दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका | |
|---|---|
दिक्तेल नगरपालिका भित्र रहेको एक गल्ली | |
| निर्देशाङ्क: २७°१०′N ८६°३५′E / 27.17°N 86.59°E | |
| देश | |
| प्रदेश | कोशी प्रदेश |
| जिल्ला | खोटाङ |
| स्थापित | २०७१ वैशाख २५ |
| सरकार | |
| • नगरप्रमुख | तीर्थराज भट्टराई (नेपाली काङ्ग्रेस) |
| • उपप्रमुख | विशन राई (नेकपा (माओवादी केन्द्र)) |
| क्षेत्रफल | |
| • जम्मा | २४६.५१ किमी२ (९५.१८ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ४३,००८ |
| • घनत्व | १७०/किमी२ (४५०/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
| क्षेत्रीय सङ्केत | +९७७-०३६ |
| केन्द्र | दिक्तेल बजार |
| वेबसाइट | आधिकारिक वेबसाइट |
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका दिक्तेल, बाम्राङ, लफ्याङ र खाल्ले गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा खार्मी, चिउरीडाँडा, जाल्पा, निर्मलीडाँडा, विजयखर्क, बुईपा, नुनथला, नेर्पा र पाथेका गाविसहरू यसमा गाभिएका थिए। दिक्तेल बजार रहेको ठाउँलाईको केन्द्र बनाइएको छ।[४] दिक्तेल खोटाङ जिल्लाको सदरमुकाम तथा सबैभन्दा ठुलो व्यापारिक केन्द्र हो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कुल जनसङ्ख्या ४३,००८ रहेको छ भने यहाँ १०,७६७ घरधुरी रहेका छन्।[२]
भूगोल
[सम्पादन गर्नुहोस्]यो ठाउँको अक्षांश र देशान्तर हो [http:https://geohack.toolforge.org/geohack.php?pagename=%E0%A4%A6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A5%87%E0%A4%B2_%E0%A4%B0%E0%A5%81%E0%A4%AA%E0%A4%BE%E0%A4%95%E0%A5%8B%E0%A4%9F_%E0%A4%AE%E0%A4%9D%E0%A5%81%E0%A4%B5%E0%A4%BE%E0%A4%97%E0%A4%A2%E0%A5%80_%E0%A4%A8%E0%A4%97%E0%A4%B0%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE¶ms=27.2_N_86.78_E_ 27.2° N 86.78° E]।[५]समुन्द्र सतहभन्दा यो ठाउँ १५३१ मिटर (५०२२ फिट) माथि पर्दछ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[स्थायी मृत कडी]
- ↑ "दिक्तेल मौसम", अन्तिम पहुँच सेप्टेम्बर २००७।