ताप्लेजुङ जिल्ला
ताप्लेजुङ जिल्ला
རྟ་བླ་རྫོང་རྫོང་ཁག | |
|---|---|
यामातारी हिमनदी स्थित दूधकुण्ड, लेलेप गाउँ, पाथीभरा मन्दिरबाट देखिएको दृश्य, गुन्सा गाउँ (माथिदेखि घडीको दिशामा) | |
कोशी प्रदेशको नक्सामा ताप्लेजुङ जिल्लाको अवस्थिति (गाढा पहेँलो) | |
| निर्देशाङ्क: २७°२१′०″उ ८७°४०′०″पू / 27.35000°N 87.66667°E | |
| देश | नेपाल |
| प्रदेश | कोशी प्रदेश |
| स्थापना | वि.सं २०१८ |
| सदरमुकाम | फुङलिङ |
| सरकार | |
| • प्रकार | जिल्ला समन्वय समिति |
| • अङ्ग | जिसस, ताप्लेजुङ |
| • जिसस प्रमुख | छिरिङ लामा |
| • जिसस उपप्रमुख | कृष्णप्रसाद लिङ्खिम |
| क्षेत्रफल | |
| • जम्मा | ३,६४६ किमी२ (१४०८ वर्ग माइल) |
| • क्रम | तेस्रो |
| उच्चतम उचाई | ८,५८६ मिटर (२८१६९ फिट) |
| न्यूनतम उचाई | ६७० मिटर (२२०० फिट) |
| जनसङ्ख्या | |
| • जम्मा | १२०५९० |
| • घनत्व | ३३/किमी२ (८६/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+०५:४५ (नेपाली समय) |
| हुलाक कोड | ५७५०० |
| टेलिफोन कोड | ०२४ |
| मुख्य भाषाहरू | लिम्बु,शेर्पा ,नेपाली |
| वेबसाइट | ddctaplejung |
ताप्लेजुङ जिल्ला नेपालका ७७ वटा जिल्लाहरू वा कोशी प्रदेशका १४ जिल्ला मध्ये एक जिल्ला हो। यो एक हिमाली जिल्ला हो। विश्वको तेस्रो अग्लो चूचूरो कञ्चनजङ्घा हिमाल यसै जिल्लामा पर्दछ। यो क्षेत्रफलको हिसाबले नेपालको तेस्रो ठुलो जिल्ला हो। ताप्लेजुङ्ग जिल्लाको अर्को सम्पति भनेको पाथीभरा देवीको मन्दिर पनि हो। जहाँ हिन्दू र बौद्ध मार्गीहरू शक्ति प्राप्तिका लागि दर्शन गर्न जाने गर्दछन्। झापा जिल्लाको बिर्तामोड देखि २३४.११ किलोमिटरको सडकले इलाम र पाँचथरको सदरमुकाम फिदिम हुँदै यस जिल्लाको सदरमुकाम फुङलिङ बजारलाई जोडेको छ। नेपालको सुदुर उत्तर-पूर्वमा अवस्थित ताप्लेजुङ करिब ३,६४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। हिमाली र पहाडी भूवनोटसँगै उत्तर-दक्षिण फैलीएर रहेको यो जिल्ला ७७७ मिटर देखि ८,५९८ मिटरसम्मको उचाइमा रहेको छ। वि.सं २०७८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या १,२०,५९० रहेको थियो।
यो जिल्ला उत्तरमा तिब्बत, पश्चिममा सङ्खुवासभा जिल्ला, दक्षिणमा तेह्रथुम र पाँचथर जिल्ला र पूर्वमा सिक्किम (भारत)बाट घेरिएको छ। भौगोलिक रूपमा, यो जिल्ला २७º ०६' देखि २७º ५५' उत्तरी अक्षांश र ८७º ५७' देखि ८८° १२' पूर्वी रेखामा अवस्थित छ।[३]
नामाकरण
