सामग्रीमा जानुहोस्

महोत्तरी जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:DistrictInfobox

वि.सं. २०१२ सालमा स्थापित श्री योग कुमार मा.वि.,महोत्तरीको सबैभन्दा पुरानो अंग्रेजी विद्धालय मानिन्छ ।

महोत्तरी नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित जिल्ला हो। यस जिल्लाले नेपालको कूल भूभागको ०.६८% क्षेत्रफल कूल जनसख्याको लगभग २.३९% भाग ओगटेको छ। जनघनत्वको हिसाबले नेपालमा महोत्तरी जिल्ला पाँचौ स्थानमा पर्दछ। हिन्दू र मुस्लिम धर्माबलम्बीको बाहुल्य रहेको यस जिल्लामा धेरै-थोरै गरी ९२ जातजातीको बसोबास रहेको पाइन्छ। यस जिल्लामा जीवन निर्वाहको प्रमुख श्रोत कृषि पेशा नै हो। खेतीयोग्य उर्बर भूमि, विद्युत उपलब्धता, सुगम भौगोलिक अवस्था, वनजङ्गल, नदीनाला तथा खुला भारतीय सिमाना जस्ता विकासका अवसर तथा सम्भावना भए पनि श्रोतसाधनको समुचित सदुपयोग हुन नसकेकाले राष्ट्रिय परिवेशमा तराईको पिछडिएको क्षेत्रको रूपमा यस जिल्लालाई हेरिन्छ।.

जिल्लाको नामाकरण

[सम्पादन गर्नुहोस्]
  • महोत्तरीको नामाकरण महोदरी शक्तिबाट भएको छ । सतयुगमा क्षतविक्षत भएको शतीको बाँया पाखुरा यस स्थानमा खसेकोले महोदरी भएको थियो। पछि उपभ्रंस भई महोत्तरी हुन पुगेको हो।यस विषयमा अनुसन्धानकर्ता राकेश प्रसाद चौधरीले थुप्रै पुस्तकहरु प्रकाशन गरेका छन् । सत्युगमा महोदर(महोत्तरी)को क्षेत्र पूर्वमा कामाख्या, पश्चिममा गण्डकी, उत्तरमा पर्वत श्रृखला तथा दक्षिणमा गङ्गासम्म रहेको पाइन्छ । दुर्गा सत्तशतीमा उल्लेख भए अनुसार १०८ नाममध्ये ८५ औँ स्थानमा महोदरी(महोत्तरी)छ । जलेश्वरमा रहेको महोदरी शक्तिपीठको दर्शन एवं शक्ति पुजाका लागि प्राचिनकालमा भृगु,साण्डलिय,बिश्वामित्र,माण्डव,सुखदेव,याज्ञबल्क्यसहितका ऋषिमुनिले यस क्षेत्रलाई यज्ञित भूमिमा परिणत गरेका थिए ।
  • लक्ष्मी भवानीको विभिन्न नाममध्ये एउटा नाम महोदरी पनि हो । समुद्र मन्थनबाट निस्केको १४ रत्नमध्येकी एक लक्ष्मीलाई भगवान बिष्णुले प्राप्त गरेका थिए ।
  • यस जिल्लाको नामाकरणबारेको सन्दर्भ खोजी गर्दा प्राचीन इतिहासअनुसार नेपाल एकीकरण हुनुभन्दा अगाडि यो मिथिला प्रदेशको एक स्वतन्त्र राज्य थियो। त्यसै समयमा "महोदरी" नामक एक ब्राह्मणले ५० बिघा जग्गामा एक विशाल पोखरी निर्माण गरी आफ्नो नामवाट उक्त पोखरी नामाकरण गराएका थिए। समयान्तमा महोदरी शब्दको अपभ्रंश हुदै महोत्तरी हुन गएको जनबिश्वास छ।
  • त्यस्तै अर्को धारणा अनुसार पहिला महोत्तरीको अधिकाश भूभाग घना वन्यभुतल थियो। गङ्गाभन्दा वा गङ्गा उपत्यकाको सबैभन्दा उत्तर वा महाउत्तरतिरको वन्यभुतल जो पहाडको तलहिटी पर्दथ्यो त्यसैलाई महा+उत्तर+ई हुदै महोत्तरी भन्न थालिएको हो भन्नेहरू पनि भेटिन्छन् |

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा १० नगरपालिका र ५ गाउँपालिकाहरू गरि १५ वटा स्थानीय तहहरू रहेका छन्।[]

