पथरी शनिश्चरे नगरपालिका
पथरी शनिश्चरे नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / २६.६७°N ८७.४३°Eनिर्देशाङ्कहरू: २६°४०′N ८७°२६′E / २६.६७°N ८७.४३°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | मोरङ |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | मोहनप्रसाद तुम्वापो (नेकपा (एमाले)) |
• उपप्रमुख | देवीमाया काफ्ले (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ११९.२३ किमी२ (४६.०३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ७२,४५१ |
• घनत्व | ६१०/किमी२ (१६००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
पथरी शनिश्चरे नगरपालिका मोरङ जिल्लाका ९ नगरपालिकाहरू मध्ये एक हो।[३][४] मोरङ्ग जिल्लाको सदरमुकाम विराटनगरबाट करिव ५४ किलोमिटर पूर्वोत्तर क्षेत्रमा अवस्थित पथरीशनिश्चरे नगरपालिकालाई नेपाल सरकारले मिति २०७१-०१-२५ गते साबिक पथरी र शनिश्चरे गाउँ विकास समिति मिलेर नगरपालिकाको रूपमा घोषणा भई कार्यान्वयन भईरहेको नगरपालिका मध्येको एक नगरपालिका हो । यस नगरपालिकाको पूर्वमा उर्लावारी नगरपालिका, पश्चिम क्षेत्रमा वयरवन गाउँ विकास समिति , उतरमा जाते गाउँ विकास समिति र दक्षिणमा अमरदह र हसनदह गाउँ विकास समितिसँग सिमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने ५३.७ वर्ग किमी छ। यस नगरपालिकालाइ १५ वटा वडा कायार्लयहरूमा विभाजन गरिएको छ। साविकको शनिश्चरे बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ।[५][६]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पथरी शनिश्चरे नगरपालिकाको कुल जनसङ्ख्या ७२,४५१ रहेको छ भने यहाँ १७,९८० घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ "जिल्ला विकास समितिको कार्यालय, मोरङ"।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[स्थायी मृत कडी]