[सम्पादन गर्नुहोस्]ताप्लेजुङ जिल्लाको नामाकरण शेर्पा भाषा लिम्बु भाषाबाट भएको मानिन्छ। लिम्बु भाषामा ताप्लेजुङ शब्द दुई शब्दको संयोजन भइ बनेको मानिन्छ। मध्यकालिन समयमा "ताप्ले" नाम गरेका राजाले यस क्षेत्रमा शासन गर्ने गर्दथे। लिम्बु भाषामा "जुङ"को अर्थ किल्ला वा सैनिकले घरेको किल्ला हुन आएबाट ताप्लेजुङ्ग अर्थात ताप्ले नाम गरेका राजाले शासन जमाएको किल्ला हो भनिन्छ। शेर्पा अर्थात भोटे समुदायका मानिसहरू पनि शेर्पा अर्थात भोटे राजा ताप्ले (རྟ་བླ) र जोङ्(རྫོང) जसको अर्थ किल्ला हुन्छ। यहीँ शब्द अप्रभंस भएर ताप्लेजुङ भएको मानिन्छ।ताप्लेराजाको राजाको किल्ला हालको सैनिक व्यारेकमा रहेको स्थानमा भएको दाबी गरिन्व्छ। जहाँ २०२४ सालमा सैनिक व्यारेकमा स्थापना गर्दा अहिले खेल मैदान रहेको स्थानमा पोखरी रहेको र उक्त पोखरी उत्खान गर्दा बौद्व धर्म सँग सम्बन्धि माला र क्षोर्तेन् अर्थात स्तुपा को वकनावाशेष भेटिएको प्रत्यक्ष दर्शी र केहि उत्खनन गर्ने समुह ले भनिएको आधारमा शेर्पा अर्थात भोटे समुदायले दावी गर्ने गरेको पाइन्छ|
ताप्ले राजाको पतन तत्कालिन पृथ्वीनारायण शाहका गोर्खा सैनिकले हालको ताज्य विस्तारको क्रममा हालको सङ्खुवासभा जिल्ला चैनपुरमा युद्व नगर्ने सन्धि गरी मृतक लास गाड्ने नामममा हतियार लुकाई छिपाई फुटुक पर्ब मन्दे गर्दा एकाशी ३ सय हाराहारीको गोर्खा सेना ले लाश बनाएर गाडेको हतियार निकाली क्षाङ् अर्थात जाँड खाएर मातेको समयमा आक्रामण गरी करिब २ हाजर को हाराहारी मा तिब्बती र पुर्बका सिक्किमे फौजलाई आक्रमण १३०० भन्दा बढीको मृत्यु र केहि पूर्ब तर्फ ताप्लेजुङ् भागेको र केहि किमाथाङ्का तर्फा भागेको भानिछ |केहि मृतकको सब दाहसस्कार गर्दै बाचेको समुहले पुर्ब ताप्लेजुङ को विभिन्न ठाउँमा सबलाई दाहासस्कार गर्दै मृतकको नाममा माने बनाएको ओलाङचुङ्गोला सम्म आज नि पाइन्छ| यस पश्चात केहिले गोर्खा सँग आत्मासमर्पण त केहि ले लिम्बु सँग मिश्रत र केहि तिब्बत र सिक्किम तिर लागेको पाइन्छा यस पश्चात लिम्बुहरु अन्धी उन्लंगन गरी -
ल्हो=भोटे मेन=लेप्चा चोङ्= लिम्बु यो सन्धि बाट अलग भई यहि बाट लिम्बु लेखन र लिम्बुवान र किपट लिम्बुलाई नामासिनिया मतवाली भन्न थालेको पाईन्छ | ताप्ले राजा भने चैनपुर मा मारेको र अर्को उ तिब्बत भागेको भन्ने दुई किम्बदन्ती शेर्पा भोटे समुदायमा पाइन्छ | भोटे अर्थात शेर्पा समुदायलाइ तत्कालिन राज्य सरकारले आफु विरुद्व लडेको कारण भोटे मासिनिया मतवाली भनि अधिकार र इतिहास भने मेटाएको र लिम्बु र किरात नाम दिएर प्रवावित पारेको पाइछ | यहि लिम्बु र शेर्पा भन्ने नाम शाह काल पश्चात आएको कारणले दुई समुदायले नै उस्तै दाबि गरेको पाइन्छ|।[४]
इतिहास
