सामग्रीमा जानुहोस्

सर्लाही जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सर्लाही जिल्ला
मधेश प्रदेशको नक्सामा सर्लाही जिल्लाको अवस्थितिको अवस्थिति
मधेश प्रदेशको नक्सामा सर्लाही जिल्लाको अवस्थिति
देश नेपाल
प्रदेशमधेश प्रदेश
स्थापनावि.सं २०१८
सदरमुकाममलङ्गवा
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिसस, सर्लाही
क्षेत्रफल
 • जम्मा१,२५९ किमी (४८६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८६२,४७०
 • घनत्व६९०/किमी (१८००/वर्ग माइल)
 • धरधुरीहरू
१६४,८९३
समय क्षेत्रयुटिसी+०५:४५ (नेपाली समय)
टेलिफोन कोड०४६
मुख्य भाषा(हरू)
वेबसाइटआधिकारिक वेबसाइट

सर्लाही जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित अत्यधिक जनघनत्व भएको जिल्ला हो। यस जिल्लाको पूर्वमा बाँके तथा हर्दी नदी पश्चिममा बागमती नदी सिमा नदीको रूपमा बगेका छन।

जिल्लाको नामाकरण

[सम्पादन गर्नुहोस्]

यस जिल्लाको नामाकरणबारे सत्यतथ्य प्रमाण नभेटिए पनि प्राचीन इतिहासलाई खोजी गर्दा यस जिल्लाको हेमपुर गाँउ विकास समितिमा सर्लाही देवीको मन्दिरको नामबाट जिल्लाको नाम रहन गएको भन्ने अनुमान छ । रातको समयमा यदि कोही मानिस बत्ती बोकी ती देवीको मन्दिरमा गएमा उसको मृत्यु हुन्छ भन्ने जनविश्वासले गर्दा आज पनि बत्ती लिएर राति त्यहाँ कोही पनि पुग्दैनन । यिनै देवीको नामवाट पहिले यस ईलाकाको पछि यस जिल्लाको नाम हुन गएको हो स्थानीय बासिन्दाहरूको धारणा रहेको पाइन्छ । सर्लाही देवीको मन्दिर वरीपरी अझै पनि बस्ती बसेको छैन ।

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा ११ नगरपालिका र ९ गाउँपालिकाहरू गरि २० वटा स्थानीय तहहरू रहेका छन्।[]

सर्लाही जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग किमी)
ईश्वरपुर नगरपालिका ईश्वरपुर, भक्तिपुर, बेला, कालिन्जोरगौरीशङ्कर १५ ईश्वरपुर ६८,३७७ १६३.८३ ४२०
कविलासी नगरपालिका हेमपुर, जमुनिया, कविलासी, सलेमपुरपिपरीया १५ कविलासी ४४,२०४ ४८.११ ९२०
गोडैता नगरपालिका बहादुरपुर, बेल्वाजब्दी, भगवतीपुर, रोहुवा, रामवन, गोडैता, बगदह, सिसौटियामधुवनी १२ गोडैता ५४,२७० ४८.६२ १,१००
बरहथवा नगरपालिका बरहथवा, मुर्तिया, हजरीया, लौकठ, श्रीपुर, सुन्दरपुर चोहर्वाजानकीनगर (४,६,७,८,९) १८ बरहथवा ८१,१२० १०७.०४ ७६०
बलरा नगरपालिका हथिऔल, बलरा, अर्नाहा, डुमरिया, मिर्जापुर, गडहियाबैरी (३-९) अचलगढ, सुदामाछटौना ११ बलरा ४७,९१२ ४८.५५ ९९०
मलङ्गवा नगरपालिका मुसैली, गम्हरीया, खुटौनाभाँडसार १२ मलङ्गवा ५४,५५० ३०.४४ १,८००
लालबन्दी नगरपालिका लालबन्दी, जब्दीपत्थरकोट १७ लालबन्दी ६६,४१९ २३८.५ २८०
बागमती नगरपालिका ढुङ्ग्रेखोला (१,२,४-९), कर्मैया, शङ्करपुर, राजघाट १२ कर्मैया ४६,१०६ १०१.१८ ४६०
हरिपुर नगरपालिका हरिपुर, लक्ष्मीपुर कोद्रहा, फरहदवा, पिडारीजानकीनगर (१,२,३ र ५) हरिपुर ४३,२३३ ६६.८६ ६५०
१० हरिपुर्वा नगरपालिका धनकौल पूर्व, वसन्तपुरहरिपुर्वा हरिपुर्वा ३८,७१४ ३०.५ १,३००
११ हरिवन नगरपालिका अत्रौली, सासापुर, धुर्कौलीहरिवन, ढुङ्ग्रेखोला (३) ११ हरिवन ४९,९८८ ८६.१२ ५८०
१२ कौडेना गाउँपालिका कौडेना, मोतीपुर, सक्रौल, फुलपरासी, लक्ष्मीपुर सुखचैना कौडेना २८,७०२ २५.३३ १,१००
१३ चक्रघट्टा गाउँपालिका औरही, खोरीया, बेल्ही, सुन्दरपुरपिडरिया खोरीया २९,५५० २५.१४ १,२००
१४ चन्द्रनगर गाउँपालिका चन्द्रनगर, मोहनपुर, बबरगन्जकिसनपुर चन्द्रनगर ३६,९०८ ४७.५ ७८०
१५ धनकौल गाउँपालिका धनकौल पछियारी, सेखौना, हर्कथवा, महिनाथपुरछटौल धनकौल पछियारी २७,९७४ ४५.९४ ६१०
१६ पर्सा गाउँपालिका पर्सा, सङ्ग्रामपुर, नारायणपुरजिङ्गदवा पर्सा २४,००५ १३.१२ १,८००
१७ बसबरिया गाउँपालिका मानपुर, भवानीपुर, धनगढासहोडवा भवानीपुर २५,९०५ २९.४२ ८८०
१८ ब्रह्मपुरी गाउँपालिका ब्रह्मपुरी, भेल्ही, त्रिभुवननगरनौकेल्हवा ब्रह्मपुरी ३१,३७८ ३३.८१ ९३०
१९ रामनगर गाउँपालिका खैर्वा, रामनगर बहुअर्वा, सिसौटगडहियाबैरी (१ र २) रामनगर बहुअर्वा ३१,३६६ २६.४४ १,२००
२० विष्णु गाउँपालिका बारा उद्योरण, मधुवनगोठ, बत्रौलसिमरा सिमरा २८,५७० २८.०९ १,०००
सर्लाही जिल्लाका पूर्व गाविसहरूको नक्सा

भौगोलिक अवस्था

[सम्पादन गर्नुहोस्]
  • अक्षांस: २६.४५" उत्तर देखि २७.१०" उत्तर अक्षास
  • देशान्तर: ८५.२०" पूर्व देखि ८५.५०" पूर्व देशान्त
  • सिमाना: पूर्व-महोत्तरी, पश्चिम-रौतहट, उत्तर-सिन्धुली तथा दक्षिण-भारतको बिहार राज्यको सितामढी जिल्ला
  • क्षेत्रफल: १,२५९ वर्ग किलोमिटर
  • औसत लम्बाई: ३२ किलोमिटर(उत्तर-दक्षिण)
  • औसत चौडाई: ४० किलोमिटर(पूर्व-पश्चिम)
  • सबभन्दा होचोस्थान: समुन्द्री सतहबाट ६० मिटर
  • सबभन्दा अग्लोस्थान:समुन्द्री सतहबाट ६५९ मिटर

भौगोलिक हिसाबले यस जिल्लालाई उत्तरतर्फ रहेको चुरे पर्वत बीचमा रहेको भावर दक्षिणमा रहेको तराइको समथर मैदान ओगट्ने गरी गरी ३ भागमा बाँड्न सकिन्छ।

प्रमुख नदी, ताल-तलैया

[सम्पादन गर्नुहोस्]

यस जिल्लामा बग्ने मुख्य नदीहरू बागमती, लखनदेइ, झिम, हुन्। बागमती नदी बाहेक अन्य नदीहरू उत्तरको चुरे डाँडावाट शुरु भई क्रमश: बग्दै दक्षीणतिर भारत पस्दछन। लखनदेइको सहायक नदीहरूमा नारायण, मदा, बामन्ती, दाईने, अत्रौली, चापिनी, कोटी, घुमी छन। त्यस्तै झिम नदीको प्रारम्भ भैवपुर दोभानमा फुलजोर कालिन्जोर खोलाको मिलनवाट भएको हो। यसबाहेक अन्य सानातिना नदीहरूमा मनुस्मारा (जुद्ध नहर), हरिवन, सोतारा, ढङ्ग्रा, भुमी, आदि पर्दछन्। यस जिल्लामा प्राकृतिक तालकोरूपमा एक मात्र नाढीमन तालका साथै मानव निर्मित नेपाल कै दोश्रो ठूलो ताल भरत ताल र माछापालन सिंचाई तथा स्नानकार्यका लागि थुप्रै पोखरीहरू छन।

ब्यापारिक महत्त्वका स्थानहरू

[सम्पादन गर्नुहोस्]

यस जिल्लाका ब्यापारिक महत्त्वका प्रमुख स्थानहरूमा सदमुकाम मलङवा नगपालिका, हरिवन नगरपालिका लगायत बरहथवा, लालबन्दी नगरपालिका, बलरा नगरपालिका, नवलपुर, गोडैता, ईश्वपुर नगरपालिका आदि छन्।

  1. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२ 

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]


वाहिरी कडीहरू

[सम्पादन गर्नुहोस्]