल्ला हो।

जिल्लाको इतिहास[सम्पादन गर्ने]

एकिकरण गरी बृहद नेपाल बनाउनुपूर्व, दुधकोशी देखि अरुण सम्मको किराँतीहरूको बस्ती भएको माझकिराँत वा खम्वुवान क्षेत्रको नामले प्रसिद्ध थियो। यो भू-भागको मुख्य प्रशासन चौदण्डीगढीका सेन वंशी राजाबाट सञ्चालित थियो भने पहाडका स-साना गढी र थुमहरूमा किराँती राजाहरूले राज्य गर्दथे। चौदण्डीगढीका सेन राजाकै शासनकालमा खोटाङ्गमा राईलाई स्वशासन दिएका थिए। विभिन्न समयमा किराँती राजा र सेन राजाको विच मतभेद र कलह भइरन्थ्यो। यसको फाइदा उठाइ पृथ्वीनारायण शाहले नेपालको एकिकरणको पछिल्लो समयमा यो क्षेत्र माथि विजय गरेका थिए।

राणाकालिन समयमा नेपाललाई ३५ जिल्लामा विभाजन गरीएको थियो। यस समयमा हालको खोटाङको विच भागमा पर्ने साप्सु खोलाको सिमाना बनाइ पूर्व ३ नम्वर र पूर्व ४ नम्वर क्षेत्रको ओखलढुङ्गा र भोजपुर गौडाले शासन गर्दथ्यो। स्थानीय तहमा भने मझुवा, आमचोक, खोटाङ्ग, छुलुवार, सावा, दिप्लुङ, चुइचुम्मा, रतन्छा, खाम्तेल, हलेशी र रावाथुम प्रशासनिक एकाई कायम थियो। विशाल क्षेत्र भएकोले साप्सु दक्षिणमा खोटाङ्ग इलाका अदालत र ऐशेलुखर्क इलाका अदालत स्थापना गरी न्याय प्रशासनका अतिरिक्त जग्गा रजिस्ट्रेशन गर्ने काम पनि गर्न थालियो।

बिसं २०१८ साल वैशाख १ गते नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिदा तत्कालिन खोटाङ्गद्वारा हेरिने आम्चोक र सिक्तेल थुम भोजपुरले हेर्ने र रावापारिका क्षेत्र सोलुखुम्बुले हेर्ने र बाँकी क्षेत्र खोटाङ्गले हेर्नेगरी खोटाङ्गबजारलाई सदरमुकाम बनाएर खोटाङ्ग जिल्ला पनि एक जिल्ला कायम गरियो। त्यसबेला यस जिल्लाको मध्य भागबाट बहने साप्सुखोला देखि उत्तरतर्फ २३ गाउँ पञ्चायत र दक्षिणतर्फ २२ गाउँ पञ्चायत रहेका थिए। तत्कालिन संविधान बमोजिम एक गाउँ पाचायतबाट एक जना जिल्ला सभा सदस्य चुनिन पाउने कानूनी प्राबधान भएकोले जिल्ला सभामा स्वतहः साप्सु उत्तरको बहुमत रह्यो। तत्कालिन पहिलो जिल्ला सभाको बैठकले नै खोटाङ्गमा रहेको सरकारी अड्डा अदालत दिक्तेलमा स्थानान्तरण गर्न सरकारसँग माग गर्न बहुमतले निर्णय गर्र्‍यो। खोटाङ्गमा रहेको जिल्ला पञ्चायत र शिक्षा प्रशासन हेर्ने काम वि.सं. २०२० सालमा दिक्तेलमा सारी विधिवत रूपमा खोटाङ्ग जिल्लाको सदरमुकाम दिक्तेलमा सारियो। २०२२ सालमा तत्कालिन सरकारले खोटाङ्ग अदालत दिक्तेलमा र ऐशेलुखर्क अदालत सोलुसल्लेरीमा सार्ने निर्णय गर् यो भने तत्पश्चात खोलिएका कार्यालयहरू क्रमशः दिक्तेलमा नै स्थापना भएका हुन्।

नेपालको संविधान तेस्रो संसोधन २०३२ले खोटाङ्गको सिमाना पुनः हेरफेर गरी भोजपुर जिल्लाका वोपुङ, भाज्याङ्गखर्क, काहुले तथा सोलु जिल्लाको बाकाचोल, पारा, जलेश्वरी, महेश्वरी, धारापानी, डुम्रे, दुवे, माक्पा, बाङ्गदेल, राखा, ऐंशेलुखर्क, बादेल, दिप्सुङ, लगायत पन्ध्र गाउँ पञ्चायत खोटाङ्गमा गाभिन गई हालको क्षेत्र तथा सिमाना कायम हुन गएको हो। यसरी बिस्तार भएको क्षेत्र नै हालसम्मको खोटाङ्ग जिल्ला रहेको छ।