[सम्पादन गर्नुहोस्]
१७औँ शताब्दीभन्दा पहिला, विशाल सिक्किम साम्राज्य अरुण नदीको पूर्वमा थियो र १८औँ शताब्दी पछि विशाल सिक्किम नेपालमा गाभिएको थियो। नेपालमा गाभिनु अघि, सिक्किम तीन जातिहरूद्वारा शासित थियो। "ल्होमेनचोङ"को सन्धिमा उल्लेख गरिए अनुसार ल्हो = भुटिया/तिब्बती/शेर्पा, मेन= लेप्चा र चोङ= लिम्बू/याकथुङ
लिम्बूहरूलाई बढी अधिकार दिइँदै किपट दिइएको थियो। नेपाल एकीकरण हुनु भन्दा पहिले, ताप्लेजुङ र यसको वरपरको क्षेत्रलाई १९औँ शताब्दीको पल्लो किराँत लिम्बुवानको नामबाट नामाकरण गरिएको थियो जसको अर्थ "सुदूर क्षेत्र" हो र उक्त क्षेत्र लिम्बुवानका लिम्बु राजाहरूद्वारा शासित थियो। नेपाल एकीकरण पछि ताप्लेजुङको क्षेत्र ठूलो धनकुटा जिल्लाको एक भाग बनेको थियो।[५]
वि.सं २०१८ मा जब परम्परागत पुराना ३२ जिल्लाहरू ७५ वटा जिल्लाहरूमा विभाजित भएका थिए र ठुलो धनकुटा जिल्लाका तीन थुमहरूले छुट्टाछुट्टै "ताप्लेजुङ" नामको नयाँ जिल्ला स्थापना गरेका थिए।
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]- प्रदेश:- कोशी
- अक्षांस:- १०.१५" देखि २७.५६" उत्तरी अक्षांस।
- देशान्तर:- ८०.३२" देखि ८८.१२" पूर्वी देशान्तर।
- क्षेत्रफल:- ३,६४६ वर्ग किलोमिटर
- सिमाना:- पूर्व भारतको सिक्किम प्रान्त, पश्चिम सङ्खुवासभा जिल्ला, उत्तर चीनको स्वशासित क्षेत्र तिब्बत, दक्षिण तेह्रथुम जिल्ला र पाँचथर जिल्ला
- सदरमुकाम:- फुङलिङ
- होचो स्थान:- समुद्रको सतहदेखि ७७७ मिटर (काबेली दोभान)
- अग्लो स्थान:- ८,५८६ मीटर (कञ्चनजङ्घाको चुचुरो)
ताप्लेजुङ पूर्वी नेपालमा इलाम जिल्ला पछिको सबैभन्दा सुन्दर जिल्ला हो| विकट तर मनोरम धरातलीय बनोट, उच्च हिमाली भूभाग र त्यहाँ भएका बहुमूल्य जडीबुटीहरू पोट्लीङ्गो; गुराँस, धुपी, चिराइतो जस्ता उल्लेखनीय वनस्पति पाइनुले यस जिल्लाको पर्यटकीय आकर्षण पनि उत्तिकै उच्च रहेको छ। विश्वकै तेस्रो अग्लो हिमाल कन्चनजङ्घा (८,५८६ मी.) पनि यसै जिल्लामा रहनु र हरिया घाँसे मैदान, चट्टानी भू-बनोट तथा घना जङ्गलले यस जिल्लालाई सुन्दर पारेका छन। जिल्लामा रहेको पाथीभरा देवीको मन्दिर (३७९४ मी) हिन्दू, बौद्ध तथा किराँत धर्मालम्बीहरूको साझा गन्तव्यस्थल हो।
हावापानी
