फुङ्फुङे झरना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फुङ्फुङे वा फङफङदेन झरना ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका साविक सावाँ गाविस स्थित एक आकर्षक झरना हो।[१] ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट दुई घण्टा मोटर बाटोको यात्राबाट यो झरना रहेको स्थानसम्म पुग्न सकिन्छ। यहाँका स्थानीय वासीहरूले आकर्षक झरना भन्दा झरनाको भेदी र मिक्वाखोला नदिको सङ्गम स्थल वरिपरि खोला र नदीले घेरिएको बिचमा एक टापुमा अवस्थित देवीधान प्रति ठुलो आस्था राख्छन्। यहाँ एक मौसममा २० देखि ३० समूहसम्मको पूजापाठ गर्नेहरूको घुइचो लाग्ने गरेको छ। यहाँ विशेष गरि बोका पाठा बलि पूजा गर्ने चलन छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "ताप्लेजुङमा पर्यटन प्रवर्द्धनका लागि ४ करोड", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०३-०४ 
  2. "फुङ्फुङेमा भीडभाड", ब्लास्ट खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०३-०४ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]