छुर्पी
स्वरूप
छुर्पी | |
| उत्पत्ति स्थान | मध्य एसिया |
|---|---|
| मुख्य सामग्रीहरू | चौरीगाईको दूध |
छुर्पी सुकेको पनिर अथवा दुग्धसारको एउटा प्रकार हो जुन पूर्वी हिमाली क्षेत्रमा लोकप्रिय छ। शेर्पाहरू छुर्पीलाई 'शेर्कम' भन्ने गर्छन्।[१] यसलाई भुटानमा जोङ्खा भाषामा 'दुरुकोवा' वा 'दुरुखो' भन्छन्।[२] छुर्पी याक वा चौरी गाइको दुधबाट बनाइने गरिन्छ।[३] छुर्पी बनाउने प्रक्रिया थोरै जटिल छ। यसलाई स्थानीय डेरी वा घरमा तयार गरिन्छ। यो महीबाट निकालेको कुराउनीले तयार गरिन्छ जसलाई सर्जम भनिन्छ।[४] सर्जमलाई जुटको झोलामा बेरेर कस्सेर थिचेर पानी निचोरेर बनाइने गरिन्छ त्यसपछि यसलाई सुकाएर पनीर जस्तै बनाइन्छ अन्तिममा यसलाई स-साना टुकडाहरूमा काटेर चुलोमाथि झुण्डाएर सुकाइने गरिन्छ।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Dominant lactic acid bacteria and their technological properties isolated from the Himalayan ethnic fermented milk products. Antonie van Leeuwenhoek. Volume 92, Number 3 / October, 2007
- ↑ Food and Agriculture Organization of the United Nations, "NAME: CHHUGA CHHURPI", www.fao.org, अन्तिम पहुँच २००८-०२-१०। अभिलेखिकरण २००२-११-१५ वेब्याक मेसिन
- ↑ Thapa, T.B., "Diversification in processing and marketing of yak milk based products", www.ilri.org, अन्तिम पहुँच २००८-०२-०७। अभिलेखिकरण २००९-०१-०६ वेब्याक मेसिन
- ↑ पराजुली, शशिधर, "पच्चिस देशमा पुग्छ नेपाली छुर्पी", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२५-०६-२४।
- ↑ नाथ, वासुदेव (२०२५-०२-०४), "छुर्पी बनाउने परम्परागत तरिका", कृषमान सञ्चार (नेपालीमा), अन्तिम पहुँच २०२५-०६-२४।[स्थायी मृत कडी]