[सम्पादन गर्नुहोस्]ताप्लेजुङ जिल्लाको ५,००० मिटर भन्दा माथी टुन्ड्रा हावापानी पाइन्छ। हिमाली भागमा बाह्रै महिना हिउँ जमी रहन्छ। ८०० मिटर देखि १४०० मीटर सम्मको उचाईमा सुन्तला जात फलफूल तरकारी र अन्न बालीहरूको खेती गरिन्छ। १४०० मीटर देखि २५०० मीटर सम्मको उचाईमा आलु, मकै, कोदो र लेकाली फलफूलको खेती गरेको पाइन्छ। उत्तरी भेगमा वर्षा याममा बादलले ढाकीराख्ने जाडो समयमा ३२०० मीटर भन्दा तलसम्म हिउँ पर्ने र हिउँदमा हिमाली क्षेत्र खुल्ला हुने भएको हुँदा जाडो हुने यस जिल्लामा न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस देखि लिएर अधिकतम २६.३ डिग्री सेल्सियससम्म तथा औषत तापक्रम १६.३९ डिग्री सेल्सियस, औषत वर्षा १,३७२ मिलिलिटर हुनेगरेको पाइन्छ। भौगोलिक हिसाबले तप्लेजुङ एक हिमाली जिल्ला हो।[६] यो समुद्र सतहबाट ६७० मिटर (२,२०० फिट) देखि ८,५८६ मिटर (२८,१६९ फिट)को उचाइमा रहेको छ। तमोर नदी यस जिल्लाको मुख्य नदी हो, जुन जिल्लाको बीचबाट बहन्छ र पूर्व र पश्चिम तप्लेजुङलाई विभाजन गर्दछ।[७] गुन्सा नदी, सिमबुवा नदी र तामुरका धेरै उपनदीहरू ताजा पानीका महत्त्वपूर्ण स्रोतहरू हुन्। जिल्लामा ६० भन्दा बढी नदी र मुहानहरू छन्। यहाँ केही चिसो जलाशयहरू पनि छन्: सिङ्जेन्मा पोखरी, साम्दो पोखरी, तीन पोखरी, काली पोखरी आदि।[८][९]
यस जिल्लामा धेरै उच्चतम शिखरहरू समावेश छन् जस्तै: जिमिगेला (७३५० मिटर), तालुङ (७३४९ मिटर), काब्रु (७२७६ मिटर), नेपाल शिखर (७१७७ मिटर), कुम्भकर्ण (७०२५ मिटर) आदि। कञ्चनजङ्घा संरक्षण क्षेत्र यो जिल्लामा रहेको एक संरक्षित क्षेत्र हो जसले २,०३५ वर्ग किलोमिटर (७८६ वर्ग माइल) क्षेत्रफल ओगटेको छ।[१०]
| हावापानी क्षेत्र[११] | उचाइ दायरा | क्षेत्रफलको प्रतिशत |
|---|---|---|
| माथिल्लो उष्णकटिबन्धीय | ३०० देखि १,००० मिटर १,००० देखि ३,००० फिट |
२.४% |
| उपोष्णकटिबन्धीय | १,००० देखि २,००० मिटर ३,३०० देखि ६,६०० फिट |
१४.८% |
| शीतोष्ण कटिबन्ध | २,००० देखि ३,००० मिटर ६,४०० देखि ९,८०० फिट |
१९.५% |
| उप पर्वतीय | ३,००० देखि ४,००० मिटर ९,८०० देखि १३,१०० फिट |
१६.८% |
| उच्च पर्वतीय | ४,००० देखि ५,००० मिटर १३,१०० देखि १६,४०० फिट |
३८.८% |
| हिमरेखा | ५,००० मिटर भन्दा माथि | ७.७% |
जनसाङ्ख्यिकी
[सम्पादन गर्नुहोस्]| वर्ष | जन. | ±% प्र.व. ±% |
|---|---|---|
| १९८१ | १२०,७८० | — |
| १९९१ | १२०,०५३ | −०.०६% |
| २००१ | १३४,६९८ | +१.१६% |
| २०११ | १२७,४६१ | −०.५५% |
| २०२१ | १२०,५९० | −०.५५% |
| स्रोतहरू:[१२] | ||
नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८को समयमा, ताप्लेजुङ जिल्लाको जनसङ्ख्या १,२0,५९० रहेको थियो।[१३]