जिल्लाको नामाकरण[सम्पादन गर्ने]

खोटाङ जिल्ला सदरमुकाम दिक्तेलको एक दृषय

कुनै समय यो भू-भाग किराँती राजा "खोटे" द्वारा शासित कोटको रूपमा थियो र उनकै नामबाट खोटाङ्गकोट हुदै "खोटाङ्ग" नाम रहन गएको किम्वदन्ती छ। अर्को एक जनश्रुती अनुशार हाल खोटाङ बजार रहेको स्थान वरपर प्रशस्त खोटे सल्लाहरू पाइनेहुनाले यस क्षेत्रलाई खुटा भन्न थालियो यस क्षेत्रले त्यसबेला हालको खुटा भन्ने स्थान मात्र नभएर अरु बढी क्षेत्र ओगटेको थियो। यस क्षेत्रमा त्यसवेला "हाङ्ग" नाम गरेका प्रतापी राजा राज्य गर्दथे। उनकै नामबाट पछि "खुटाका हाङ्ग" राजा भन्दै "खुटाहाङ्ग" र अन्त्यमा "खोटाङ्ग" शव्दको उत्पति भई यस जिल्लाको नाम "खोटाङ" रहन गएको भन्ने भनाई पनि रहेको छ।

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

  • अक्षांस — २६० ५०’ देखि २७० २८’ उत्तर
  • देशान्तर — ८६० २६’ देखि ८६० ५९’ पूर्व
  • औसत उचाइ १५२ मीटर देखि ३६२० मीटर सम्म

हावापानी[सम्पादन गर्ने]

  • औसत हावापानी :– ठण्डा शितोष्ण र समशितोष्ण
  • औसत तापक्रम :– अधिक्तम ३० देखि न्युनतम ५ सम्म
  • वार्षिक वर्षा:- १४८ मि.मी. (सदरमुकाममा )

केही महत्वपूर्ण डाँडाकाँडा[सम्पादन गर्ने]

मैंयु २०४६ मी., टयम्के ३००५ मी, मेरुङ्ग ३३४३ मी. malathumki dada pani ho रमिते डाँडा मंगलटार

सदरमुकाम[सम्पादन गर्ने]

दिक्तेल

सिमाना[सम्पादन गर्ने]

पूर्वमा भोजपुर, पश्चिममा ओखलढुङ्गा, उत्तरमा सोलुखुम्बु, दक्षिणमा उदयपुर

राजनीतिक बिभाजन[सम्पादन गर्ने]

  • निर्वाचन क्षेत्र संख्या:- २
  • इलाका:- १३
  • गा.वि.स.:- ७६ छोरम्बु , राजापानी,डाडा गाउँ, बतासे, सप्तेस्वर,चिसापानी, फेदि,मंगलटार

प्रमुख पर्यटकीय स्थल[सम्पादन गर्ने]

यस जिल्लाका मुख्य पर्यटकिय स्थलहरूमा बराहापोखरी, हलेसी महादेवस्थान,ट्याम्केडाँडा,मेरुङ डाँडा र सेल्मेडाँडा आदी पर्दछन। यसका साथै हलेसी मलाथुम्की ,तुवाचुङ जायजुम, मुढे डाँडा, रूपाकोट डाँडा, मझुवा गढी, ताराखसे डाँडा र सहदेउ गढी आदि स्थल पनि पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थलका रुपमा रहेका छन् ।

प्रमुख ताल/ पोखरी[सम्पादन गर्ने]

यस जिल्लाका प्रमुख ताल/ पोखरीमा बराहपोखरी,छिता पोखरी र इन्द्रेणीपोखरी मुख्य हुन्।

प्रमुख व्यापारिक महत्वका स्थान[सम्पादन गर्ने]

यस जिल्लाका प्रमुख व्यापारिक स्थानहरूमा दिक्तेल बजार,हलेसी, अर्खौले बजार, ऐंसेलुखर्क,बाक्सिला माने भञ्याङ्ग,स्यलगौडे,चिसापानी, सिमपानी,रतन्छा बुइपा पञ्चरदोबाटो र खोटाङ बजार पन्चमी बजार मंगलटार बजार मुख्य हुन्।

प्रमुख नदीहरू[सम्पादन गर्ने]

दुधकोशी, सुनकोशी, रावाखोला, सावाखला, साप्सुखोला प्रमुख नदी अतिरिक्त जिल्ला भित्र बग्ने अन्य स–साना नदीहरूमा,दीखुवा खोला, तावाखोला,टुवाखोला,मेवाखोला, तापखोला,लैकुखोला,बुवाखोला,भानुमतीगंगा ,छेपेखोला खरुवा खोला आदी रहेका

विमानस्थलहरू[सम्पादन गर्ने]

मनमाया राई खानीडाँडा विमानस्थल, लामीडाँडा विमानस्थल, थामखर्क विमानस्थल

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]