हुम्ला जिल्ला
हुम्ला जिल्ला | |
|---|---|
हुम्ला स्थित सातपोखरी ताल | |
कर्णाली प्रदेशको नक्सामा हुम्ला जिल्लाको अवस्थिति (गाढा पहेँलो) | |
| देश | |
| प्रदेश | कर्णाली प्रदेश |
| स्थापना | वि.सं २०१८ |
| सदरमुकाम | सिमिकोट |
| सरकार | |
| • संसदीय निर्वाचन क्षेत्र | हुम्ला १ |
| • प्रादेशिक निर्वाचन क्षेत्रहरू | हुम्ला १ (क) र हुम्ला १ (ख) |
| क्षेत्रफल | |
| • जम्मा | ५,६५५ किमी२ (२१८३ वर्ग माइल) |
| • क्रम | दोस्रो |
| जनसङ्ख्या | |
| • जम्मा | ५५३९४ |
| • घनत्व | ९.८/किमी२ (२५/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+०५:४५ (नेपाली समय) |
| टेलिफोन कोड | ०१९ |
| वेबसाइट | www |
हुम्ला जिल्ला नेपालको कर्णाली प्रदेशका १० जिल्लाहरू मध्ये एक हो। यस जिल्लाको सदरमुकाम सिमिकोट हो। यस जिल्लाको क्षेत्रफल ५,६५५ वर्ग किलोमिटर रहेको छ भने यस जिल्ला नेपालमा डोल्पा पछिको दोस्रो ठुलो क्षेत्रफल भएको जिल्ला हो। राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसङ्ख्या ५५,३९४ रहेको छ। जिल्लामा ७ वटा स्थानीय तहहरू रहेका जसमध्ये सबै गाउँपालिकाहरू हुन्।।[२] हुम्ला जिल्लाको दक्षिणी र मध्य भागमा सिंजा उपत्यकाबाट उत्पत्ति भएका खस समुदायको बसोबास छ भने हुम्लाको उच्च र उत्तरी भागमा प्रायः सांस्कृतिक रूपमा तिब्बती समुदायको बसोबास छ।
शाके सन् १३९३ मा मेदनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्ना जुवाइँ बलिराज शाहीलाई दिएका थिए। यिनैको वंशजले सन् १७३६ सम्म यस प्रदेशमा शासन गरेका थिए। बहादुर शाहको कालमा वि. सं. १८४६ मा जुम्लालाई गोर्खाली फौजले विजय गरेपछि जुम्ला शासित थियो। भक्ति थापाको नेतृत्वमा आएको फौजले यो विद्रोह दवाउनुका साथै तिब्बत सम्मको भू-भागलाई नेपालको प्रशासकीय क्षेत्रको रूपमा मिलाएका थिए। वि. सं. २०१८ सालमा भएको नेपालको राजनीतिक विभाजनमा हुम्ला एउटा स्वतन्त्र जिल्लाको रूपमा स्थापित हुन पुगेको थियो।
नामाकरण
जिल्लामा अवस्थित प्रसिद्ध तीर्थस्थल खार्पुनाथमा प्राचीनकालमा कोटी होम लगाएको हुनाले यहीं होम लगाएको अर्थात होम+ला बाट अपभ्रंस भई हुम्ला भएको भन्ने भनाई रहेको छ भने अर्का थरीको भनाई अनुसार हुल्म लङरिंग अर्थात साँगुरो नदीबाट अपभं्रस भई हुम्ला भएको हो भन्ने भनाई रहेको छ। यसका अतिरिक्त हुण जातिहरुको यहीं बाटो भएर ल्हा भञ्ज्याङ काटेर तिब्ब्त क्षेत्रमा प्रवेश गरेको हुनाले हुण र ल्हाबाट हुम्ला भएको भन्ने पनि भनाई रहेको छ।
भूगोल र जलवायु
भौगोलिक अवस्थिति हेर्दा हुम्ला जिल्ला २९º ३५ देखि ३०º ५७ उत्तरी अक्षांश र ८१º १८ देखि ८२º १० मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ। हुम्ला समुद्र सतहबाट १५२४ मिटर देखि ७३३७ मिटरमा उचाइमा अवस्थित रहेको यस जिल्लाको पूर्वमा मुगु, दक्षिणमा बाजुरा र मुगु, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमा बझाङ र चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछन्। भौगोलिक क्षेत्र र बनौटको हिसावले हेर्दा यस जिल्लालाई उच्च हिमाली क्षेत्र, उच्च पहाडी क्षेत्र र पहाडी तथा नदीको बेसी क्षेत्र गरी ३ भागमा बाँडिएको छ। राष्ट्रिय सडक सञ्जाल हालै मात्र पुगेको छ।
| हावापानी क्षेत्र[३] | उचाइ दायरा | क्षेत्रफलको % |
|---|---|---|
| उपोष्णकटिबन्ध | १,००० देखि २,००० मिटर ३,३०० देखि ६,६०० फिट |
२.३% |
| शीतोष्ण कटिबन्ध | २,००० देखि ३,००० मिटर ६,४०० देखि ९,८०० फिट |
८.९% |
| उप पर्वतीय | ३,००० देखि ४,००० मिटर ९,८०० देखि १३,१०० फिट |
१९.४% |
| उच्च पर्वतीय | ४,००० देखि ५,००० मिटर १३,१०० देखि १६,४०० फिट |
५८.७% |
| हिमरेखा | ५,००० मिटर भन्दा माथि | १०.७%[४][५] |
जनसाङ्ख्यिकी
| जनगणना वर्ष (वि.सं) | जन. | ±% प्र.व. ±% |
|---|---|---|
| २०३८ | २०,३०३ | — |
| २०४८ | ३४,३८३ | +५.४१% |