ताप्लेजुङमा १००० पुरुषमा ९८४ महिलाको लिङ्ग अनुपात रहेको छ। यहाँ २८,४४९ (२३.५९%) सहरी क्षेत्रमा बसोबास गर्दछन्। ताप्लेजुङ जिल्लामा बोलिने भाषाहरू (२०७८) लिम्बू भाषा (३५.४%) शेर्पा (२४.५९%) नेपाली (२४.३%) तामाङ (४.२५%) गुरुङ (२.७८%) राई (२.१९%) थारु (०.९२%) अन्य (४.५७%) पर्दछन्। जनसङ्ख्याको ३५.४०% ले पहिलो भाषा रूपमा लिम्बू, २४.५९% नेपाली, २४.३०% शेर्पा, ४.२५% तामाङ, २.७८% गुरुङ, २.१९% राई र ०.९२% मगर भाषा बोल्दछन्।[१४]
सोही जनगणना अनुसार यहाँ ३८.६०% लिम्बू, २५.९८% शेर्पा, ५.६७% क्षेत्री, २.७०% पहाडी ब्राह्मण, ४.०६% राई, ४.७३% गुरुङ, ४.६६% तामाङ, ४.५५% कामी, १.४५% दमाई, १.३९% नेवार, १.१०% मगर, १.०५% सुनुवार र ०.९५% मिजार रहेका थिए।[१५]
धर्मगत रूपमा ४०.५५% किराँत, १७.४५% हिन्दू, ३८.४४% बौद्ध, २.६०% इसाई, ०.६६% बोन र ०.३४% अन्य थिए। साक्षरताको स्तर: ७१.०% ले लेख्न र पढ्न सक्थे, २.८% ले केवल पढ्न सक्थे र २६.१% दुबै गर्न सक्दैनथे।
प्रशासन
[सम्पादन गर्नुहोस्]ताप्लेजुङ जिल्ला ताप्लेजुङ जिल्ला समन्वय समितिद्वारा प्रशासित छ। ताप्लेजुङ जिससलाई ताप्लेजुङ जिल्ला सभाले चयन गर्दछ। ताप्लेजुङ जिसको प्रमुख छिरिङ लामा हुन् र कृष्णप्रसाद लिङ्खिम जिसस उपप्रमुख हुन्।
गृह मन्त्रालय अन्तर्गतको ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले ताप्लेजुङ जिसससँग सहकार्य गर्दै जिल्लामा शान्ति, क्रम र सुरक्षा कायम गर्न मद्दत गर्दछ। जिल्ला प्रशासन कार्यालयका अधिकृतलाई प्रमुख जिल्ला अधिकृत भनिन्छ र ताप्लेजुङको प्रमुख जिल्ला अधिकृतका नेत्रप्रसाद शर्मा हुन्।
ताप्लेजुङ जिल्ला अदालत जिल्ला स्तरमा मानिसहरूको मुद्दा हेरिरहेको एक न्यायिक अदालत हो।
| प्रशासन | नाम | प्रमुख |
|---|---|---|
| व्यवस्थापिका | जिल्ला समन्वय समिति | छिरिङ लामा |
| कार्यपालिका | जिल्ला प्रशासन कार्यालय | नेत्रप्रसाद शर्मा |
| न्यायपालिका | जिल्ला अदालत | विकास श्रेष्ठ |
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]जिल्लामा १ नगरपालिका, ८ गाउँपालिका गरि ९ वटा स्थानीय तहहरू रहेका छन्।[१७]

यातायात
[सम्पादन गर्नुहोस्]ताप्लेजुङ (सदरमुकाम) मेची राजमार्गद्वारा नेपालका अन्य भागसँग जोडिएको छ, जुन चारआली (मेचीनगर) मा पूर्व–पश्चिम वा महेन्द्र राजमार्गमा जोडिन्छ। मेचीनगर देखि ताप्लेजुङको दुरी २२७ किलोमिटर (१४१ माइल) रहेको छ। ताप्लेजुङ विमानस्थल जिल्लाको एकमात्र विमानस्थल हो।[१८] झापा जिल्लाको चारआली हुँदै ताप्लेजुङ सदरमुकाम फुङलिङ सम्मको (मेची राजमार्ग) बाटो कालोपत्रे भैसकेको छ। त्यहाँबाट सुकेटार सम्मको बाटो पनि कालोपत्र गरिएको छ। यस बाहेक ताप्लेजङ जिल्ला भित्र ग्रामीण सडक या कृषि सडकको रूपमा कावेली-थेचम्बु, ताप्लेजुङ-दोभान, सुकेटार-भालुगौँडे, ताप्लेजुङ्ग-फुरुम्बु, ताप्लेजुङ्ग-कामीडाँडा हुँदै थेचम्बु मोटरबाटोहरू आदि क्रमागत रूपमा विस्तार भइरहेका छन्।
