फुङलिङ नगरपालिका
फुङलिङ
Fungling | |
---|---|
निर्देशाङ्क (फुङलिङ): २७°२१′२३″उ॰ ८७°४०′१३″पू॰ / २७.३५६३९°N ८७.६७०२८°Eनिर्देशाङ्कहरू: २७°२१′२३″उ॰ ८७°४०′१३″पू॰ / २७.३५६३९°N ८७.६७०२८°E | |
देश | ![]() |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | ताप्लेजुङ जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | नगर कार्यपालिका |
• मेयर | छत्रपति प्याकुरेल (ने. क. पा.) |
• उपमेयर | बम बहादुर भट्टराई (ने. क. पा.) |
क्षेत्रफल | |
• जम्मा | १२५.५७ किमी२ (४८.४८ वर्ग माइल) |
जनसङ्ख्या (२०७३) | |
• जम्मा | २६,४०६ |
• घनत्व | २१०/किमी२ (५४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-२४ |
केन्द्र | साविकको ताप्लेजुङ नगरपालिकाको कार्यालय |
वेबसाइट | phunglingmun |
फुङलिङ नेपालको कोशी प्रदेश को ताप्लेजुङ जिल्लामा अवस्थित एक नगरपलिका हो।[१] ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजार यसै नगरपालिकामा रहेको छ। नेपालमा ७५३ स्थानीय तह लागू हुँदा ताप्लेजुङ जिल्लामा साविकको ताप्लेजुङ नगरपालिका र फुरुम्बू, फावाखोला, हाङ्गदेवा गाउँ विकास समितिहरूलाई समेटेर फुङलिङ नगरपालिका बनाइएको हो।[२] यस नगरपालिकालाई ८ वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको कुल जनसङ्ख्या २६,४०६ रहेको छ। यसको क्षेत्रफल १२५.५७ वर्ग किलोमिटर रहेको छ। करिब १८२४ मिटर (५९८४ फिट)को उचाइमा अवस्थित उपयुक्त हावापानी तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण यो नगरपालिका उत्तिस, सल्ला र गुराँसको जङ्गलले ढाकिएको छ। यस नगरपालिकाको केन्द्र साविकको ताप्लेजुङ नगरपालिकाको कार्यालयमा राखिएको छ।[३]
शब्दोपत्ति[सम्पादन गर्नुहोस्]
फुङलिङ भन्नाले लिम्बू भाषा मा 'फूलैफूलको ठाउँ' भन्ने बुझिन्छ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
दोखू तथा फुङ्लिङ गाविसहरूलाई मिलाएर फुङलिङ नगरपालिका बनाइएको हो। त्यसैले बि.स. २०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर १९,०८५ रहेको छ।[४]
पर्यटकीय गन्तव्यहरू[सम्पादन गर्नुहोस्]
यहाँ रहेको पाथीभरा देवीको मन्दिरमा आन्तरिक तथा बाह्य भक्तजन तथा पर्यटकहरूको घुइचो लाग्ने गर्दछ।
व्यापार[सम्पादन गर्नुहोस्]
करिब २ किलोमिटर लामो फुङलिङ नगरपालिका हिमाली दुर्गम सदरमुकाम भए पनि यहाँ फेन्सी मालसमान पाइने गर्छ। यहाँ तिब्बती क्षेत्रबाट आयात गरिएका धुलो दुध, सावरको जुत्ता, गलैंचा जस्ता गुणस्तरीय सामानहरू पाइन्छन्। जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रूपमा मानिने फुङलिङ नगरपालिकामा बाटोका दुवै तिर घरहरू छन। साविकको दोखु र फुङलिङ गाविसको सिमानामा पर्ने तोक्मे डाँडामा शनिबार र मङ्गलबार हाट बजार लाग्ने गर्छ। हावापानी ठण्डा हुनेभएकोले यहाँको बजारमा राँगा, खसी, कुखुरा र बङ्गुरको मासु र जाँड, रक्सी बढी मात्रामा बिक्री हुन्छ। यहाँ तोङवा प्रचलन धेरै लोकप्रिय छ। यहाँको छुर्पी, अलैंची, गलैंचा, ढाका कपडा, जडीबुटी आदि प्रसिद्ध छन्।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "थप ४१ नगरपालिका घोषणा", कान्तिपुर दैनिक।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति