जलेश्वर नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जलेश्वर नगरपालिका
Dhanusa district location.png
स्थापना : वि.सं. २०३९ वैशाख १५ गते
अञ्चल: गण्डकी
जिल्ला: कास्की
क्षेत्रफल: ४४ दशमलव २६ बर्ग कि.मी.
जनसंख्या: 58,549
वडा संख्या: 12
भौगोलिक अवस्थिति: प्रदेश नं.4
मेयर:
टेलिफोन कोड: 061
वेबसाईट: http://pokharalekhnathmun.gov.np/
 हे  वा  सं 

जलेश्वर नगरपालिका जलेश्वर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको महोत्तरी जिल्लामा अवस्थित एकमात्र नगरपालिका हो।। यो महोत्तरी जिल्लाको सदरमुकाम पनि हो। सात ग्रामीण बस्तीलाई गाभेर वि.सं. २०३९ वैशाख १५ गते नगर पञ्चायत घोषणा गरिएको थियो।

जनसङ्ख्या[सम्पादन गर्ने]

मैथिली मातृभाषीको बसोबासको बाहुल्य रहेको नगर क्षेत्रभित्र २०५८ सालको राष्ट्रिय जनगणनामा २२ हजार ४६ कुल जनसङ्ख्या छ। यहाँको कुल जनसङ्ख्याको ५२ प्रतिशत पुरूष र ४७ दशमलव ४६ प्रतिशत महिला छन्। मिथिला कला संस्कृतिको अत्यधिक प्रभाव रहेको कुल चार हजार घरधुरी रहेको उक्त नगरमा कुल जनसङ्ख्या ८५ प्रतिशत हिन्दू र १५ प्रतिशत इस्लाम धर्मावलम्बीको बसोबास छ।

भौगोलिक स्थिति[सम्पादन गर्ने]

जलेश्वर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको महोत्तरी जिल्लामा अवस्थित नगरपालिका हो। यो महोत्तरी जिल्लाको सदरमुकाम पनि हो। सात ग्रामीण बस्तीलाई गाभेर वि.सं. २०३९ वैशाख १५ गते नगर पञ्चायत घोषणा गरिएको थियो। विश्वकै प्रसिद्ध तीर्थस्थल रहेको जलेश्वरनाथ महालिंग महादेवको नाउँले उक्त ठाउँको नामकरण भएको हो। ज्वालाबाट महालिंग उत्पन्न भएकोले पहिले सबैभन्दा ज्वालेश्वर नामाकरण भएको हो । धेरैपछि ज्वालाबाट जल उत्पन्न भएपछि जलेश्वर नामाकरण हुन गएको राकेश प्रसाद चौधरी लिखित पुस्तकहरुमा उल्लेख छ । जिल्लाका एकडारा गाउँ पालिका भन्दा पूर्व, मटिहानी गाउँ पालिका भन्दा पश्चिम, मित्रराष्ट्र भारतको सीतामढी जिल्ला अर्थात् भारतसँगको साँध दशगजादेखि उत्तर एवं पिपरा र महोत्तरी गाउँपालिकादेखि दक्षिण चार किल्लामा अवस्थित नगरको क्षेत्रफल ४४ दशमलव २६ वर्ग कि.मी.छ। नगरमा १८ साबिक वडा हाल १२ वडा छ।जलेश्वर नगरपालिकाको कुल जनसङ्ख्या ५७५४९ छ। जलेश्वर नगरपालिकामा समाबेश भएका साबिक गा.वि.स.पिगौना,नैंन्ही र पर्सापतैली छन। खासै ठूलो व्यापारिक कारोवार नरहेको जलेश्वर बजारको व्यापारिक सम्बन्ध जनकपुर र सीमावर्ती भारतीय बजार सीतामढीसँग रहेको छ।

रहनसहन[सम्पादन गर्ने]

हिन्दु र इस्लाम धर्मावलम्बीहरूको छ्यासमिस बस्ती छ। दशहरा (दसैं), दीपावली (तिहार), छठ, होली (फागुपूर्णिमा), जुडशीतल (नयाँ वर्ष), चौरचन हिन्दुहरूले मनाउने प्रमुख चाड हुन् भने इद, वकरिद, मोहर्रम इस्लाम धर्मावलम्बीले मनाउने मुख्य चाड हुन्। पुरातात्विक र धार्मिक महत्व बोकेको जलेश्वर नगरपालिका क्षेत्रभित्र जलेश्वरनाथ मन्दिर, पौराणिककालका तपस्वी भार्गव ऋषिको आश्रम, हनुमान मन्दिर, रामजानकी दुलहा केली कुञ्ज, भैरव मन्दिर, उमा महोदरी(महोत्तरी)शक्तिपीठ मन्दिर, त्रिशूलीमाई मन्दिर, दुर्गा मन्दिर, ब्रहृमचारी कुटी र राजदेवी मन्दिर छन्। इस्लाम धर्मावलम्बीहरूको प्रार्थनाघर मस्जिद यहाँ बस्ती नै पिच्छे छन्।

नगर[सम्पादन गर्ने]

जलेश्वरले नगर पञ्चायत हाँदाका बखत पहिलो स्थानीय निर्वाचन २०३९ मा योगेन्द्रप्रसाद चौधरीलाई प्रधानपञ्च र हेबिब अन्सारीलाई उपप्रधानपञ्चमा प्राप्त गरेको थियो। वि.सं. २०४४ को निर्वाचनमा इस्माइल अन्सारी प्रधानपञ्च र होमेन्द्रजङ्ग राणा उपप्रधानपञ्च निर्वाचित हुनुभयो। त्यसैगरी नगरपालिका बनेपछिको २०४९ मा सम्पन्न स्थानीय निर्वाचनमा वरूणकुमार मिश्र प्रमुख र विशेश्वर साह कानु उपप्रमुख निर्वाचित हुनु भएको तथा २०५४ मा सम्पन्न निर्वाचनमा बालकृष्ण ढकाल प्रमुख र मनोहर महतो उपप्रमुख निर्वाचित हुनु भएको थियो। त्यसैगरी पछिल्लो समयमा श्री ५को सरकारले २०६० कात्तिकमा विनोदकुमार मिश्रलाई प्रमुख र रामशङ्कर साहलाई उपप्रमुखमा मनोनयन गरी कार्य सञ्चालन गराएको थियो।२०७४ को चुनावबाट रामशंकर मिश्र मेयर तथा मुनचुन महतो उपमेयर चुनिएका छन् ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]