जैविक विविधता
[सम्पादन गर्नुहोस्]जैबिक विविधताको दृष्टिले यो जिल्ला धनी छ। यहाँ ५८ प्रजातिका बन्यजन्तु २५३ किसिमका चराहरू, विभिन्न प्रकारका सरिसृपहरू, उभयचरहरू, पुतलीहरू ११ किसिमका सल्लाहरू, १२७३ प्रजातिका फूलफुल्ने बिरुवाहरू, २४ किसिमका गुराँसहरू, ६९ प्रजातिका सुनगाभाहरू, लगायत विभिन्न प्रकारका जडिबुटीहरू र गैरकाष्ठ पैदावारहरू पाइन्छन्। ताप्लेजुङ जिल्ला होचो भाग ७७७ मीटरदेखि लिएर विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा ८,५९६ मिटरसम्मको उचाई सम्म फैलिएको हुँदा यहाँ विभिन्न प्रकारका वन्यजन्तुहरू पाइन्छन्। जिल्लाको कूल क्षेत्रफलको ३९.८५ प्रतिशत जङ्गलले ढाकेको छ। जिल्लाको सम्पत्ति जैविक विविधतालाई कायम राख्न बिक्रम सम्वत २०३९ देखि यस जिल्लाका २० गाविसमा बृक्षारोपण हुँदै आएको छ। हाल सम्म ताप्लेजुङ जिल्लाको ६५८.५ हेक्टरमा बृक्षारोपण भैसकेको छ। विषम हावापानीको कारणबाट यस जिल्लामा उष्ण प्रदेशीय सदावहार जङ्गलदेखि लिएर ३,५०० मीटर माथिको उचाईमा लेकाली वनस्पति, झाडी पोथ्रा जस्ता रुखहरू पाइन्छ भने ५,००० मिटर भन्दा माथिको उचाईमा सधैँ हिउँले ढाकेको हुँदा वनस्पति प्राय हुँदैनन्।
पर्यटन
[सम्पादन गर्नुहोस्]ताप्लेजुङ पदयात्रीहरूको लागि उत्तम गन्तव्य हो। कञ्चनजङ्घा संरक्षण क्षेत्रमा खेती गरिएका भूमि, वन, चरन, नदी, उच्च उचाइको ताल र हिमताल समेटिन्छ। यहाँ हिउँ चितुवा, हिमाली कालो भालु, हाब्रे, स्वर्णवक्ष फूलबुट्टा, चिलिमे चरा, टुङ्गा आदी देख्न सकिन्छ। ताप्लेजुङमा रहेको पाथिभरा देवी मन्दिर वा मुक्कुमलुङ मङ्गिमलाई लिम्बू समुदायको देवता युमा सम्माङको घर मानिन्छ र यसलाई पूजा गरिन्छ। ओलाङ्चुङ गोलामा १६औँ शताब्दीको दिकि छ्योलिङ गुम्बा अवस्थित छ।[१९]
प्रमुख नदीनालाहरू
[सम्पादन गर्नुहोस्]ताप्लेजुङ जिल्लाका मुख्य नदीहरूमा तमोर र कावेली हुन्। त्यस्तै अन्य खोलाहरूमा मेवाखोला, मैवाखोला, याङ्माखोला, फावाखोला, घुन्साखोला, कालीखोला, हेल्लोक, सिस्नेखोला, सोबुवाखोला, फुङ्गुवाखोला आदि हुन्। हिमनदीहरू कञ्चनजङ्घा हिमनदी, कुम्भकर्ण हिमनदी, तमोर हिमनदी, यलुङ हिमनदी हुन्।
उल्लेखनीय व्यक्तिहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Household and population by districts, Central Bureau of Statistics (CBS) Nepal वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-३१ मिति