महोत्तरी जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग किमी)
औरही नगरपालिका औरही, श्रीपुर, सोनामाईखोपी (२-५) औरही ३७,३६१ ३५.७६ १,०००
गौशाला नगरपालिका गौशाला, निगौली, रामनगर, बेलगाछी, लक्ष्मीनिया, भरतपुरफुलकाहा गौशाला १२ ७२,४८१ १४४.७३ ५००
जलेश्वर नगरपालिका पर्सा पतेली, नैन्हीपिगौना जलेश्वर १२ ६३,८०२ ४४.२६ १,४००
बर्दिबास नगरपालिका बर्दिबास, माइस्थान, गौरीबास, किसाननगर, हाथिलेट, खयरमारा, पशुपतिनगरबिजलपुरा बर्दिबास १४ ७४,३६१ ३१५.५७ २४०
बलवा नगरपालिका बलवा, पडौल, बदिया बन्चौरी, बनौटाधमौरा बलवा ११ ४९,४७३ ४४.०७ १,१००
भँगाहा नगरपालिका भँगाहा, हथिसर्वा, सिङ्ग्याही, मेघनाथ गोरहन्ना, धर्मपुरहरिहरपुर हरिनामरी भँगाहा ५५,३५४ ७७.२१ ७२०
मटिहानी नगरपालिका मटिहानी, धिरापुर, मझौरा विसनपुरसिमरदही धिरापुर ३६,१३६ २९.०२ १,२००
मनरा शिसवा नगरपालिका मनरा, इटहर्वाकट्टी, सोनौल, साँढा, सरपल्लो, बथनाहासिसवा कटैया मनरा १० ५२,१९१ ४९.७३ १,०००
रामगोपालपुर नगरपालिका रामगोपालपुर, बसबिट्टी, सहसौलाखोपी (१,६-९) रामगोपालपुर ३६,२०१ ३९.५४ ९२०
१० लोहरपट्टी नगरपालिका लोहरपट्टी, बगडा, खुट्टापिपराडी, भ्रमरपुरामहादैया तपनपुर लोहरपट्टी ४५,७७३ ५०.०६ ९१०
११ एकडारा गाउँपालिका एकडारा, भटौलिया, हलखोरीकोल्हुवा बगेया एकडारा ३१,७७० २४ १,३००
१२ पिपरा गाउँपालिका पिपरा, सहोडवा, बनौली दनौली, रतौलीएकरहिया पिपरा ४०,५३५ ३९.९८ १,०००
१३ महोत्तरी गाउँपालिका महोत्तरी, गोनरपुराडाम्ही मडै महोत्तरी २८,८०७ २८.०८ १,०००
१४ साम्सी गाउँपालिका साम्सी, पर्सादेवाड, बैरगिया लक्ष्मीनिया, गैढाभेटपुरपोखरभिण्डा सङ्ग्रामपुर साम्सी ३८,५८५ २१.५७ १,८००
१५ सोनमा गाउँपालिका सोनमा, रधुनाथपुर, खैरबन्नीसुन्दरपुर सोनमा ४३,०८२ ५७.७७ ७५०
महोत्तरी जिल्लाका पूर्व गाविसहरूको नक्सा

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]
  • अक्षांश: २६ डिग्री ३६" उत्तर देखि २८ डिग्री १०" उत्तरसम्म
  • देशान्तरः पूर्वी ८५ डिग्री ४१" देखि पूर्वी ८५ डिग्री ५७" सम्म
  • सबभन्दा अग्लो स्थान:- ८०८ मिटर
  • सबभन्दा होचो स्थान:- ६१ मिटर
  • सिमाना:- पूर्व-धनुषा जिल्ला, पश्चिम-सर्लाही जिल्लाभारतको बिहार, उत्तर-सिन्धुली जिल्ला र दक्षिण- भारतको बिहार प्रदेश
  • क्षेत्रफल:- १,००२ वर्ग किलोमिटर
  • अवस्थिति:- तराई प्रदेश
  • औषत लम्बाई:- उत्तर-दक्षिण ५८ किलोमीटर
  • औषत चौडाई:- पूर्व-पश्चिम १८ किलोमीटर

भौगोलिक हिसाबले यस जिल्लालाई उत्तरतर्फ रहेको पत्रेदार चुरेभावर क्षेत्र (१४%), दक्षिणमा तराइको समथर मैदान (८४ %) ओगट्ने गरी जम्मा २ भागमा बाँड्न सकिन्छ।

