तुवाचुङ जायजुम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
किरातीहरूको आदिम उद्गम थलो तुवाचुङ जयाजुङ डाडाँ,
आदिम किरात तयामा, खियामा र रैछाकुलेको प्रतिमा हलेसीस्थित तुवाचुङडाडाँमा

तुवाचुङ जायजुम खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं.१० अर्खौले स्थित मलाथुम्की डाँडाको शिरमा अवस्थित स्थान हो। यो स्थान तयामा खीयामाले कपडा बुनेको तानढुङ्गा खोक्चिलिपाको थान हो। यो ठाउँ राई जातिको संस्कृतिको उदगम स्थल या आदिमभूमि मानिन्छ। यहाँ किराँत चेली तायामा खियामाले धागो बनाई कपडा उत्पादनको थालनी गरेको तानबुन्न शुरुवात गरेकी थिइन भन्ने कथा छ। यस्तै हलेसी नेपालको एक प्रसिद्ध हिन्दू , किरात र बौद्ध धर्मावलम्बीको तीर्थस्थल र तुवाचुङ मिलाएर हलेसी तुवाचुङ नगरपालिकाको नामाकरण गरिएको हो ।