- ↑ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय तथ्याङ्क कार्यालय (नेपालीमा), अन्तिम पहुँच २५ फागुन २०८१।
- ↑ "Introduction DCC Taplejung", अन्तिम पहुँच २८ मार्च २०२०। वेब्याक मेसिन अभिलेखिकरण ३० सेप्टेम्बर २०२३ मिति
- ↑ "Top 5 Places to Visit in Taplejung", २० जुलाई २०१९, अन्तिम पहुँच २८ मार्च २०२०।
- ↑ "Indigenous voice Limbu", अन्तिम पहुँच २८ मार्च २०२०। वेब्याक मेसिन अभिलेखिकरण १० जुन २०२१ मिति
- ↑ "Taplejung", मूलबाट जुन १४, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०२०।
- ↑ "Taplejung Geography", अन्तिम पहुँच २९ मार्च २०२०। वेब्याक मेसिन अभिलेखिकरण ७ अप्रिल २०२३ मिति
- ↑ "Inventory of Sinjema-Syamdo and Timbung Pokhari", अन्तिम पहुँच २९ मार्च २०२०।
- ↑ "a complete guide to Nepal's rivers", Sun Koshi river trip, ., अन्तिम पहुँच २०१०-०५-१४।
- ↑ "Taplejung", अन्तिम पहुँच २९ मार्च २०२०।
- ↑ The Map of Potential Vegetation of Nepal - a forestry/agroecological/biodiversity classification system, . Forest & Landscape Development and Environment Series 2-2005 and CFC-TIS Document Series No.110., २००५, आइएसबिएन 87-7903-210-9, अन्तिम पहुँच Nov २२, २०१३।
- ↑ "Nepal: Provinces and Districts", www.citypopulation.de (अङ्ग्रेजीमा)।
- ↑ "NepalMap profile: Taplejung", NepalMap, अन्तिम पहुँच १७ जुलाई २०२२। वेब्याक मेसिन अभिलेखिकरण १० अप्रिल २०२३ मिति
- ↑ NepalMap Language [१] वेब्याक मेसिन अभिलेखिकरण २०२३-०३-१६ मिति
- ↑ NepalMap Caste [२] वेब्याक मेसिन अभिलेखिकरण २०२३-०३-१६ मिति
- ↑ "NepalMap profile: Taplejung", NepalMap, अन्तिम पहुँच १७ जुलाई २०२२। वेब्याक मेसिन अभिलेखिकरण १० अप्रिल २०२३ मिति
- ↑ "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२।
- ↑ "Taplejung", मूलबाट जुन १४, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०२०।
- ↑ Bhuju, U. R.; Shakya, P. R.; Basnet, T. B.; Shrestha, S. (२००७), Nepal Biodiversity Resource Book. Protected Areas, Ramsar Sites, and World Heritage Sites, Kathmandu: International Centre for Integrated Mountain Development, Ministry of Environment, Science and Technology, in cooperation with United Nations Environment Programme, Regional Office for Asia and the Pacific, आइएसबिएन 978-92-9115-033-5, मूलबाट २०११-०७-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-१२-१४।
सम्बन्धित लेखहरू
[सम्पादन गर्नुहोस्]