सामग्रीमा जानुहोस्

बर्दिबास नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बर्दिबास नगरपालिका
बर्दिबास नगरपालिका मा पर्दछ मधेश प्रदेश
बर्दिबास नगरपालिका
मधेश प्रदेशको नक्सामा बर्दिबास नगरपालिकाको अवस्थिति
बर्दिबास नगरपालिका मा पर्दछ नेपाल
बर्दिबास नगरपालिका
बर्दिबास नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५९′N ८५°५४′E / 26.98°N 85.90°E / 26.98; 85.90
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२०७१ मङ्सिर १६
सरकार
  नगरप्रमुखप्रहलादकुमार क्षेत्री (स्वतन्त्र)
  उपप्रमुखतारा देवी (स्वतन्त्र)
क्षेत्रफल
  जम्मा३१५.५७ किमी (१२१.८४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा७४,३६१
  घनत्व२४०/किमी (६१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
वेबसाइटआधिकारिक वेबसाइट

बर्दिबास महोत्तरी जिल्लाका १० नगरपालिकाहरू मध्येको एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका बर्दिबास, माइस्थान, गौरीबासकिसाननगर गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा हाथिलेट, खयरमारा, पशुपतिनगरबिजलपुरा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बर्दिबास नगरपालिकाको कुल जनसङ्ख्या ७४,३६१ रहेको छ भने यहाँ १६,८२४ घरधुरी रहेका छन्।[]

बर्दिबास नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
बर्दिबास (१,३,७)९,१९८४.४४२०७१.६२
बर्दिबास (२,५-६,८)३,७९०४.११९२२.१४
बर्दिबास (४,९)८,६०२५.८६१४६७.९२
गौरीवास४,८४६५५.२७८७.६८
माइस्थान (१-३)५,८१५१७.५५३३१.३४
माइस्थान (४-९)५,३८८६६.७९८०.६७
किसाननगर (१-३,७-९)३,४५८१४.५४२३७.८३
किसाननगर (४-६)५,८२८६.७४८६४.६९
हाथिलेट४,८४९२७.७८१७४.५५
१०पशुपतिनगर३,८७६७.४६५१९.५७
११खयरमारा (३, ५, ७, ९)४,६२६४६.४६९९.५७
१२खयरमारा (१, २, ४, ६, ८)४,५५०४६.६६९७.५१
१३बिजलपुरा (१, २, ४, ७)४,२१५६.८४६१६.२३
१४बिजलपुरा (३, ५, ६, ८, ९)५,३२०५.०७१०४९.३१
जम्मा७४,३६१३१५.५७२३५.६४

सडक यातायात

[सम्पादन गर्नुहोस्]

राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जाेड्ने बीपी राजमार्ग बर्दिबासदेखि बनेपासम्म सञ्चालन रहेकाे छ।[] १५८ किमी लम्बाई रहेको यो राजमार्गमा दैनिक गाडीहरु सञ्चालन भइरहेका छन्।[] पूर्व-पश्चिम महेन्द्र राजमार्ग र बीपी राजमार्गकाे मिलनबिन्दुकाे रुपमा रहेकाे बर्दिबास सडक यातायातले सुगम मानिन्छ। महेन्द्र राजमार्गले बर्दिबासलाई पूर्वमा काकरभिठ्ठा, विर्तामोड, ईटहरी, लहान आदिलाई जाेेड्न गरेकाे छ। बर्दिबासबाट जनकपुरधामस्थित रहेकाे जानकी मन्दिर ३४ किमी दुरीमा रहेकाे छ। साथै, हरिवन, लालबन्दी, ईश्वरपुर, लालगढ, ढल्केवर, भंगहा, गाैशाला आदि क्षेत्रका स्थानीयहरुका लागि बर्दिबास राजधानी काठमाडौं जाने प्रस्थान बिन्दु रहेकाे छ। सडक सञ्जालका करण बर्दिबास तिव्ररुपमा बजारीकरण र विकास भइरहेकाे छ।

बर्दिबासलाई रेलमार्गमा जाेड्ने उद्देश्यले जयनगर-बर्दिबास रेल्वेकाे भङ्गहा-बर्दिबास खण्डमा निर्माणमा कार्य जारी रहेकाे छ।[][][] साथै, बर्दिबास-सिमरा रेलमार्ग सञ्चालन गर्ने उद्देश्यले बर्दिबास-चाेचा खण्डमा पनि तिव्ररुपमा निर्माण कार्य भइरहेकाे छ।[][१०][११]

याे पनि हेर्नुहाेस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "Kantipur-बीपी राजमार्ग निर्माण पूरा - कान्तिपुर समाचार", ekantipur.com, अन्तिम पहुँच २०२४-०९-२७
  5. "जापानले हस्तान्तरण गर्‍यो विपी राजमार्ग", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२४-०९-२७
  6. "जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम सुरु हुने", Avenueskhabar (अङ्ग्रेजीमा), २०२३-११-०८, अन्तिम पहुँच २०२४-०९-२८[स्थायी मृत कडी]
  7. "जयनगर–बर्दिबास रेलमार्ग : तेस्रो चरणको कामको तयारी" (en-USमा), २०२३-११-०८, अन्तिम पहुँच २०२४-०९-२७
  8. रासस (२०२४-०१-३१), "भंगहादेखि बर्दिबाससम्म रेल सेवा संचालन गर्न काम हुँदै", Shirish News (en-USमा), अन्तिम पहुँच २०२४-०९-२७
  9. "पहिलो चरणमा बर्दिबास- सिमरामा विद्युतीय रेल", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२४-०९-२८
  10. "पूर्वपश्चिम रेलमार्ग: सिमरा-बर्दिबास खण्डमा लिक राख्ने ठाउँ निर्माण गरिँदै", Lokaantar (Nepaliमा), अन्तिम पहुँच २०२४-०९-२७
  11. "पूर्वपश्चिम रेलमार्गको बागमती पुलमा गुड्छन् टिपर, रेल कहिले? (भिडिओ)", nepalkhabar (Nepaliमा), २०१९-०६-०३, अन्तिम पहुँच २०२४-०९-२८[स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]