महोत्तरी जिल्ला मनसुनी हावाद्वारा प्रभावित क्षेत्र हो यहाँउष्ण जलवायु पाइन्छ। यहाँको अधिकतम तापक्रम गर्मीयाममा ४२ डिग्री सेल्सियसभन्दा पनि बढि हुने गरेकाले कहिलेकाही लु चल्ने गर्दछ। तर जिल्लाको उत्तरी भागमा तापक्रम केही कमहुनने गरेको छ। त्यस्तै जाडोयाममा न्युनतम तापक्रम ५ डिग्री सेल्सियससम्म पुग्नुका साथै शितलहरसमेतका कारणले जनजीवन प्रभावित हुने गर्दछ। यस जिल्लामा वार्षिक औसत वर्षा १८४० मिलिमिटर देखि २२०० मिलिमिटर हुने गरेको पाइन्छ। यस जिल्लामा ८० प्रतिशत वर्षा बैशाख देखि भदौ महिनाभित्र हुने गर्दछ। हिउँदमा यस जिल्लामा न्यून वर्षा हुने गर्दछ।

महोत्तरीको पर्सा देवाड स्थित बाबा बानेश्वरनाथ मन्दिर

प्रमुख चाडपर्व

[सम्पादन गर्नुहोस्]

महोत्तरी जिल्लाका हिन्दू समुदायमा मनाईने चाडपर्वहरू अखारी पुजा, रक्षाबन्धन, तीज, ऋषिपञ्चमी, कृष्णाष्ठमी, विश्वकर्मापूजा, चौरचन, जितिया, दशै, दुर्गापूजा, दिपावली, छठ, विवाह पञ्चमी, माघे संक्रान्ती, शिवरात्री, होली, रामनवमी, जुडशितल तथा सतुआईन आदी हुन। यी मध्ये पनि दिपावली, छठ र होली विशेष आकर्षण तथा उत्साहका साथ मनाइन्छ। त्यस्तै कृष्णाष्ठमी, दुर्गापूजा तथा शिवरात्रीमा धार्मिक मेलासमेत लाग्ने गर्दछ। यसैगरी मुस्लिम समुदायमा मनाईने चाडपर्वहरू रमजान, ईदउलफितर, बकरइद, मोहरम (ताजया) आदी हुन्। यसबाहेक आआफ्नो जातीय धार्मिक तथा सास्कृतिक परम्पराअनुसार अन्य चाडपर्व पनि उत्साहका साथ मनाईने गरिन्छ। यी चाडपर्वहरू सामाजिक सदभाव कायम राख्न सहयोगी हुने गरेका छन। चाडपर्व तथा मेलाले धार्मिक सांस्कृतिक तथा सामुदायिक परम्पराको सरक्षका साथै खुसीयाली साटासाट तथा मनोरञ्जनका लागि खासगरि ग्रामिण भेगमा धेरै महत्त्व हुन्छ।

महोत्तरी जिल्ला नेपालमा नागगाडी (रेल) सेवाको पहुँच भएका केवल दुइ जिल्ला मध्ये एक हो । नागमार्ग ले छोएको नेपालको अर्को जिल्ला धनुषा हो । २०८० श्रावण देखी धनुषाको कुर्था बाट महोत्तरीको भँगाहा नगरपालिका सम्म नागगाडी चल्न थालेपछी यो जिल्ला नागमार्ग मा जोडीएको हो । नेपालमा चालु अवस्थाको ५२ कीमी नागमार्ग मध्ये १८ कीमी जती हाल महोत्तरीमा पर्दछ । रेल विभागले यो नागमार्ग अागामी दीनमा बर्दीवास सम्म विस्तार गर्दैछ । बर्दीवास सम्म नागमार्ग संचालनमा अाएपछी महोत्तरी नेपालको सबै भन्दा धेरै नागमार्ग भएको जिल्ला हुनेछ, जुन अहिले धनुषाको नाममा छ जहाँ करीव ३५ कीमी नागमार्ग पर्दछ। हाल नेपालमा नागगाडी (रेल) को राजधानीको रुपमा जनकपुर लाइ चिनिन्छ, तथापि बर्दिबास सम्म नाग मार्ग विस्तार भएपछि बर्दिबास नै अाउँने लामो समयसम्म नेपालको नागगाडी केन्द्र बन्ने देखिन्छ । किनकि बर्दिबास बाटै नेपालको सबैभन्दा पुरानो नागमार्ग (जनकपुर नागमार्ग) पूर्व-पश्चिम नागमार्ग मा जोडिनेछ ।

  1. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२ 

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

ढाँचा:महोत्तरी जिल्लाका गाविस तथा नगरपालिकाहरू

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]