| २०५८ | ४०,५९५ | +१.६७% |
| २०६८ | ५०,८५८ | +२.२८% |
| २०७८ | ५५,४९६ | +०.८८% |
| स्रोत: सिटी पपुलेसन[६] | ||
राष्ट्रिय जनगणना २०७८ अनुसार, हुम्ला जिल्लाको जनसङ्ख्या ५५,३९४ थियो। जनसङ्ख्याको १०.९६% ५ वर्ष मुनिका छन्। यहाँको साक्षरता दर ७५.७४% छ र लिङ्ग अनुपात प्रति १००० पुरुषमा ९८६ महिला छ। सम्पूर्ण जनसङ्ख्या ग्रामीण क्षेत्रमा बसोबास गर्दछन्।[७]
जनसङ्ख्याको बहुमत खस जातिले ओगटेको छ, जुन जनसङ्ख्याको ७८% हो। क्षेत्रीहरू, जसमध्ये खस दलितहरू जनसङ्ख्याको १७% छन्। पहाडी जनजातिहरूले जनसङ्ख्याको २१% ओगटेका छन्, मुख्यतया उत्तरमा भोटियाहरू बस्दछन्। ब्याँसीहरूको जनसङ्ख्याको ६% रहेको छ।[८]
राष्ट्रिय जनगणना २०७८ अनुसार, ८१.८२% जनसङ्ख्याले नेपाली, ९.१४% भोटे, ५.७३% खस र १.३५% मगर खामलाई आफ्नो पहिलो भाषाको रूपमा बोल्दछन्।[९]
प्रशासनिक विभाजन
जिल्लामा ७ स्थानीय तहहरू छन्, जसमध्ये ७ वटै गाउँपालिकाहरू हुन्।[११]
| क्रम | स्थानीय तहहरू | समावेश गाविसहरू | वडा सङ्ख्या | केन्द्र | जनसङ्ख्या (वि.सं २०७८) | क्षेत्रफल (वर्ग किमी) | जनघनत्व (वर्ग किमी) |
|---|---|---|---|---|---|---|---|
| १ | सिमकोट गाउँपालिका | ठेहे, बरगाउँ, सिमीकोट, डाँडाफाया र स्याडा | ८ | सिमीकोट | ११,९३५ | ७८५.८९ | १५ |
| २ | नाम्खा गाउँपालिका | हेप्का, खगालगाउँ, मुचु र लिमी | ६ | याल्वाङ | ३,५८९ | २,४१९.६४ | १.५ |
| ३ | खार्पुनाथ गाउँपालिका | लाली, राया, छिप्रा र खार्पुनाथ | ५ | खार्पुनाथ | ६,७३६ | १५९.१ | ४२ |
| ४ | सर्केगाड गाउँपालिका | जैर, सर्कीदेउ, साया, बराई, रोडिकोट र गोठी गाविस वडा नं. १,२,४-९ | ८ | साया | १०,६६८ | ३०६.७ | ३५ |
| ५ | चङ्खेली गाउँपालिका | दार्मा, मिमी, श्रीमष्ठा, मेल्छाम र गोठी गाविसको वडा नं. ३ | ६ | पिप्लाङ | ६,५७९ | १,३१०.४१ | ५.० |
| ६ | अदानचुली गाउँपालिका | कालिका, श्रीनगर | ६ | श्रीनगर | ८,२६५ | १५०.६१ | ५५ |
| ७ | ताँजाकोट गाउँपालिका | मैला र मदना | ५ | मैला | ६,०९२ | १५९.१ | ३८ |

सन्दर्भ सामग्रीहरू
- ↑ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "स्थानीय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२।
- ↑ The Map of Potential Vegetation of Nepal – a forestry/agroecological/biodiversity classification system, . Forest & Landscape Development and Environment Series 2-2005 and CFC-TIS Document Series No.110., २००५, आइएसबिएन 87-7903-210-9, अन्तिम पहुँच २२ नोभेम्बर २०१३।
- ↑ Shrestha, Mani R.; Rokaya, Maan B.; Ghimire, Suresh K. (२००५), "Vegetation pattern of Trans-Himalayan zone in the North-West Nepal", Nepal Journal of Plant Sciences 1: 129–135, अन्तिम पहुँच ७ फेब्रुअरी २०१४।
- ↑ Banerji, Gargi; Basu, Sejuti, "Climate Change and Himalayan Cold Deserts: Mapping vulnerability and threat to ecology and indigenous livelihoods", Pragya, Gurgaon, Haryana, India, अन्तिम पहुँच ७ फेब्रुअरी २०१४।
- ↑ "NEPAL: Administrative Division", www.citypopulation.de (अङ्ग्रेजीमा)।
- ↑ "Provincial/District/Local reports: Karnali Province", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय।
- ↑ ८.० ८.१ "Table 1: Caste/Ethnicity and sex", राष्ट्रिय जनगणना २०७८, केन्द्रीय तथ्याङ्क विभाग, अन्तिम पहुँच २०२४-०३-१६।
- ↑ ९.० ९.१ "Table 5: Mother tongue and sex", राष्ट्रिय जनगणना २०७८, केन्द्रीय तथ्याङ्क विभाग।
- ↑ "Table 5: Religion and sex", राष्ट्रिय जनगणना २०७८, केन्द्रीय तथ्याङ्क विभाग, अन्तिम पहुँच २०२४-०३-१६।
- ↑ "स्थानिय तह", सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच १ सेप्टेम्बर २०१८।
२९°५८′उ ८१°५०′पू / 29.967°N 81.833°E